ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

यान्त्रीकरण किसानलाई ‘बरदान’

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

पाल्पा, २८ कार्तिक ।
तानसेन नगरको दमकडाका तेज नारायण ज्ञवाली उमेरका हिसाबले सात दशक भएका पाका पुराना कृषक हुन् । माघको पहिलो हप्ता सम्म धान स्याहार्न व्यस्त हुने ज्ञवाली अहिले कात्तिक महिनामा नै सबै काम सकिँदा दङ्ग हुन्छन् ।
पहिले पहिले स्थानीय जातको बिउ लगाउँदा असार मै रोपाइँ गरेको धानको बिउ मंसिरको पहिलो हप्ता देखि काटन लाग्दा दोस्रो हप्तामा सकिन्थ्यो । हप्ता, दस दिन जति पाजा सुक्न समय लाग्दथियो । त्यस पछि धानको पाजालाई गोलाकार बनाएर खराई बनाएर राख्यो । पुष लागेपछि गोरुले दाउने हो । गोरुले दाउदा पुष महिना सकिन्थ्यो र माघे शक्रान्ती आएको पुराना कुरा सम्झदै भने ।

पछिल्लो समयमा गोरुको ठाउमा ट्याक्टर आयो, जोत्न पनि छिटो र सजिलो भयो र गोरुको अनि हलीको आवश्यकता नै भएन । वषै भरी गोरुलाई पालन पोषण गर्न पनि परेन । पछिल्लो समयमा पुरानो बिउको सट्टामा नयाँ र कम समयमा बिउ पाक्न थाले । आधुनिक प्रविधिको बिकासले किसानलाई राहत भएको छ । धान तथा गहु, तोरी जस्ता वालीहरू दाउनका लागि थे्रसरको प्रयोग भएका कारण छ अब महिनै लगाएर वाली स्यहार्न नपर्ने भएको छ । यति सजिलो गरी अन्न वाली स्याहार्न पाइएला भन्ने कल्पना नै नभएको पोखराथोकका वाम देव कुमाल बताउँछन् ।

खेतबारी जोत्ने तथा दाउने काममा गोरु नै प्रयोग हुन्थ्यो । त्यसै संगै खेत बारीमा काम गर्दा वरपरका छिमेकी मिलेर काम हुन्थ्यो समय बितेको पत्तै हुदैन थियो । दुई महिना खेतमा काम गरेको थाहा नै हुदैन थियो । पछिल्ला दिनहरूमा आधुनिक प्रविधीहरू बढदै जादा धान काट्ने पनि मेसिन आएको छ । धान काटेको भोलि पल्ट नै थे्रसर लगाउने गरेको पुराना कृषकहरू बताउछन् ।
पहिले पहिले धान काटन् देखि धान पराल घर सम्म पुराउन मानविय श्रमको आवश्यकता थियो त्यसमा खर्च र समय बढि लाग्दथियो तर आजभोलि सबै काम मेसिनले गर्ने गर्दा लागत र समय ज्यादै कम लागेको नया पुस्ताका कृषक सुरेस राना बताउछन् ।

पहिले पहिले गोरु नभएका घर हुँदैन थियो तर आज भोलि टोल टोलमा ट्याक्टर छन् । गोरुले जोतेको त देख्नै छोडेको धेरै वर्ष भइ सक्यो । आधुनिक मेसिनको प्रयोगले धान कुट्ने, काट्ने, दाउने, जोत्ने बोक्ने सबै मेसिनले गरेको कारण कृषकहरू पनि फुर्सदिला भएका रिब्दीकोट गाउपालिका पोरकनीका देवी ढकालले बताए । कृषिमा यान्त्रिकरणस अन्तर्गत २०४४ सालमा पहिलो पटक माडी फाटमा ट्याक्टरले खेत जोतेको हो । त्यसपछिका समयमा गोरुको विकल्पमा ट्याक्टरको प्रयोग बढ्यो । पछिल्ला समयमा खेत बारी जोत्नका लागि मानविय तथा जनावरको श्रमको श्रमको सट्टामा पावर, मिनीटिलर, कृषि ज्ञान केन्द्र, प्रधान मन्त्री आधुनिकीकरण परियोजना हुदै स्थानिय सरकारले समेत एक हजार भन्दा बढिको सख्यामा अनुदान वितरण गरिए पनि यसको प्रभावकारी रूपमा प्रयोग हुन नसकेको प्रयोग कर्ताहरू बताउछन् ।

