ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

२२ बर्षदेखि जंगुको जीवन पर्खिदै फिरिया

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

बाँके, २८ कार्तिक ।
‘जिन्दगीभर जसले हात समाएर साथ दिन्छु भन्दै लिएर आएको थियो, आज उही मेरो साथमा छैन । उ बिना म एक्ली भएकी छु । तर पनि फर्कि आउँछन् की भन्ने आश लाग्छ । – यी भनाइ हुन् बारबर्दिया नगरपालिका –६ की ६८ वर्षीया फिरिया थारूको ।
अतीतका दिनहरू सम्झदै थारू भन्छन ‘देशमा भएको सशस्त्र युद्धमा राज्य र माओवादी बीचको द्वन्द्व थियो । तर सो युद्धले मेरो परिवार भताभुङ्ग पा¥यो । मेरो सपना भताभुङ्ग पा¥यो । मेरो चाहना भताभुङ्ग पा¥यो । मबाट युद्धले सबैथोक लुट्यो । मैले आड, मेरो भरोशा, मेरो बुढेसकालको सहारा युद्धले लुट्यो । मैले मेरो पति युद्धको समयमा राज्यले बेपत्ता पा¥यो ।’
त्यो काल रातको अझै पनि सम्झना छ, २०५९ साल साउन २६ गते बेलुका ९ बजे झरी परेको रात थियो । आफ्नो परिवार खाना खाएर सुतेको मलाई याद छ । रम्मापुर ब्यारेकबाट आएका सेनाले घरमा आएर पति ४८ वर्षीय जंगु थारूलाई सेनाले लिएर गएको थारूले बताईन ।
भोलिपल्ट गाउँका केही व्यक्ति सहित पतिको बारेमा बुझ्न बारबर्दियामा रहेको रम्भापुर ब्यारेकबाट बुझ्न जाँदा सेनाले पतिलाई नल्याएको दाबी गरेको थारूको भनाइ छ । त्यो समय बन्दुक थियो । त्यसकारण प्रतिवाद गर्न सक्ने सयम थिएन । चुपचाप घर फिर्ता हुनु परेको थारू बताईन । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा बर्दियामा २ सय २० जना नागरिकहरू द्वन्द्वरत पक्षहरूबाट बेपत्ता भएको अभिलेख छ । दुवै पक्षबाट बेपत्ता पारिएका नागरिकको अवस्था हालसम्म सार्वजनिक हुन सकेको छैन । सशस्त्र द्वन्द्वको समयमा फिरिया जस्तै पति बेपत्ता भएका कयौँ महिलाहरू पति आउने आशामा छन् । उमेर क्रमश ढल्दैछ तर पति द्वन्द्वमा बेपत्ता पारिनु भएको पति फर्कि आउने आशमा छिन फिरिया । उनी भन्छिन – ‘पति आउने दिनहरू कुर्दाकुर्दै कयौँ दिनहरू बिते । महिनाहरू बिते । वर्षहरू बिते । तर आफ्नो पति पक्कै आउनु हुनेछ भन्ने आशमा छिन उनी । उनले अझसम्म पनि आश मारेकी छैनन् । पति पक्कै आउनु हुनेछ भन्ने प्रतीक्षा गरिरहेको उनले उल्लेख गरिन ।
दाहसंस्कार गर्न हजुरआमा मान्दैनन्
बेपत्ता पारिएका थारूका नाति २७ वर्षीय सुमित थारू भन्छन – ‘हजुरबुबाको परम्परा अनुसार अन्तिम दाहसंस्कार गर्नुपर्छ भन्दा हजुर आमा मान्दैनन् । हजुरआमाले अझै पनि हजुरबुबा आउनुहुन्छ भनी बाटो पर्छिराखेछन । हजुरबुबा बेपत्ता हुँदा सुमित ६ वर्षको थिए । सुमितको हजुरबुबा बेपत्ता भएको पनि २१ वर्ष पुरा भएर २२ वर्षमा लागेछ ।’ हजुरबुवा बेपत्ता हुँदा खासै केही नबुझ्न सुमित अहिले धेरै कुरा बुभ्ने भएका छन । उनी भन्छन – ‘मेरो हजुरआमाले पति गुमाउनु भयो । मेरो बुबा काका र फुपुहरूले अभिभावक गुमाउनु भयो । मेरो परिवारले संरक्षक गुमाउनु प¥यो । मैले मेरो हजुरबुबा गुमाएँ । हाम्रो परिवारले खुसी गुमाए । सबथोक गुमाए । अब गुमाउन के नै बाँकी छ र ? युद्धले दिएको निको नहुने घाउ हो । जिन्दगीभर यस्तो घाउ लिएर बस्नु बाध्यता हाम्रो परिवारको रह्यो ।’
सामान्य किसान परिवारमा जन्मिएका जंगु थारूको दुई ओटा पत्नी छन् । जेठी पत्नी फिरिया थारुबाट छोराहरू सर्जु प्रसाद थारु, राम प्रसाद थारु, घनश्याम थारू र छोरी सुभरानी थारू र अनरकली थारू तथा कान्छी पत्नी रामकुमारी थारुबाट छोरा बिनय थारु, छोरी सरिताको जन्म भएको थियो । बेपत्ता पारिएको जग्गुको परिवारले राज्यसँग परिवारले थारूको अवस्था सार्वजनिक हुनपर्छ भन्दै पटक पटक ‘कि सास देउ की लास देउ’ भनेर माग गर्दा पनि राज्यले कुनै सुनुवाइ गर्न सकेको छैन ।
राज्यले बेपत्ता पारिएको हजुरबुबाको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने थारूको माग छ । उनी भन्छन– ‘बेपत्ता पारिएको हजुरबुवाको अवस्था सार्वजनिक नहुँदा हाम्रो परिवार वर्षौँदेखिको भोग्दै आएको शारीरिक र मानसिक यातना र पीडा भोग्दै आएको छ । हजुरबुबाको अवस्था सार्वजनिक हुन सकेको भए केही राहत हुने थियो । राज्यले बेपत्ताको अवस्था सार्वजनिक गरी बेपत्ता परिवारलाई पनि शहीद परिवारलाई जस्तै राज्यले सेवा सुविधा प्रधान गर्नुपर्छ ।’ राज्यले प्रदान गर्दै आएको एकल महिला भत्ताको सेवा सुविधाबाट समेत हजुरआमाहरू वञ्चित हुनुपरेको छ । पति बेपत्ता पारिएको महिलालाई राज्यले एकल महिलाको मान्यता दिएको छैन । राज्यले बेपत्ता परिवारलाई १० लाख सहयोग गरेको छ । तर १० लाखले बेपत्ता परिवारलाई केही सहयोग भयो । त्यसले मात्र पर्याप्त हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा भनेको बेपत्ताको अवस्था सार्वजनिक गरिनु पर्ने कुरा रहेको थारूको धारण रहेको छ । सरकारले अहिले टिआरपसी विधेयक ल्याएको छ । सरकारले ल्याएको टिआरसी विधेयक के के छन् त्यो थाहा नभएपनि बेपत्ता परिवारको स्वास्थ्य, शिक्षा र रोजगारीको ज्ञारेन्टी राज्यले गर्नुपर्ने माग समेत थारूले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?