ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु
लुम्बिनी वाणिज्य क्याम्पसमा प्रज्ञान्म ब्रह्म–४ को तयारी

अनुसन्धानको पाटोलाई सरकारले उपेक्षा गरेको आरोप

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

बुटवल, २७ कार्तिक । सरकारले अध्ययन र अनुसन्धानलाई उपेक्षा गरेको बेला रुपन्देहीको एक क्याम्पसले अनुसन्धानलाई जोड दिएर चौथो संस्करणको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । ब्यवस्थापन र सामाजिक विज्ञान विधामा विश्वब्यापिकरण रुपमा भैरहेको नवप्रर्तक, खोज र अनुसन्धानका गतिशीलताहरुको उजागर गर्दै प्राज्ञिक विमर्श गर्ने उदेश्य सहित लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले मंसिर १४ र १५ गते दुई दिने चौथो अन्तर्राष्ट्रिय सम्मेलन २०८१, प्रज्ञानम ब्रह्म– ४ गर्ने भएको हो ।

मंगलबार क्याम्पस परिसरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बताए । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, थाईलैण्ड, मलेसियाका विश्वविद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता तथा सरकारी, गैरसरकारी अभ्यासकर्ता गरि १ सय २० जना बढिले आआफ्नो अनुसन्धानको निष्कर्षहरु प्रस्तुत गर्ने उनले बताए । सन २०१८ देखि प्रत्येक वर्ष अन्तरास्ट्रिय सम्मेलन गर्दै आएको भन्दै उनले यो चौथो संस्करण प्रज्ञानम ब्रह्म गर्न लागेको बताए । नेपालमा सरकारबाट धेरै न्यून लगानी अनुसन्धानमा खर्चिदै आएको उनले दुखेसो गरे । ‘कुल ग्राहस्थ उत्पादनको ०.०००५ प्रतिशतमात्र विश्वविद्यालयलाई अनुसन्धानको लागि छुट्याउने गरेको छ ।’– उनले भने । जुन ज्यादै न्युन भएको उनले दुखेसो गरे । दक्ष जनशक्ति उत्पादन गर्न अनुसन्धानको महत्व रहने भएपनि यसमा सरकारको ध्यान जान नसेकेको उनले बताए । यसैगरि क्याम्पसलाई विश्वविद्यालय अनुसन्धान ग्रान्टबाट २ लाख रुपैया छुट्याईएको भएपनि पाउन धेरै मेहनत गर्नुपर्ने उनले बताए । विश्वमा विकासित देशहरुले अनुसन्धानमा कम्तिमा २ प्रतिशत लगानी गर्ने गरेको छ । सरकारलाई यो बुझाउन नसकिएको उनले दुखेसो गरे । स्थानिय सरकारमा नपर्ने र प्रदेशमा बजेट नहुने गरेको उनले बताए । सम्मेलनमा एक जना विज्ञले सात मिनेटको प्रस्तुती राख्ने र त्यसमा भएको टिप्पणीबाट कमीकमजोरी हटाई राम्रो प्रस्तुतिलाई सेमिनार प्रोसिट गरि जर्नलमा छाप्ने उनले बताए । दुई दिने कार्यक्रममा ४५ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ । अहिलेसम्म २५ लाख संकलन भएको भन्दै थप संकलनको प्रक्रियामा रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख प्राज्ञ वक्ताहरु प्राडा डिल्लिराम शर्मा, डीन, ब्यवस्थापन संकाय त्रिभुवन विश्वविद्यालय नेपाल, प्राडा एम मथिराजन, चिफ रिसर्च साईन्टिष्ट, ईन्डियन ईन्ष्टिच्युट अफ साईन्स भारत, प्राडा मुहम्मद सहवाज, उर्जा तथा वातावरण अर्थशास्त्री, बेईजिङ ईन्ष्टिच्युट अफ टेक्नोलोजी चीन, प्रा वयङ मार्क लिम, डीन, सनवय बिजनेश स्कुल, सनवय विश्वविद्यालय मलेसिया, सहप्राडा पेनसिरी अकाजित, एशोसियट डीन फर रिसर्च एण्ड ग्रेजुएट स्टडिज, प्रिन्स अफ सन्कला विश्वविद्यालय थाईलैण्ड रहेका छन ।

यसैगरि प्राविधिक सत्रहरुमा प्राडा महानन्द चालिसे,त्रिभुवन विश्वविद्यालय नेपाल, प्राडा डिडि चर्तुवेदी, युनिभर्सिटी अफ दिल्ली भारत, प्राडा विद्यानाथ कोईराला, पुर्व प्राध्यापक त्रिभुवन विश्वविद्यालय नेपाल, प्राडा राधेश्याम प्रधान पुर्व प्राध्यापक त्रिभुवन विश्वविद्यालय नेपाल अध्यक्षता रहने छन ।

कार्यक्रममा क्याम्पसका अनुसन्धान विभागका प्रमुख पिताम्बर सापकोटा, सहायक क्याम्पस प्रमुख महेश प्रसाद चौधरी, सचिव आयोजक कमिटिका सचिव रोम नाथ शर्माले बिस २०७६ सालमा लुम्बिनी प्रदेशमा पहिलो पटक गर्दा समुदायबाट सहयोगमा दोस्रो पटक समेत संघसंस्थाहरु र तेस्रो पटक समेत सहयोग भएको बताए ।

कार्यक्रममा प्रचारप्रसार संयोजक गोपाल पाण्डेले विभिन्न २२ उपसमिति गठन गरेर कार्यक्रमलाई भब्य र सब्य बनाउने गरि अघि बढाईएको बताए । स्वायत्त कार्यक्रमहरुको पाठ्यक्रम निर्माण, पाठ्यक्रम परिमार्जन, परीक्षा संचालन, परिक्षण, समपरिक्षण र परिक्षाफल प्रकाशन सबै कार्य त्रिभुवन विश्वविद्यालयको स्वयत्तता सम्बन्धि नियम २०६२ अनुरुप भईरहेको छ । जहाँ ४६ जना प्राध्यापक र २५ जना कर्मचारीहरुबाट क्याम्पसमा ४३०० विद्यार्थीहरु अध्ययरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?