कृषि क्षेत्रमा लाग्ने युवा जनशक्तीको रगत पसिना विदेशी भूमिमा बगाउनेको सख्या बढि छ । पछिल्लो समयमा धान काट्ने, गँहु चुट्ने जस्ता मेसिनको सख्या बढदै गएपनि कृषि योग्य भूमिको क्षेत्रफल , जनसख्या, स्थानिय जातका पुराना अन्नवालीहरू भने हराउदै गएको छ र अनुदानको व्यवस्था पनि सुन्य नै छ । कृषि यन्त्रका रूपमा ट्याक्टरलाई परिभाषित भएकोछ । यस्ता ठुला ट्याक्टर देखि थ्रेसर खरिदमा राज्यले अनुदानको व्यवस्था गरेको भए थप प्रभावकारी हुने तानसेन नगरका निरन्जन भुषाल बताउछन् । विगतमा केन्द्रिय सरकार देखि स्थानिय सरकारले समेत यान्त्रिकरणमा जोड दिए पनि निम्न वर्गिय कृषकहरू भन्दा गैह्र कृषकलाई बढि प्राथमिकता दिदा प्रभावकारी हुन नसकेको हो । व्यवसायीक कृषक तथा निम्म वर्गिय कृषकहरू सरकारी अनुदान बाट विमुख हुन परेको सम्वद्ध कृषकहरू बताउँछन् ।

माडीफाट, अर्गली, रहवास, अगाहाखोला, कचल, सर्देवा देखि रामपुर जस्ता फाटहरूमा ट्याक्टरको प्रयोग गरी कात्तिक महिनामा नै धान स्याहार्ने काम सकीने गर्दछ । कृषिमा कृषकको सुविधा तथा लागत मूल्य कम गर्न प्रदेश तथा स्थानिय सरकारले कृषकलाई ट्याक्टर मिनी ट्याक्टर, पावर टिलर हाते टायक्टर जस्ता अनुदान दिएपनि ट्याक्टरको तुलनामा साना उपकरणहरू अत्यन्तै कम प्रयोगमा आएका छन् ।

पाल्पा टायक्टर समितीका अनुसार कृषि कार्यमा जिल्लाभरमा ३ सय ट्याक्टर कृयाशिल रहेका छन् । यो दुई महिना टायक्टरलाई भ्याइ नभ्याइ हुन्छ । थे्रसरको काम त्यस पछि धान पराल ढुवानीको काम, अनि जोत्ने काममा व्यस्त हुने यो समयमा नै हो । आम्दानी गर्ने हो व्यवसायी टिका कार्की बताउछन् ।प्रविधीले सबैलाई व्यस्त र अनि किसानलाई सजिलो र फुर्सदिलो बनायो । गोरुले जोत्ने र दाउने भन्ने त कुरै हरायो । सबैले मेसिनको प्रयोग गर्न लागे । मानविय श्रम र जनावरको श्रम भन्ने पनि हराएको उनले भने ।

पहिलाको तुलनामा गाउमा खेति गरेर बस्ने भन्ने नै किसानको सख्या सारै कम छ । गाउमा त नया पुस्ता नै छैनन् । नया पुस्ता विदेश परिवार शहर केन्द्रित हुँदा जसो तसो परम्परा धानेका पुराना पुस्ता भन्दछन् यान्त्रिकरण त वरदानै सावित भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?