ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कता गैरहेको छ, शिक्षामा भएको लगानी ?

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

हो, पहुँचलाई धेरै किसिमले हेर्न सकिन्छ । एउटा हो– शारीरिक पहुँच । स्कूल÷क्याम्पस कति टाढा छ, केटाकेटीले कति हिंड्नुपर्छ भन्ने हुन्छ । अहिले आएर नेपालमा कुनैपनि प्राथमिक स्कुल आफ्नो घरदैलोबाट आधा घण्टाभन्दा टाढा छैन । अर्को आर्थिक पहुँचको कुरा छ । अभिभावकले आफ्ना केटाकेटीलाई गतिलो स्कूलमा पढाउन सक्छन् कि सक्दैनन ? सैद्धान्तिक रूपमा माध्यमिक स्तरसम्म अहिले निःशुल्क छ । प्राथमिक तहको लागि किताब पनि किन्नु पर्दैन । तर, थुप्रै प्रकारका स्कूलहरू छन्, जब श्रीलंकामा निजी स्कूल नै छैनन् । नेपालमा प्राथमिक, माध्यमिक, उच्च माध्यमिक र विश्वविद्यालयहरू पनि नीजि, सामुदायिक र सरकारी छन् । कुनै स्कूलमा स्वीमिङ, हर्स राइडिङ, कम्प्युटर, प्लेग्राउन्ड, ब्याडमिन्टन कोर्ट छ भने कुनै स्कुलको छाना नै छैन । पाठ्यक्रम, शिक्षण विधि र स्कूलको वातावरण पनि यस्तो फरक फरक स्थितिमा निजी या सरकारी, कसको कस्तो खालको शिक्षण संस्थामा पहुँच छ भन्ने पनि सवाल उठ्छ । किताबमा विवाह–पञ्चमी, राम–नवमीको कुरा छ भने हिन्दू–संस्कृतिमा हुर्केका विद्यार्थीले त त्यसलाई राम्रोसँग बुझ्छन् । तर, गैर–हिन्दु संस्कृतिमा हुर्केका विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा त्यो कुरा बुझ्न सजिलो हुँदैन ।

मनोवैज्ञानिक पहुँचः
मनोवैज्ञानिक कुरा त झन् आधारभूत नै भयो । किताबमा विवाह–पञ्चमी, राम–नवमीको कुरा छ भने हिन्दू–संस्कृतिमा हुर्केका विद्यार्थीले त त्यसलाई राम्रोसँग बुझ्छन् । तर, गैर–हिन्दु संस्कृतिमा हुर्केका विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा त्यो कुरा बुझ्न सजिलो हुँदैन । कामी, दमाईं र सार्कीका छोराछोरीले कक्षा कोठाभन्दा बाहिर बसेर शिक्षकले पढाएको सुन्नुपर्ने, धारोमा सँगै पानी खान नपाउने, छोइयो भने पिटाइ खानुपर्ने हुन्छ । यो मनोवैज्ञानिक पहुँचको कुरा हो । मनोवैज्ञानिक पहुँच पनि हाम्रो शिक्षा प्रणालीमा एक समान छैन । नेपालमा सार्वजनिक स्कुलमा माध्यमिक तहसम्म तीनवटा भाषामा पढाइन्छ । कक्षा १ देखि नेपाली, अङ्ग्रेजी र निम्न–माध्यमिक तह (६, ७ र ८ कक्षा) मा ५० नम्बरको संस्कृत अनिवार्य विषयका रूपमा पढाइन्छ । २०४७ सालको राष्ट्रिय शिक्षा आयोगले ५० नम्बरको संस्कृतलाई निम्न–माध्यमिक तहमा अनिवार्य बनाइदियो । नेपाली र अङ्ग्रेजी अनिवार्य त्यसै छ । तर, नेपालकै अरू राष्ट्रिय भाषाहरू सबै ऐच्छिक समूह छन् । एसएलसीमा २२ वटा भाषामध्ये ’भाषा समूह’ मा परेका कुनै एक भाषा पढ्न पाउँछन् । तर, ती सबै भाषाहरूलाई ग्रीक, ल्याटिन, हिब्रु, अरबी, रसियन, चिनियाँ, जर्मन, फ्रेन्च, स्पेनिस, फारसीसँग मिसाइदिएको छ । सत्ताइस लाख नेपालीले बोल्ने मैथिली भाषालाई स्पेनिससँग मिसाइदिएको छ । चार हजार पाँचसय माध्यमिक स्कूलहरूमध्ये ६–७ वटा स्कूलमा मात्रै मैथिली भाषा पढाइन्छ । त्यस्तै नेपाल भाषा (नेवारी) ५–६ वटा स्कुलमा ऐच्छिक विषयका रूपमा पढाइन्छ । तर, नेपाली र अङ्ग्रेजी दुवै भाषा कक्षा १ देखि स्नातकसम्म १५ वर्ष अनिवार्य छ । ६ देखि ८ सेमेस्टरसम्म पढ्यो भने संसारका कुनैपनि भाषामा दक्ष बन्न सकिन्छ । लेख्न, पढ्न, बोल्न र बुझ्नका लागि आठ सेमेस्टरसम्ममा निपुर्ण बनाउन सकिन्छ । यसको ज्वलन्त प्रमाण भनेको भृकुटीमण्डपस्थित त्रिविविकै विश्वभाषा क्याम्पस छ । तर, नेपालमा १५ वर्षसम्मका लागि नेपाली र अङ्ग्रेजी भाषालाई अनिवार्य गरिएको छ । यसमा भएको आर्थिक लगानी र समयको लगानी कति उत्पादक भइरहेको छ, त्यसको कुनै लेखाजोखा छैन । भाषा पनि एउटा सीप नै हो । कुनैपनि सीप सिक्न धेरै वर्ष आवश्यक छैन । यदि उपयुक्त तरिकाले भाषा पढाउने हो भने २–३ वर्षमा बुझ्न, बोल्न, पढ्न, लेख्न जान्ने बनाउन सकिन्छ । ७ वर्षसम्म साइकल सिक्नु र ७ घण्टा सिक्नु बराबर नै हो । अनगिन्ती विद्यार्थी अङ्ग्रेजी र नेपालीमा फेल हुन्छन् । पास हुनेहरूको भाषा हेर्ने हो भने पनि एसएलसी पास गर्दासम्म उनीहरूको न नेपाली भाषामा दखल हुन्छ, न अङ्ग्रेजी भाषामा दक्षता हुन्छ । त्यसैले धेरै वर्ष भाषा पढाइयो भने धेरै सिकिन्छ भन्ने हाम्रो सोचाई अन्धविश्वास मात्र सावित भइरहेको छ । जति धेरै लामो पढ्यो, त्यति राम्ररी भाषा सिकिन्छ भन्ने धारणा अन्धविश्वास मात्र हो ।

