ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तव्य

नया वर्षसंगै सिद्धार्थ केबलकार पूर्ण रुपमा संचालन हुने, दुईतर्फी भाडा ३५० भन्दा बढी नहुने संचालकको दाबी
२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

बुटवल, २७ कार्तिक । नुवाकोटको ऐतिहासिकतालाई उजगार गर्दै उत्कृष्ट पर्यटकिय गन्त्ब्यका रुपमा चिनाउने गरि काम गरेको सिद्धार्थ केवलकार लिमिटेड संचालक समितिका पदाधिकारीहरुले दाबी गरेका छन । मंगलबार बुटवलमा सिद्धार्थ केवलकार लिमिटेड संचालक समितिसंग शेयरधनी कार्यक्रम पश्चात पत्रकार सम्मेलन गरि नुवाकोटको ऐतिहासिकता र संस्कृतिलाई उजगार हुने गरि आफुहरु लागेको केवलकारका अध्यक्ष राजेन्द्र सिह गुरुङले बताए । ‘केवलकार एउटा पाटोमात्र हो ।’—उनले भने । नुवाकोटको आफनै विशेषता र ईतिहास रहेको भन्दै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुई मत नरहेको उनले बताए । आउदो नया वर्षमा औपचारिक उद्घाटन गर्ने तयारी रहेको भन्दै उनले अहिलेसम्म ७० हजार पर्यटकलाई सेवा दिन सफल भएको बताए ।

धेरै अध्ययनपछि बिट्रिश कम्पनीबाट भारतमा भित्रिएको प्रविधि अप्नाएको सिआरएस कम्पनीलाई जडानको जिम्मा दिएको उनले बताए । यो कम्पनीले १७ वटा भन्दा बढि केबलकार जडान गरेको अनुभव र भारतमा सन १९४८ भन्दा अघि बिट्रिश कम्पनीका रुपमा रहेको सिआरएस कम्पनी युरोपियन मापदण्डको रहेको समेत उनले दाबी गरे । केवलकारको क्षमता प्रतिघण्टा ५ सय जना पर्यटक रहेको छ । दैनिक ३ हजारसम्म पर्यटक भित्रयाउन सक्ने क्षमता छ । केवलकारमा २५ वटा गोन्डला र एकपटकमा ८ जना चढ्न सक्ने तथा बटमबाट टप स्टेशनसम्म पुग्न ९ मिनेट समय लाग्ने उनले बताए । केबलकार १९९५ मिटर दुरी रहेको छ ।

कार्यक्रममा केबलकारका प्रबन्ध संचालक प्रभुलाल अधिकारीले अहिले पनि निमार्णको काम चलिरहेको बताए । टप स्टेशनमा बुद्घको बिशाल मुर्ति, बटन स्टेशनमा आकर्षक कमलको फुल र पुर्वाधार निर्माण भईरहेको उनले बताए । यसैगरि भविष्यमा पयर्टकलाई लक्षित गरि स्काई वाक, रेष्टुरेन्ट तथा पर्यटकिय संरचनाहरु निर्माण गर्ने तयारी रहेको उनले बताए । हाल केवलकारको मूल्य प्रति ब्यक्ति दुई तर्फि ३२५ रुपैयामात्र मूल्य रहेको र पूर्ण रुपमा संचालनमा आउदा बढीमा २५ रुपैया बढाएर साढे ३ सय गर्ने तयारीमा रहेको उनले बताए ।

कार्यक्रममा केबलकारका संचालक रमेश प्रसाद सापकोटाले पाच वटा कम्पनी र अन्य विभिन्न संघसंस्था र ब्यवसायीहरु गरि २२७ जना प्रमोटर शेयरधनि रहेका बताए । कुल ६० करोड चुक्ता पुजि रहेको केबलकारमा एक सय करोडको कम्पनी बनाउने गरि निर्णय भएको उनले बताए । अहिलेसम्म १ अरब १० करोड रुपैया लगानी भएको उनले बताए । केबलकारमा हाल स्थानिय ४८ जना युवाहरुले रोजगार पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?