ट्रेंडिंग:

>> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु

राम्रो कामको प्रचार भएन : मन्त्री अधिकारी

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

पाल्पा, २८ कात्तिक ।

संघीय सरकारका भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले गरेका राम्रो कामको प्रचार नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आफु मन्त्री भएपछि धेरै ठाउँ मिचिएको सार्वजनिक सम्पत्ति सरकारको मातहतमा ल्याएको बताएका हुन् ।

मन्त्री अधिकारीले सहकारीमा बचत गरेका ६ हजार बढी सहकारी बचतकर्ताको रकम फिर्ता भएको बताए । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले बाँकी बचतकर्ताको बचत पनि सहकारी र संलग्न ब्यक्तिहरुको सम्पत्तिबाटै फिर्ता हुने बताएका छन् । उनले सहकारीको रकम हिनामिना गर्ने ब्यक्तिको एकाघरको सम्पत्ति र पासपोर्ट समेत सरकारले रोक्का गर्ने बताए ।

मन्त्री अधिकारीले २०७४ सालमा लागु भएको सहकारी ऐनलाई तत्काल संशोधन गर्न जरुरी भएको बताउँदै, सहकारी प्रति आम नागरिकको बितृष्णा बढेकाले केही सहकारीले मापदण्ड बिपरीत बदमासी गरे भन्दैमा सबैलाई एउटै भनेर भन्नु गलत हुने बताए । स्थानीय, प्रदेश र संघीय सरकारले आआफ्नो क्षेत्राधिकार भित्र रहेका सहकारीलाई नियमन गर्नुपर्ने बताउँदै उनले सरकारले २२ बटा सहकारीलाई समस्या ग्रस्त सहकारीको रुपमा मूल्याड्ढन गरेको बताए ।

“स्थानीय र प्रदेशमा दर्ता भएका सहकारी संघिय सरकारलाई थाहा नहुने हुँदा त्यसको बिबरण संघिय सरकारले माग गरेको छ” मन्त्री अधिकारीले भने ।

फरक प्रसंङ्गमा बोल्दै मन्त्री अधिकारीले सरकार परिवर्तन आजै हुन्छ । भोलि नै हुन्छ भन्ने हल्लाले कर्मचारीहरुले काम नगर्ने परिपाटीको विकास भएकाले त्यसमा कुनै सत्यता नभएको बताए । सामाजिक संजालले ससाना विषयमा समेत हल्ला हुने परिपाटीले आम नागरिकलाई दल र सरकार प्रति बितृष्णा उत्पन्न भएको बताउदै एकदुई सय बर्ष पहिला नै विकास गरेका देशसंग हाम्रो तुलना गर्न नहुने बताउँदै नेपालमा ६२÷६३ सालपछि बल्ला जनताले आफ्नो माग अनुसार विकास सुरु भएको बताए ।

पत्रकारहरुले राखेको जिज्ञासामा बोल्दै मन्त्री अधिकारीले यो सरकार झण्डै दुई तिहाईको भएपनि कतिपय समस्या कानुनमा रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने अवस्था रहेको बताए । कानुन निमार्ण गर्ने लामो प्रकृया भएकाले सोचे अनुसार छिटो काम गर्न नसकिएको उनको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?