ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

शक्तिको दुरूपयोगले देशमा संकट नआओस्

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

सहकारीमा जनताको ८७ अरब डुबेको छ । त्यो डुबेको रकम सहकारी ठगहरूबाट असूल गराई वचतकर्ताहरूलाई ब्याजसहित भुक्तानी गराउने जिम्मेवारी सरकारको हो तर सरकारलाई यस विषयमा चासो छैन् । डुबेको रकम निकासा गराई पीडितहरूलाई दिलाउने सवालमा सकृयता देखाउनुको सट्टा विषयवस्तुलाई अन्यत्रै मोडेर आफू अनुकुल उपयोग गर्ने रणनीतिमा सरकारले लागेको छ भन्ने कुरा सरकारले देखाएका रवैयाहरूले यसैपनि अनुमान लगाउन सकिन्छ । सरकारको यस्तो अदूरदर्शितापूर्ण नीतिबाट सहकारी पीडितहरूको स्थिति झनझन भयावह बन्दैछ । सहकारी पीडितहरू नेपालमा सरकार भएरपनि नभएको जस्तो अनुभव गर्न बाध्य छन् । उनीहरू अत्यन्तै असहाय अवस्थामा छन् । अतः सरकार विषयान्तरको खेलमा नलागी ठोस उपायमा ध्यान दिनुपर्दछ । नेपाल अधिराज्यमा सरकारी क्षेत्रबाट सबैभन्दा वढी उपेक्षा भएको क्षेत्र सहकारी क्षेत्र नै हो भनेमा कुनै अतिसयोक्ति हुने छैन् । यद्यपि सरकारले चाहेमा यस सम्वन्धी कडा ऐन कानुन वनाएर कानुनको दण्ड प्रयोग गरी सहकारी ठगहरूलाई ठेगान लगाउन नसकिने कुरै उठ्दैन तर सरकार त्यसो गर्दैन बरु सहकारीलाई माध्यम बनाएर आफ्नो स्वार्थ साधनामा न्वारनदेखिको बल निकालेर लागेको छ सरकार ।

हालैमात्र केही युटुव च्यानलहरूले प्रसारण गरेको तथ्यांक अनुसार विभिन्न पार्टीसित सम्वन्धित विभिन्न व्यक्तिहरू नै यसरी सहकारी रकम अपचलन गर्नेमा परेको भनी उनीहरूको नाम समेत प्रकासमा आएको छ । जस अनुसार सुरेन्द्र भण्डारी नेपाली कांग्रेस ६ अरब, चन्द्रवहादुर लामा ने.का. ८ अरब ५ करोड, भरत महर्जन ने.का. १० अरव, केदारनाथ शर्मा ने.का.१६ अरव, तेजविव्रmम थापा ने.का.२ अरव ८२ करोड, जि.बि.राई १६ अरव ५० करोड, धनराज गुरुड ने.का. १५ करोड, रहेको छ । यसैगरी प्रधानमन्त्री के.पी ओलीकै पार्टीसित सम्वन्धित विभिन्न उच्च ओहदामा रहेका व्यक्तिहरूको नामपनि युटुवहरूले वारम्वार प्रकाशमा ल्याइरहेका छन् । जस अनुसार के.डी. उप्रेती (एमाले) ८ अरब, देवकुमार नेपाली (एमाले) २ अरब, इच्छाराम तामाङ (एमाले), ७ अरब ८२ करोड, ऋषिकेश पोखरेल (एमाले) १४ करोड, प्रधानमन्त्री स्वयंको पार्टीका वरिष्ठ र वरिष्ठतम व्यक्तिहरूपनि सहकारी रकम अपचलनको अपराधमा संलग्न छन् भन्ने कुरा अपचलनकर्ता भनी उनीहरूको नामै किटेर संचार माध्यमहरूले वाहिर ल्याउनुलाई अत्यन्तै नराम्रो कुराको संकेत मान्नुपर्दछ । नेपाली काँग्रेस र नेकपा एमाले जस्ता इतिहास बोकेका दलका जिम्मेवार पात्रहरू यसरी आ–आफ्ना पार्टीहरूलाई नै कलंकित वनाउने दुष्कर्ममा संलग्न छन् भन्ने सुन्नपर्दा कुन चाहीँ प्रजातान्त्रिक र जनवादी विचार राख्ने व्यक्तिको मन अमिलो नहोला र ?

