ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

वैदेशिक रोजगार नीति, २०६८ जारी गरेको १३ वर्ष पुगिसक्दा सरकारले वैधानिकरूपमा विश्वका एक सय ११ मुलुकमा रोजगारका लागि श्रमस्वीकृत दिएको छ । तर, व्यक्तिगत पहलमा भने विश्वका एक सय ७८ मुलुकमा नेपालीहरू कामका लागि विदेश पुगेको मानिन्छ । आन्तरिक रोजगारीको विकल्पका रूपमा नेपाली नागरिकलाई अवसर प्रदान गर्ने गरी यस्तो नीति ल्याइएकोमा हाल रोजगारीको प्रमुख विकल्प नै वैदेशिक रोजगारी बन्न पुगेको छ ।

अर्थिक वर्ष २०८१÷८२ को पहिलो दुई महिनाको तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङख्या एक लाख १७ हजार ६८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या एक लाख ६ हजार ४ सय ५९ रहेको थियो । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०÷८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर विदेसिएका थिए । हालसम्म वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक करिब ६० लाख पुगेको मानिन्छ ।

वैदेशिक रोजगारीको उज्यालो पक्ष

वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या दिनप्रति दिन बढ्दै जाँदा नेपालमा रोजगारीको चाँपलाई केही कम गर्न सहयोग पुगेको छ । यसले गर्दा सरकारको टाउको दुःखाई पनि कम भएको छ । वैदेशिक रोजगारीका कारण विप्रेषण आय बढ्दो छ । त्यसैले मुलुकको बाह्य क्षेत्र बलियो देखिन्छ । यही कारणले बैंकिग क्षेत्रमा तरलता पर्याप्त रहने र कर्जा लगानीका अवसरहरू रहने हुन्छ ।

नेपालले आर्थिक वर्ष २०५१÷५२ देखि मात्र वैदेशिक रोजगारमा जाने नेपाली र प्राप्त विप्रेषणको अभिलेख राख्ने गरेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्ने हो भने २०५१÷५२ मा विप्रेषण आय दुई अर्ब १५ करोड रहेकामा चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो दुई महिनाको तथ्याङ्क मात्रै हेर्ने हो भने पनि विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब १४ करोड रुपियाँ पुगेको छ । जबकि अघिल्लोवर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । यही कारणले गर्दा कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले वृद्धि भइ २१ खर्ब ५२ अर्ब ५३ करोड रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यस हिसाबले गर्दा नेपालको बाह्य क्षेत्र बलियो बनेको देखिन्छ । यसको एउटै कारण भनेको विप्रेषण आय नै हो ।

न्यून उत्पादन र कमजोर निर्यात भएकाले नेपाली अर्थतन्त्रका निम्ति आयात बाध्यता र एक मात्र विकल्प बन्दै गएको छ । यही कारणले गर्दा गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कुल वस्तु व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रहेको देखिन्छ । यसरी आयातका निम्ति स्रोतको जोहो पनि विप्रेषणबाटै सम्भव भएको छ । यतिमात्र होइन, गरिबी निवारण गर्न, आय असमानता कम गर्न, शिक्षाको पहुँच विस्तार गर्न, ग्रामीण अर्थतन्त्रलाई चलायमान गराउन विप्रेषणको महत्वपूर्ण भूमिका रहन्छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले कृषि, घरेलु तथा साना उद्योग र पर्यटनका क्षेत्रमा पनि योगदान पु¥याउँदै आएका छन् । स्वदेश फकिँदा उनीहरूसँगै आएको अनुभव र सीपलाई सदुपयोग गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ । गाउँहरू सहरीकरण हुने र सहरहरू थप विकसित बन्ने क्रम बढ्दो छ । मुलुकमा शिक्षा, स्वास्थ्य लगायतका सेवा क्षेत्रको विकासमा पनि विप्रेषणको महत्वपूर्ण योगदान रहेको देखिन्छ ।

वैदेशिक रोजगारीको अध्यारो पक्ष

वैदेशिक रोजगारीका कारण गाउँ रित्तिदैँ छन् । श्रीमान् विदेश जाने र श्रीमती छोराछोरीको शिक्षाका लागि सहर पस्ने परम्परा बढ्दो छ । यसले एकातिर बुढा भएका बाबु आमाहरूका निम्ति सहाराको अभाव खड्किँदै गएको छ भने अर्काेतिर बच्चाहरूले उचित अभिभावकत्व प्राप्त गर्न सकेका छैनन् । देखासिकी प्रभावका कारण विदेशमा दुःखजिलो गरेर कमाएको रकमको पनि सदुपयोग हुन सकेको छैन । कतिपय अवस्थामा त लामोसमय विदेश बसेर फर्केको श्रीमान्ले घर फर्किंदा न श्रीमती पाउँछन् न आफूले पठाएको पैसा नै पाउने गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार ४ लाख ७२ हजार ५ सय १६ घरधुरी रित्ता छन्, जहाँ कोही पनि मानिस छैनन् । धेरैजसो ग्रामीण भेगका घर रित्तिदै गएका छन् । चाडर्पमा रौनक देखिने गाउँघको अवस्था सुनसान बन्दै गएको छ । तथ्याङ्कगतरुपमा हेर्ने हो भने ३४ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ । सडक र सञ्चारले गाउँलाई सहरसँग जोड्दै गएको छ । तर, गाउँमा बस्नेहरू नै गाउँ छोड्दै सहर पस्दैछन् । गाउँको विकासको परिणाम उपभोग गर्नेहरू छैनन् ।

