ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

पहाडी हावापानीमा लटरम्म किवी

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

बुटवल, २७ कार्तिक ।
सल्यानको छत्रेश्वरी–२ बुंरासे टाकुरीका किसान तेज बहादुर योगीले किवि खेतीबाट आर्थिक सफलता हासिल गरेका छन् । २०६५ सालदेखि १०० बोटबाट किवी खेती सुरु गरेका उनको मेहनतले नतिजा दिन थालेको छ । किवी विक्रिबाट उनले वार्षिक १५ देखि २० लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् । तेज बहादुर मात्रै नभई बुंरासे टाकुरीमा करिब ८०/९० घरधुरी किवि खेतीमा संलग्न छन् । जसले यो क्षेत्रमा किवि खेतीको सम्भावनालाई उजागर गरिदिएको छ ।

सल्यान, भू–आकृति, माटो, र जलवायुको हिसाबले किवि उत्पादनको लागि राम्रो सम्भावनायुक्त क्षेत्र हो । जसले गर्दा यहाँका किसानहरूले परिश्रम र सीपको सदुपयोग गरी राम्रो आर्थिक उपार्जन गर्दै आएका छन् । सुरुमा परीक्षणका लागि लगाइएको किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बुराँसेका सबै घरधुरीले किवी खेती सुरु गरेको तेज बहादुरको भनाइ छ । थोरै लगानीबाट पनि किवी खेती गर्न सकिने भएपछि बिस्तारै व्यवसायिक खेतीमा लागेको किसानहरू बताउँछन् ।

यहाँका धेरै किसानहरूको जीवनशैली नै किवि खेतीमा आधारित भएको छ । बिहान ३ बजेदेखि नै काम सुरु हुन्छ, तेज बहादुर भन्छन्, राती अबेरसम्म किवी खेतिका लागि मिहेनत गर्नुपर्छ । किवि खेतीको मेहनत भनेको केवल रोप्ने र फल्ने पर्खाई मात्र नभएर खेतीमा प्रतिदिनको ध्यान र मिहिनेतको आवश्यकता पर्ने किसानहरूको भनाई छ । गाउँमा समूह, सहकारी तथा फर्म मार्फत किसानहरूले व्यवसायिक किवी खेती गरिरहेका छन् ।

बुंरासे टाकुरीको भूगोल, माटोको गुणस्तर र अनुकूल जलवायु किवि उत्पादनको लागि अनुकूल रहेको छ ।
यसले गर्दा यहाँका किसानहरूले ठूलो परिमाणमा किवि उत्पादन गर्दै आएका छन् । यहाँ किसानहरूले लालिगुरास लघु उद्यम कृषक समूहमा आवद्ध भएर पनि किवि खेती गरिरहेका छन् । यसका माध्यमबाट किसानहरूले सामुहिक रूपमा वार्षिक करिब ३ करोड रूपैयाँको आम्दानी गर्दै आएका छन् । यो परिणाम स्थानीय अर्थतन्त्रको सशक्तीकरणको लागि समेत महत्वपूर्ण मानिएको छ ।

तेज बहादुर लगायत बुरासे टाकुरीका चित्र बहादुर केसी, हिरालाल योगी, डिल्ली बहादुर केसी, चुडामणी बस्नेत लगाएतका किसानले किवि उत्पादनको दायरा फराकिलो बनाउँदै लगेका छन् । सबैभन्दा पहिले विवि खेती सुरु गरेका तेज बहादुर भन्छन्, ‘मैले अहिले ३५ रोपनी जमिनमा किवी खेति गरिरहेको छु । एक हजार ५० बोट मेरो बगैचामा छन् । यो वर्षको हालसम्म मैले १४० क्विन्टल विक्रि गरिसकेको छु ।’ उनले शिवशक्ति बहुउद्देश्यीय कृषि नर्सरी फर्ममार्फत किवि खेति गरिरहेका छन् ।

व्यापारीहरू किवि खरिदका लागि बारीमै आउनेगरेको किसानहरू बताउँछन् । प्रतिकिलो सरदर १०० रूपैयाँ देखि १५० रूपैयाँ सम्ममा विबि विक्रि हुनेगरेको छ । सुरुमा परीक्षणका लागि लगाइएको किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बुराँसेका धेरैजसो घरधुरीले किवी खेती सुरु गरेको अर्का किसान चुडामणी बस्नेत बताउँछन् । ‘थोरै लगानीबाट पनि किवी खेती गर्न सकिने भएपछि हामीहरू यतातर्फ अग्रसर भएका हौँ,’ उनले भने, ‘मैले पनि १२ रोपनीमा खेति गरिरहेको छु । गत वर्षमात्रै किविका नयाँ १०० बोट रोपेको छु ।’ आफ्नो बगैचामा जम्मा २०० बोट रहेको र १०० बोटले फल दिइरहेको भन्दै चुडामणीले वार्षिक ३० क्वीन्टल विक्रि गर्नेगरेको र यसबाट करिव ४ लाख रूपैयाँ आम्दानी हुनेगरेको जनाए ।

किवी खेतीलाई प्रवद्र्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी इश्वरी नारायण घर्तीका अनुसार जिल्लाको छत्रेश्वरी २ र बागचौर नगरपालिकाको वडा नं ९ मा किवि पकेट क्षेत्र बनाएर काम भइरहेको छ । दुई क्षेत्रमा गरेर ५११ रोपनी जमिनमा किवि खेती भइरहेको भए पनि अहिले उत्पादनशिल क्षेत्र २९५ रोपनी रहेको उनको भनाई छ । कार्यालयले किवि खेती विस्तार तथा प्रवद्र्धनका लागि थ्याक्रा तथा किवि पोल बनाउन, बेर्ना लगाउन, सिंचाइको व्यवस्था गर्न गएका वर्षहरूमा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरेता पनि यो वर्ष कुनै कार्यक्रम छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?