ट्रेंडिंग:

>> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता >> ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन >> कमैया मुक्ति घोषणाको २५ वर्ष: पुनर्स्थापनाको काम अझै अधुरो >> त्रिकोणात्मक टी–२० शृङ्खला : जिम्बाब्वे र न्युजिल्यान्ड आज आमनेसामने

पर्यटकहरूमाथि हुने सास्ती रोकियोस्

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

यो बर्षको पर्यटक आगमनको सिजन सुरु भएको छ । नेपालका पर्यटकीय स्थलहरूमा केही सातायता पर्यटकको चाप बढ्न थालेको छ । विदेशबाट आउने पर्यटकका कारण नेपालको पर्यटकीय स्थलमा चहलपहलमात्रै होइन, त्यसले आर्थिक अवस्था सुधारमा पनि मद्दत पु¥याउँछ । विभिन्न मुलुकका पर्यटकहरू नेपाल घुम्न आउने क्रम शुरु भएपछि पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने निश्चित छ । बैदेशिक पर्यटक आगमनले नेपालको कूल ग्राहस्थ्य उत्पादनमा करिब १५ प्रतिशतको योगदान दिने गरेको बिर्सन सकिदैन् । विदेशी पर्यटकहरू नेपाल घुम्न आउँदा नेपालको वैदेशिक मुद्रा सञ्चितिमा सुधार देखिने गरेको छ । नेपालको अर्थतन्त्रका लागि यो खुसीको कुरा पनि हो । नेपालको महँगी, उद्योग बन्द हुने अवस्था, बढ्दो ब्यापार घाटा लगायतका कारण आर्थिक गतिविधि सुस्त बनिरहेको बेला पर्यटक आगमनमा भएको बढोत्तरीले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ । तर, नेपालको अर्थतन्त्रमै टेवा पु¥याउन योगदान दिने पर्यटकहरूलाई भने ठगी गर्नेक्रम रोकिएको छैन, बरु झनै बढ्दो छ । यो चिन्ताजनक कुरा हो । नेपाल घुम्न आउने विदेशी पर्यटक ठगिएका छन् । यो बिषयमा नेपाल सरकार मौन हुनु दुःखद कुरा हो । बिमानस्थलमा ओर्लने बित्तिकै विदेशी पर्यटकलाई हेर्ने र गर्ने व्यवहार चिन्ताजनक छ । उनीहरू बस्ने होटलदेखि यातायात, सामान खरिदारीमा समेत गोरो छाला भएकै आधारमा फरक व्यवहार गर्ने प्रवृत्ति छ । विभेदको यो अवस्थाले नेपालको पर्यटन क्षेत्र उभो लाग्दैन । पर्यटकहरूले आफू ठगिएको कुरा आफ्ना स्वदेश फर्किएर मुलुकवासीलाई पनि सुनाउँछन् । जसको कारण नेपालप्रति विदेशमा नकारात्मक धारणा उत्पन्न हुन सक्दछ । यसबाट घाटा त नेपाललाई नै हुन्छ । ‘अतिथि देवो भव’ को नाममा विदेशी भन्ने वित्तिकै शोषण गर्ने काम अव बन्द गर्नैैपर्दछ । अर्कोतर्फ विदेशी पर्यटकहरूको सुरक्षाको चुनौति पनि गंभीर छ ।

पर्यटकहरू ठगिने, लुटिनेक्रम बढिरहेको छ । विदेशीलाई यसरी नै ठग्ने हो भने यसको प्रतिफल व्यापारी आफैँले भोग्नुपर्छ । उता टुर एन्ड ट्राभल्स कम्पनीको नाममा पनि पर्यटकमाथि दोहन बढिरहेको छ । पाहुनालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा नेपालीलाई अझै तालिम नै दिनुपर्ने अवस्था छ । मौका पायो भन्दैमा ढाडै सेक्नेगरी च्याप्ने काम बन्द गरिएन भने अन्ततः त्यो नेपालकै लागि हानीकारक हुने निश्चित छ । पर्यटक भनेपछि स्वदेशी विदेशी सवैलाई समान व्यवहार गर्नुपर्दछ । विदेशी पर्यटक नआउँदाको असर सवै क्षेत्रमा पर्ने गरेको छ । होटल व्यवसायीले विदेशी नआउँदा घाटा भयो भनेर पटक–पटक सरकारलाई दबाब दिन्छन् । तर, आएको विदेशीलाई राम्रो व्यवहार गर्दैनन, बरु यही मौका हो भनेर चर्को ठगी गर्छन । यही अवस्थाकै कारण एकपटक नेपाल आइसकेका पर्यटक दोस्रोपटक नेपाल घुम्न आउन नै चाहँदैनन् । किनकि सबै व्यवसायीबाट उनीहरू आजित भइरहेका हुन्छन् । होटल व्यवसायीहरूबाटै सवैभन्दा बढी पर्यटक मारमा परेका छन् । राम्रो सेवा–सुविधा नदिने तर मूल्य भने चर्को लिनेगर्दा पर्यटकहरूमा नेपालप्रतिको मोहभंग भैरहेको छ । कतिसम्म भने पाँचतारेदेखि लिएर एउटा खाजाघरले समेत विदेशी पर्यटकलाई बढि मूल्य लिएर शोषण गर्दै आएका छन । सरकारको भूमिका समेत यो बिषयमा कमजोर देखिएको छ । सरकारले विदेशी पर्यटक आगमन हुने स्थानमा कहिल्यै अनुगमन गर्दैन । उनीहरूलाई कस्तो व्यवहार गरिएको छ भन्ने समेत सरकारले जान्ने चाहना राख्दैन् । पछिल्लोसमय नेपालका धेरै पर्यटकीय क्षेत्रमा विदेशी मात्र होइनन्, स्वदेशी पर्यटकको पनि आकर्षण बढ्दो छ । तर, नेपालकै आन्तरिक पर्यटकलाई समेत ठगी गर्ने गरिएको छ । यसको क्षति सबैले बेहोर्नुपर्नेछ । अव समय हुँदै सचेत हुनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?