यसैगरी रामवहादुर गौतम् नेकपा माओवादी ५ अरव र गीता बस्नेत (राप्रपा) २ अरब ५० करोडमा मुछिएका छन् भन्ने पनि श्रोतले उल्लेख गरेको छ । जहाँसम्म श्रोतको आधिकारिकताको सवाल छ । एउटा सार्वजनिक सवालमा राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले दिएको तथ्यांकलाई आधारहीन आरोप भन्ने ठान्नु रहेन । माथिका विवरणहरू प्रकाशमा आए पश्चात् पनि झन नयाँ नयाँ अन्य विवरणहरू वाहिदिदै छन् । जसको आधिकारिकता पुष्टि नभएसम्म प्रकाशमा ल्याउनु मिल्दैन । प्रधानमन्त्री केपी ओलीले सहकारी रकमका अपचलनकारीहरूलाई छिटो भन्दा छिटो कानुनको दायरामा ल्याउने र उनीहरूबाट हिनामिना गरिएको रकमलाई अपचलनकारीहरूको चलअचल सम्पत्तिबाट असूल उपर गराई सहकारी पीडितहरूलाई दिलाइ छाड्ने प्रतिवद्धता भाषणमा धेरै पटक दोहो¥याए । यस सम्वन्धमा सरकारले भरमग्दुर प्रयास गरिरहेको छ भन्ने कथनपनि धेरै पटक आयो । धेरैपटक विश्वास दिलाइयो । सहकारी पीडितहरूले लामो समयसम्म प्रधानमन्त्रीको आश्वासनहरू प्रति विश्वस्त रही आशावादी प्रतिकृयाहरू पनि जनाए तर यस आशामा भरपर्ने आधारहरू भने प्रधानमन्त्रीका झूठो आश्वासनहरूले प्रस्तुत गर्दैनन् । यदि प्रधानमन्त्रीले साँच्चै नै सहकारी ठगहरूलाई गोदगाद पारेरै भएपनि उनीहरूबाट पीडितको पैसा असूल उपर गराउन चाहैकै भए एमाले पार्टीबाट सांसद वनेका ऋषिकेश पोख्रेल लगायतका व्यक्तिहरू र सहकारी ठगमा नाम जोडिएका अन्य एमाले नेताहरूलाई पनि रवि लामिछानेलाई जस्तै नियन्त्रणमा लिएर केरकार गरेको सहकारी पीडित र आम सर्वसाधारण जनताले सुन्न र देख्न पाउने थिए । यसैगरी सत्ता घटकका प्रमुख साझेदार एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुड र अन्य वरिष्ठतम नेता एवं सांसदहरू पनि रवि लामिछानेसित संगै प्रहरी कष्टडीमा यतिखेर वयान दिदै गरेको आउँदो हो । रा.प्र.प्रा.,माओवादी सबै तानिदा हुन् तर त्यो भएन । केवल रवि लामिछाने माथिमात्र प्रहार हुनु र अरू चाहीँ दुधले नुहाएका जस्ता देखाउने प्रयास गर्नुले सहकारी पीडितहरूको समस्या र पीडकहरूको स्वच्छन्दता आउदा दिनहरूमा झन बिकराल समस्याको रूप लिएर बढ्ने छ भन्नेमा शंका गर्ने ठाउँ छैन, होइन आउँदा दिनहरूमा सहकारी पीडितहरूलाई केही आशावादी गराउने हो भने सबै आरोपितलाई विना मुलाहिजा नियन्त्रणमा लिएर केरकार गर्दै मुद्दा चलाइनुपर्दछ । यस मामलामा सरकारको मात्र मुख हेरेर हुँँदैन, आमजनताको आँखा जानुपर्दछ । अहिले रवि लामिछाने माथि प्रतिशोध साँध्न उनलाई मात्र सताउने अरू आरोपितलाई ज्वाइँ पाले झै पाल्ने जुन निन्दनीय हरकत सरकाले गरिरहेको छ, त्यसको सबै क्षेत्रबाट कडा प्रतिवाद हुनै पर्दछ । सहकारी ठगहरूलाई कानुनको कठघरामा ल्याउने र सहकारी पीडितहरूलाई न्याय दिलाएरै छाड्ने आश्वासन ओली सरकारले अहिले जोडि दिइरहेको छ । यस्ता आश्वासनहरू पहिले पहिले पनि धेरैपटक नआएका होइनन् । यी आश्वासनहरूप्रति आस्था जगाउन सरकारले धनराज गरुड र ऋषिकेश पोखरेललाई तुरुन्त्तै र त्यसको लगत्तै अन्य सबै आरोपितहरूलाई क¥यापच्याप पारेर प्रहरी कष्टडीको चिसो हावा खुवाउदै अदालतलाई सुपुर्दगी गर्नैपर्दछ । ओली सरकारले अबपनि झुठा आश्वासन दिएर जनतालाई र पीडितलाई अलमल्याई रहने होइन । आफ्नो कटिबद्धता देखाओस् भन्ने जनमानसको चाहना छ ।

