ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रेसुङ्गामा श्रद्धालुहरूको घुइँचो

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

गुल्मी, २८ कार्तिक ।
विगत वर्षहरूको तुलनामा यसपटक हरिबोधिनी एकादशी पर्वको अवसरमा गुल्मीको पबित्र धार्मिक स्थल रेसुङ्गामा मंगलबार दिनभर श्रद्धालुहरूको घुँईचो लाग्यो । एकादशीको अबशरमा धार्मिक स्थल रेसुङ्गाको महापोखरीमा धार्मिक मेला लागेका कारण पनि त्यस क्षेत्रमा जाने श्रद्धालुहरूको चाँप बढेको हो ।

हरिबोधिनी एकादशीको दिन रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीको पानीले स्नान गरेपछि चारधाम जानु पर्दैन भन्ने मान्यता रहिआएको छ । महापोखरीमा स्नान गरि यज्ञशाला र सिद्धस्थान मन्दिरमा पुजाआजा गरेमा मानिसले आफुले अञ्जानमा गरेका संम्पुर्ण पापहरू समेत नष्टभई संवृद्धि प्राप्त हुने धार्मिक विश्वास गरिन्छ । त्यही धार्मिक विश्वासका कारण गुल्मी लगायत छिमेकी जिल्लाहरूबाट महापोखरीमा स्नान गर्न यसपटक सोंचे भन्दा धेरै भक्तजनहरूको उपस्थिति रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिएका छन ।

रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा चारधामवाट ल्याएको जल मिसाईएको हुँदा यहाँको पोखरीको पानीले स्नान गर्नाले चारधाम जान पर्दैन भन्ने मान्यता छ । महापोखरीमा स्नान गरेपछि पोखरीदेखि केही माथि रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने र बर माग्ने प्रचलन छ । ठुलो एकादशीको रूपमा चिनिने हरिबोधनी एकादशीलाई गुल्मीमा विशेष महत्वको रूपमा मनाउने गरिन्छ ।

रेसुङ्गाको महापोखरीमा स्नान र पुजाआजाका लागि गुल्मी लगायत अर्घाखाँची, पाल्पा, स्याङ्जा, वाग्लुङ्ग, प्यूठान, रूपन्देही लगायत धेरै टाढा टाढावाट समेत श्रद्धालुहरू आउने गर्दछन् । एकादशीको अवशरमा रुद्रवेणी र कालीगण्डकी नदीमा पनि आज दिनभर स्नान तथा पुजापाठ गर्नेहरूको घुइँचो लागेको थियो ।
एकादशी पर्वको अवशरमा रेसुङ्गामा लाग्ने धार्मिक मेलालाई लक्ष्छित गरि यहाँका स्थानीय पालिकाहरूले पनि मंगलबार सार्वजनिक बिदा दिएका थिए । धार्मिक मेलाको अवशरमा रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन । बिगत वर्षहरूको तुलनामा यस पटक रेसुङ्गामा जाने श्रद्धालुहरूको दिनभरनै चाँप बढेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?