ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

डाइनामिक टेक्नोसफ्टलाई अन्तर्राष्ट्रिय अवार्ड

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

बुटवल, २७ कात्तिक ।

सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेड’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

एसियन–आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो) द्वारा जापानको टोकियोमा नोभेम्बर ६–८ मा आयोजना गरिएको डिजिटल समिटमा डाइनामिक टेक्नोसफ्टले ‘असोसियो एडटेक अवार्ड २०२४’ प्राप्त गरेको हो ।

असोसियो एसियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । यस संस्थाले प्रत्येक वर्ष उत्कृष्ट योगदान पु¥याउने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान दिँदै आएको छ ।

यसवर्षको डिजिटल समिटमा एसिया–प्यासिफिक क्षेत्रका डिजिटल उद्योगका नेतृत्वकर्ता, नवप्रवर्तक र विशेषज्ञहरूको उपस्थितिमा डाइनामिक टेक्नोसफ्टलाई ‘एडटेक अवार्ड २०२४’ प्रदान गरिएको हो ।

डाइनामिक टेक्नोसफ्टको स्थापनामा वीरगंजमा सन् २०१० मा भएको हो । मोफसलमा स्थापना भई देशका विभिन्न जिल्लामा आफ्नो बलियो बजार विस्तार गर्न सफल डाइनामिक टेक्नोसफ्ट अहिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश गरिसकेको छ ।

मोफसलमा खुलेका कम्पनीमध्ये प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो कम्पनी डाइनामिक टेक्नोसफ्ट बनेको छ । यस अवार्डले आईटी क्षेत्रमा डाइनामिक टेक्नोसफ्टको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक साहले बताए ।

“हामीले नेपाली आईटी क्षेत्रको क्षमता र सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै लगेका छौँ,” सीईओ साहले भने, “यसै क्रममा पाएको असोसियो अवार्डले हामीलाई अगाडि बढ्न थप प्रेरणा मिलेको छ ।”

कम्पनीले विशेषगरी विद्यालय र कार्यालय व्यवस्थापनका लागि डाइनामिक एकेडेमिक ईआरपी, डाइनामिक एकाउन्ट ईआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर विकास गरेको छ । कम्पनीबाट उत्पादित सफ्टवेयरहरू ठूला व्यावसायिक घराना, अस्पताल, उद्योग, व्यवसायिक संघ–संस्थाहरू र करिब दुई हजारभन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन् ।

डाइनामिक टेक्नोसफ्टले नेपालमा वीरगञ्ज, काठमाडौं, इटहरी, बुटवल, पोखरा र जनकपुरमा शाखा विस्तार गरिसकेको छ भने भारतमा समेत तीव्र रूपमा आफ्नो बजार बढाइरहेको छ । विद्यालयलाई डिजिटल बनाउने उद्देश्यले विकसित गरिएको डाइनामिक एकेडेमिक ईआरपी र यसको मोबाइल एप एक हजारभन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन् ।

सीईओ साहका अनुसार कम्पनीले नेपाल र भारतमा मात्र सीमित नराखी आगामी समयमा भुटान, बंगलादेशजस्ता एसियाली मुलुकमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले व्यवसाय बढाई नेपालमा थप रोजगारी सिर्जना गर्ने र देशको प्रविधि क्षेत्रमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

साहले भने, “नेपालमा सरकारी निकायले नेपाली कम्पनीहरूप्रति विश्वास नगर्ने प्रवृत्तिले उद्योगहरूको मनोबल घटाएको छ । हामी विश्वस्त छौँ कि नेपाली आईटी कम्पनीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम छन्, तर सरकारी समर्थन अभावले हामीलाई चुनौतिपूर्ण परिस्थितिमा राखेको छ ।”

डाइनामिक टेक्नोसफ्टले दुगड ग्रुप, सिप्रदी, हुलास स्टिल, गोदावरी ग्रुप जस्ता ठूला उद्योगहरूको लागि सफ्टवेयर सेवा प्रदान गर्दै आएको छ । हाल यस कम्पनी वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्ने र २०० भन्दा बढीलाई रोजगारी दिने स्थितिमा पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?