ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

तिहारको देउसी–भैलोः संस्कृतिको बचाउ कि, कमाउ धन्दा ?

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

बुटवल, २७ कात्तिक ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका खिमलाल पाण्डेयले तिहार सकिएको हप्ता दिनसम्म पनि भैलोको नाममा कमाउ धन्दा सञ्चालन भएको बताउँछन् । संस्कृतिलाई संरक्षण गर्नुपर्ने पर्वलाई विकृति तर्फ लैजानु दुःखद पक्ष हो । यसले समाजमा राम्रो सन्देह दिँदैन ।

“हाम्रो परम्परा अनुसार भैलो बढीमा चार दिन हो । त्यसपछि एकादशीमा कहीँकतै खेल्ने चलन हो तर अहिले त दिनरात चोक चोक खाली छैनन् । रातिमा बाटो नै बन्द गरेर भैलो खेल्ने नाममा पैसा उठाउने बिकृति बढेको छ । यसलाई नरोक्ने हो भने तिहार पर्वमा खेलिने भैलोको महत्व नै हराउँछ”– उनी भन्छन् । गााउँटोलकाहरूले मादल बजाएर भैलो खेल्ने, देउँसिरे गाउने चलन हो । त्यो पनि तिहारको अवसरमा । “यहाँ त तिहार सकिएको हप्ता दिन सकिदा पनि बाटो बाटोमा ठूला ठूला आवाजमा साउण्ड सिस्टम बजाएर नाच्न छाडेका छैनन् । यसले हाम्रो संस्कृतिको संरक्षण होईन संस्कृतिको अन्त्य गर्दछन्”–उनी भन्छन् ।

तिहार सकिएको हप्ता दिन बित्यो तर पनि चोकमा बज्ने साउण्ड सिस्टमको चर्को आवाजले धेरैलाई हैरानी बनाएको शिक्षक ईन्दिरा अर्यालको भनाइ छ । “संस्कार संस्कृति बचाउने हो भने पनि केही त्यस्तो आभाव छैन”– उनी भन्छिन्, “छाडा गीतहरूमा साना साना बाल बालिका नचाएको धेरै देखिन्छ । त्यसमाथि बाटो नै जाम छ । यो भनेको नितान्त पैसा कमाउने धन्दा हो । यसलाई रोकन सकिएन भने तिहार पर्वमा खेलिने देउसीको महत्व नै हराउँछ ।” भैलो तीन दिन र एकादशी पर्वको दिनमा खेलेर समापन गरिने चाड हो तर दिन दिनै हप्तैसम्म खेल्नु भनेको आर्थिक जोहोको उद्देश्य हो । यहाँ धेरै पैसा सामाजिक काम भन्दा पनि रमाईलोमा खर्च हुने गरेको छ । “त्यसैले हप्तौ सम्म भैलोको नाममा नाच देखाउनु राम्रो पक्ष होईन यसलाई नियन्त्रण गर्नुपर्छ”–उनी भन्छिन् । संस्कृतिको संरक्षणसँगै मनोरञ्जन गर्ने पर्व तिहार भएपनि अनावश्यक मानिसहरूलाई लामो समयमा सम्म तिहार पर्वको नाममा डिस्टर्व गर्नु राम्रो पक्ष नभएको गायिका कल्पना कुसुम बताउँछिन् । उनले पर्वलाई संरक्षण गर्न निश्चित समयमा मौलिक परम्परागत गीतमा नाच्नु स्वाभाविक भए पनि तिहार सकिएर सबै आ–आफनै काममा फर्किसकेपछि पनि तिहार भन्दै चोक चोकमा गीत बजाएर नाच्नु राम्रो पक्ष नभएको बताउँछिन् । “यसले हाम्रो समाजमा सकारात्मक सन्देश जान्छ भन्ने लाग्दैन”–उनी भन्छिन् ।

सिद्धबाबा मन्दिरका पुजारी ब्यास पुरुषोत्तम बस्यालले धार्मिक मान्यता अनुसार लक्ष्मीपुजा गरिसके पछि भाईपुजाको दिन सम्म भैलो खेल्ने धार्मिक मान्यता रहेको बताए । उनले तिहार पर्वमा यमराजलाई खुशी पार्नका लागि भैलो खेल्ने प्रचलन भए पनि आजभोली आर्थिक संकलनका लागि मात्र भैलो खेल्ने प्रचलन बढ्नु सकारात्क नभएको बताए । बस्याल भन्छन् “औषधीलाई पनि मात्रा मिलाएर खाए लाग्छ होइन भने विष बन्छ । त्यसैगरी देउसी भैलोको पनि मात्रा हुन्छ पछिल्लो समयमा मात्रा बढी देखिएको छ, यसले समाजमा राम्रो सन्देश जाँदैन ।”

यो वर्षको भाईटिका सकिएको हप्ता दिन बितिसक्दा पनि सडक चोकहरू नै बन्द गरे भैलो खेल्नेको संख्या कम भएको छैन । प्रत्येक चोकहरूमा बाटो नै बन्द गरेर ठुला ठुला आवाजमा गीत बजाउने र नाच्ने होडबाजी चलिरहेको छ । विशोष गरी युवा क्लव, विभिन्न संघ संस्थाहरूको सकृयतामा देउसी भैलो भन्दै नाच्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?