भाषा एउटा सीप होः
भाषा पनि एउटा सीप नै हो । कुनैपनि सीप सिक्न धेरै वर्ष आवश्यक छैन । यदि उपयुक्त तरिकाले भाषा पढाउने हो भने २–३ वर्षमा बुझ्न, बोल्न, पढ्न, लेख्न जान्ने बनाउन सकिन्छ । ७ वर्षसम्म साइकल सिक्नु र ७ घण्टा सिक्नु बराबर नै हो । १५ वर्ष ड्राइभिङ सिक्नु र १५ घण्टा सही तरिकाले सिक्नु बराबर नै हो । जुन पाठहरू सिक्नुपर्ने हो एकपटक सिकेपछि पुग्छ र त्यसपछि प्रोत्साहन (रिइन्फोर्समेन्ट) र सुधार तथा शुद्धि (मेडिएसन) मात्र आवश्यक छ भन्ने कुरा विख्यात साइकोलिङ्गुइस्ट रोबर्ट एम गेनको निक्र्योल छ । त्यसपछि अभ्यास मात्र जरुरत हुन्छ । तर, भाषा सिकाउने हाम्रो पाठ्यक्रम र शिक्षण विधिमा त्यो सोचाइ छैन, चाहे त्यो नेपाली होस् वा अङ्ग्रेजी होस् । नेपालीलाई राष्ट्रभाषा भनेर १५ वर्षसम्म अनिवार्य गरिएको छ । अङ्ग्रेजीलाई अन्तर्राष्ट्रिय भाषा १५ वर्षसम्म अनिवार्य गरियो । यसरी हाम्रो राष्ट्रको ठूलो लगानी कता गइरहेछ, कसैलाई अत्तोपत्तो छैन ।

पाठ्यक्रम र पूर्वाग्रहः
पाठ्यक्रम भनेको पनि राज्यसत्ता र शक्ति संरचनासँग सम्बन्धित प्रश्न हो । राज्यले आफ्ना निर्णयहरू लाद्न खोज्छ । सत्ता–शक्तिमा रहेका सीमित व्यक्तिहरूले ‘पाठ्यक्रम’ बनाउने क्रममा विद्यार्थीलाई यही पढ्नुपर्छ, यसरी नै पढाउनुपर्छ, यही किताब पढ्नुपर्छ, यही भाषा पढ्नुपर्छ भन्ने अधिकार आफ्नो हातमा लिइराखेका हुन्छन् । त्यसकारण सत्ता–शक्तिमा रहेकाहरूले अरूमाथि प्रभाव, प्रभुत्व र आधिपत्य जमाइराखेका छन् । आफ्नो संस्कृति र आफ्नो ‘मूल्य–मान्यता’ वा ‘रुचि’ लाद्न खोजिरहेका हुन्छन् । नेपालीलाई राष्ट्रभाषा भनेर १५ वर्षसम्म अनिवार्य गरिएको छ । अङ्ग्रेजीलाई अन्तर्राष्ट्रिय भाषा १५ वर्षसम्म अनिवार्य गरियो । यसरी हाम्रो राष्ट्रको ठूलो लगानी कता गइरहेछ, कसैलाई अत्तोपत्तो छैन । विद्यार्थीलाई दिने कुरा भनेको सीपहरू हुन्, भाषिक सीपहरू हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?