हिजोका दिनमा अर्थात राजाको पंचायती शासनका बेलामा जतिबेला पार्टीहरू प्रतिबन्धित थिए त्यो बेला भूमिगत रूपमा क्रियाशील कम्युनिष्ट पार्टीमा चरित्रको उच्चता एवं स्वच्छताले ठूलो महत्व राख्दथ्यो । यद्यपि कम्युनिष्ट पार्टीमा विभिन्न नीति सम्वन्धी विवादका कारण मतैक्यता नहुँदा पार्टी विभाजित भई विभिन्न गुट उपगुटमा छरिएका थिए, यो चाहि कटुसत्य हो । त्यो क्रम अहिलेसम्मपनि जारी नै छ । तर, हिजोका दिनमा कम्युनिष्ट पार्टीमा जुनसुकै पटकमा पनि अनुशासनको उच्तता एवं स्वच्छताको पार्टी धेरै माथि थियो । कम्युनिष्ट पार्टीका नेता एवं कार्यकर्ता उच्च नैतिक चरित्रका हुन्थे । पार्टीभित्र आफ्ना कार्यकताहरूको चरित्र जोगाउन माथि पोलिटव्युरो केन्द्रीय समितिदेखि तल्लो सेल कमिटी र प्रारम्भिक संगठनसम्म महिनैपिच्छे बैठक वस्दथ्यो । बिभिन्न विषयहरूमा गहन अध्ययन र व्यापक छलफल हुन्थ्यो । एउटा कार्यकर्ताले अर्को कार्यकर्ता साथीको कुनै कमी कमजोरी देखेमा त्यो गल्ती औंल्याइदिने काम गरिन्थ्यो र गल्ती गर्नेले त्यो गल्ती स्वीकार गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने बाचा कबूल गरिन्थ्यो । यस्तो आलोचना आत्मालोचनाको चलन थियो । कुनै पार्टी सदस्यले उही र उस्तै गल्ती पटकपटक दोहो¥यायो भने उसलाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गरिन्थ्यो । त्यसैले उसको लागि कम्युनिष्टहरू चरित्रवान् थिए । नीति नियम, सामाजिक मर्यादा पालनमा उनीहरूको स्थान उच्च थियो । तर, अहिले साना कम्युनिष्ट घटकहरू जो सत्ता र शक्तिमा छैनन्, उनीहरूको मूल्यांकन गर्ने ठोस आधार छैन । तर, ठूला कम्युनिष्ट दलहरू एमाले तथा माओवादी केन्द्र जसले धेरै पटक शक्ति र सत्ता हात पार्ने अवसर पाए । यी पार्टीका ठूला नेतादेखि तल्लोस्तरका कार्यकर्तासम्म चारित्रिक पतनको फोहरमा लतपतिएका छन् । चरम व्यक्तिवादी प्रवृत्ति, जुनसुकै काममा पनि नाफा–नोक्सानको हिसावकिताव, छलछाम, ढाँट र ठगी धन्दामा नेता कार्यकर्ता सबैको संलग्नता ह्वात्तै बढेको छ । काँगेस तथा एमाले एवं माओवादी तथा राप्रपा र मधेशवादीमा केही भिन्नता रहेन । त्यसमा पनि एमालेको हालत झनै गए गुज्रेको स्थितिमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?