वैदेशिक रोजगारीका कारण गाउँ युवाविहीन बन्दै गर्दा जमिनहरू बाँझो भूमिमा रुपान्तरित भइरहेका छन् । कृषि एवम् उद्योग क्षेत्रमा श्रमिक पाउन गारो हुँदै गएको छ । कतिपय स्थानहरूमा कृषि कार्यका लागि पनि सीमानापारिबाट श्रमिक ल्याउनुपर्ने अवस्था आएको छ । त्यतिमात्र होइन लामो समयसम्म घर नफर्कंदा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका घटनाहरू पनि बढ्न थालेका छन् ।

रोजगारीका लागि विदेश पलायन हुँदा देश र परिवारबाट टाडिएर बस्नुपर्दाको दुःख पीडा एकातिर छँदै छ । अर्काेतिर अधिकांशले गर्ने काम जोखिमयुक्त, तुलनात्मक हिसाबले अनाकर्षक र शोषणपूर्ण रहेको देखिन्छ । काम गर्दा अङ्गभङ्ग हुने, विभिन्न किसिमका जीर्ण रोगहरू लागेर फर्कनुपर्ने जस्ता पीडाहरू मात्र छैन । ज्यानको समेत जोखिम मोल्नु परेको छ । वैदेशिक रोजगारीले सामाजिक एवम् संस्कृतिक विचलनसमेत ल्याएको देखिन्छ । त्यसैले विप्रेषणको आर्थिक पक्ष मात्र होइन, सामाजिक पक्षबारे पनि बहस गरिनु आवश्यक देखिन्छ ।

पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारीमा गएकामध्ये पाँच हजार आठ सय दुई जनाको ज्यान गएको छ । उनीहरूमध्ये चार हजार सत्र जनाको शब मुलुक फिर्ता ल्याइएको तथ्याङ्क छ । त्यसैगरी अङ्गभग भई फर्कनेहरूको सङ्ख्या पनि बढ्दो छ । उर्जावान युवा समय विदेशी भूमिमा रगत पसिना बगाएर बुढेसकालमा स्वदेश फर्कने बृद्धहरूका निम्ति राज्यले बृद्ध भत्ता व्यहोर्नुपर्ने परिस्थितिले मुलुकको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पार्न सक्दैन ।

पछिल्लो समय मुलुकमा वैदेशिक मुद्रा आर्जनका निर्यात र पर्यटनजस्ता अन्य श्रोतहरू खुम्चिदै गएका छन् भने प्रमुख श्रोतको रुपमा वैदेशिक रोजगारी स्थापित हुँदै गएको छ । यही कारणले कृषि क्षेत्रको विकास हुन सकेको छैन भने उद्योग क्षेत्र पनि धरासायी बन्दै गएको छ । मुलुक विप्रेषणमा निर्भर हुँदै गएकाले नेपाल पनि “डच रोग” को सिकार बन्दै गएको आभाष हुन थालेको छ । यहाँ सम्मकी निजी क्षेत्रको माग घट्नुमा पनि स्वदेश बस्ने जनसङ्ख्या घट्दै जानुलाई लिन थालिएको छ ।

समस्या समाधानको पाटो

नेपाली अर्थतन्त्रको मुख्य चासो भनेकै विप्रेषण आयलाई कसरी उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्ने भन्नेतिरै रहनु पर्दछ । यसका लागि सरकारले नीतिगत रुपमै व्यवस्था गर्नु जरुरी छ । ‘विप्रेषण बण्ड’ मार्फत् विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्न सकिन्छ । वैदेशिक रोजगारीमा जानु अघि स्वास्थ्य परीक्षण अनिवार्य गरिएझै वित्तीय शिक्षालाई पनि अनिवार्य गरिनु पर्दछ । यसैगरी कृषि एवम् उद्योग क्षेत्रमा लगानी वृद्धि गरी रोजगारीका अवसरहरूको सिर्जना गर्नुपर्दछ । बैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमै रोजगारमूलक व्यवसाय गर्न उत्प्रेरित गर्नु आजको आवश्कता हो ।

देशमा मानव संसाधन व्यवस्थापन नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउन अति जरुरी देखिन्छ । यसबाट बैदेशिक रोजगारीबाट सिर्जित समस्याको उचित सम्बोधन गरी प्राप्त अवसरको उपयोग गर्नेतर्फ सबै सरोकारवालाको प्रतिबद्धता आवश्यक छ । मुलुकको अर्थतन्त्र बैदेशिक रोजगारीमै निर्भर हुँदा स्वदेशी उत्पादन हतोस्तासिहत हुँदै गएको छ । युवाहरूलाई स्वदेशमै टिकाउन उनीहरूमा उद्यमशीलताको विकास गर्नु आवश्यक छ । यसका लागि उनीहरूलाई सीममूलक शिक्षा दिई सहज वित्तीय स्रोतको उपलब्धता सुनिश्चित गरिनु पर्दछ । यसका निम्ति देशमा राजनैतिक स्थिरता जरुरी हुन्छ । साथै सरकारको नेतृत्व एवम् प्रतिपक्ष सबैले अर्थतन्त्रप्रति चिन्ता र चासो बढाउनु पर्दछ । खासगरी वैदेशिक रोजगारीको विकल्पको रुपमा स्वदेशमा पर्यटन, उर्जा र कृषि क्षेत्रको विकास गर्न दीर्घकालीन रणनीति बनाउनु पर्दछ । यसका निम्ति यी क्षेत्रहरूमा पूँजी लगानी बढाउनुका साथै प्रविधि आयातलाई पनि प्रोत्साहन गर्नु पर्दछ । [email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?