ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बुटवलमा भित्रदै ‘चिनो नेपाल’

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

बुटवल, २८ कार्तिक । नेपाली युवाहरुको मागलाई मध्येनजर गरि काठमाण्डौमा उत्पादन र बजारीकरण शुरु भएको लेडिज कपडाको बृहत् कलेक्सन ‘चिनो नेपाल’ बुटवलमा भित्रिएको छ । युवा ब्यवसायी नवराज बजगाईले काठमाण्डौमा नेपाली लेडिज कलेक्सन ब्राण्ड चिनो शुरुवात गरेका हुन । आठौ शाखाका रुपमा बिपि चोकस्थित मल्ली कम्प्लेक्समा मंसिर ८ गते चिनो शोरुमको औपचारिक उद्घाटन गर्ने भएको हो ।
बुधबार पत्रकार भेटघाटमा चिनो नेपालका अध्यक्ष नवराज बजगाईले स्वदेशी युवाहरुलाई देशभित्र नै रोजगार दिदै नेपाली युवाहरु लक्षित गरि उत्पादन शुरु गरेको बताए । पहिलो चरणमा लेडिज फेसन गार्मेन्ट शुरु गरेर काठमाण्ठौमा पाच तथा पोखरा, नारायणगढमा सफल भएपछि आठौ शोरुम बुटवलमा खोल्न लागेको उनले बताए । रुपन्देहीमा चर्चित टाईगर रिर्सोट शुरुवात गरेको बजगाईले एक दिनमा २० करोड रुपैयाको कारोबार गरेको प्यालेसको अनुभव शेयर गर्दै स्टार्टअपलाई लक्षित गरि सरकारबाट योजना ल्याउन सकेमात्र सफल हुने बताए । महिलाबाट चलाईएको बिजनेश ८० प्रतिशत सफल भएको उदाहरण पेश गर्दै उनले नेपालमा युवा रोक्ने आधार उद्योग भएको बताए ।

नेपाली बजारलाई चीन र भारतबिच पुलका रुपमा बुटवल हब भएको दाबी गर्दै उनले निर्यात गर्ने लक्ष्यसहित ब्राण्डलाई अघि बढाएको बताए । निम्न आयस्तर रहेकोहरुलाई तालिम र क्षमता विकास गरि सामाजिक उत्तरदायित्वमात्र नभई आयस्तर उकास्ने गरि आयआर्जनमा जोड दिएर भुईमान्छेहरुलाई उद्योगमा समेटेको उनले बताए । हाल चिनोमा ४ सय जना कामदार रहेको भन्दै २ हजार सम्म रोजगार सृजना गर्ने लक्ष्य रहेको उनले बताए । ‘हामीले गुणस्तरमा जोड दिएको र गम्भीर भएर लागेका छौ ।’— उनले भने । एउटा उत्कृष्ट ब्राण्ड बनाउने गरि धेरै मेहनत गर्दै आएको उनले बताए । विश्वमा नै ब्राण्ड बनाउदा प्याट्रनलाई पहिल्याउने प्रचलन रहेको भन्दै उनले विश्व बजारको उत्पादनलाई ध्यानमा राखेर कपडा तयार गरेको बताए । उपभोक्तालाई सुपथ मूल्यमा बस्तु बिक्रीका लागि उत्पादनमा लाग्ने लेभर मूल्य नै मुख्य कारक हुने भन्दै उनले चाईनामा भन्दा पाच गुणा कममा नेपालमा बस्तु उत्पादन गर्न सकिने सम्भावना रहेको बताए । कोटा सिस्टममा काम गरिदा यो लेभर समस्यालाई हटाउन सकिने उनले बताए । हाल चिनोमा ३० करोड रुपैया लगानी भएको छ । आईपिओ खोल्ने तयारीमा रहेको उद्योगले ७० करोडमा पुर्याउने लक्ष्य रहेको छ । बुटवल ओपनिङमा नै ५० प्रतिशत छुट र ५ प्रतिशत समेत छुटको ब्यवस्था रहेको उनले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईंले युवाहरुलाई देशभित्र नै टिकाउने र बुटवलको आर्थिक चलायमान गराउने आधारका रुपमा चिनो भित्रिएको बताए । यो एउटा समुदाय लक्षित गरि चलाईएको योजनालाई सफल बनाउन सबैको हात रहने उनले बताए ।

कार्यक्रममा चिनो नेपालका संचालक मिनराज भुषाल, संचालक सदस्य राजेन्द्र डुम्रे, मार्केटिङ हेड सन्देश अधिकारीले युवाको मागलाई ध्यानमा राखेर उत्पादन गर्दा सफलता हासिल हुदै गएको बताए ।

कार्यक्रममा क्रियटिभ डाईरेक्टर प्रियंका कार्कीले नेपाली कपडाको गुणस्तरीय उत्पादनमा चिनो अगाडि बढेको बताइन । फेशनले संस्कृति र परम्परालाई चिनाउन सकेमात्र सफल हुने उनले दाबी गरिन। चिनो पछिल्लोसमय नया बानेश्वर, भक्तपुर, बौद्ध, कुमारीपाटी, सामाखुशी, चितवन, पोखरा गरि सात स्थानमा शाखा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?