ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

कृषि यन्त्रको प्रयोगले खेतीपाती सहज

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

दाङ ।

दाङको घोराही उपमहानगरपालिका –७ का विकास चौधरीले २० कठ्ठा जमिनमा धान खेती गरेका थिए । रोपाइ गर्दा खेताला पाउन मुस्किल परेपछि धान काट्न मेसिनको सहायता लिनुपरेको छ  । उनले धान काट्ने मेसिनको सहयोगमा धान काट्े र थ्रेसरको सहयताले दाइ लगाए । उनले भने, ‘खेताला पाउन मुस्किल भएको समयमा कृषि यन्त्रको सहायताले खेती स्याहार्दा सजिलो भयो ।’ १० कठ्ठा खेतको धान काट्न एक घण्टा लाग्दो रहेछ मेरो २० कठ्ठा खेतमा धान थियो दुइ घण्टामा सकियो । पछिल्लो समय खेतबारीमा काम गर्नलाई खेताला पाउन मुस्किल हुने गरेको उनले बताए ।  रोपाइँ गर्दा पनि पावरटेलरको सहायताले खेती गरेको सजिलो भयो । गोरुले जोतेर खेती गर्दा समय लाग्ने गरेको थियो । तर अहिले पावर टे«लरले जोतेर खेती गर्दा सजिलो भएको छ । करिब एक महिनासम्म लाग्ने गरेको खेती सात दिनमै सकिन्छ । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका– ६का किसान निमा डाँगीले १० कठ्ठा जमिनमा धान खेती गरेकी थिइन् । उनले कृषि यन्त्र प्रयोग गरेर खेती गर्ने र स्याहार्ने गर्दै आएकी छन् । खेती गर्नलाई जनशक्ति छैन,खेती स्याहार्न धेरै समय लाग्ने भएकाले कृषि यन्त्रको सहयोग लिने गरेको उनले बताइन् । समयको वचत र छिटो हुने भएकाले कृषि यन्त्रको प्रयोग गरेको बताइन् । गोरु र राँगाको सहयताले दाई लगाउदा महिना दिन लाग्ने गर्दथ्यो अहिले एक,दुई दिनमा सकिन्छ ।  दाङका किसान खेती गर्नका लागि गोरु तथा राँगाको ठाउँमा पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनीट्रेलर प्रयोग गर्ने गरेका छन् ।

घोराही उपमहानगरपालिका –६ क्वाडिका रमेश चौधरीले धान काट्ने मेसिन खरिद गरेका छन् । विगत दुइ वर्ष देखि उनले आफ्नो धान काटिसकेपछि अरु धान काटेर पैसा कमाउने गरेको बताए । एक घण्टा धान काटेको दुइ हजार रुपैया आम्दानी हुन्छ,अरुको काट्दा राम्रो कमाइ हुने गरेको उनले बताए ।  कृषि यन्त्रको खोजी गर्ने भएकाले दैनिक आठ,दश घण्टा काम गर्दा २० हजार जती आम्दानी हुने गरेको उनले बताए । कृषिमा आधुनिक प्रविधिका औजारहरू भित्रिएसँगै धेरै किसानहरूले कृषि यन्त्रको  प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्बीराज लामिछाने परम्परागत शैलीमा खेतीपाती गर्ने किसानहरू पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको बताए । उनी भन्छन् ‘जिल्लामा पछिल्लो समय खेतीका लागि कृषि यन्त्रको प्रयोग बढेको छ । धेरै जसो किसानहरूले गोरु–राँगा पाल्न छोडेर खेतीका लागि यन्त्रको प्रयोग गर्दै आएका छन् ।’ जिल्लाका अधिकांश ठाउँमा खेत जोत्न र दाइ लगाउन प्रविधिको प्रयोग बढेको उनले बताए । गोरु र राँगाको भरमा खेती गर्दै आएका किसान प्रविधिमा जोडएसँगै थोरै किसानले धेरै खेती गर्न सक्ने भएको उनको भनाइ छ ।

स्थानीय सरकारले पनि कृषिलाई व्यवस्थित गराउने योजना अघि सार्दै कृषकलाई विभिन्न खाले अनुदान दिँदै आएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । परम्परागत रूपमा खेती गर्दै आएका किसानहरूलाई  प्रविधिमैत्री बनाउनका लागि ५० प्रतिशत अनुदानमा कृषि यन्त्र बितरण गर्ने गरेको उनले बताए । कृषि यन्त्रको प्रयोगले किसानको लागत सहभागिता घट्नुका साथै आम्दानीमा बृद्धि भएको छ । परम्परागत खेती प्रणालीमा सुधार ल्याउदै व्यावसायीक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि यन्त्र बितरणलाई जोड दिएको मेयर चौधरी जानकारी दिए ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?