ट्रेंडिंग:

>> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे

कता गैरहेको छ, शिक्षामा भएको लगानी ?

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

हो, पहुँचलाई धेरै किसिमले हेर्न सकिन्छ । एउटा हो– शारीरिक पहुँच । स्कूल÷क्याम्पस कति टाढा छ, केटाकेटीले कति हिंड्नुपर्छ भन्ने हुन्छ । अहिले आएर नेपालमा कुनैपनि प्राथमिक स्कुल आफ्नो घरदैलोबाट आधा घण्टाभन्दा टाढा छैन । अर्को आर्थिक पहुँचको कुरा छ । अभिभावकले आफ्ना केटाकेटीलाई गतिलो स्कूलमा पढाउन सक्छन् कि सक्दैनन ? सैद्धान्तिक रूपमा माध्यमिक स्तरसम्म अहिले निःशुल्क छ । प्राथमिक तहको लागि किताब पनि किन्नु पर्दैन । तर, थुप्रै प्रकारका स्कूलहरू छन्, जब श्रीलंकामा निजी स्कूल नै छैनन् । नेपालमा प्राथमिक, माध्यमिक, उच्च माध्यमिक र विश्वविद्यालयहरू पनि नीजि, सामुदायिक र सरकारी छन् । कुनै स्कूलमा स्वीमिङ, हर्स राइडिङ, कम्प्युटर, प्लेग्राउन्ड, ब्याडमिन्टन कोर्ट छ भने कुनै स्कुलको छाना नै छैन । पाठ्यक्रम, शिक्षण विधि र स्कूलको वातावरण पनि यस्तो फरक फरक स्थितिमा निजी या सरकारी, कसको कस्तो खालको शिक्षण संस्थामा पहुँच छ भन्ने पनि सवाल उठ्छ । किताबमा विवाह–पञ्चमी, राम–नवमीको कुरा छ भने हिन्दू–संस्कृतिमा हुर्केका विद्यार्थीले त त्यसलाई राम्रोसँग बुझ्छन् । तर, गैर–हिन्दु संस्कृतिमा हुर्केका विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा त्यो कुरा बुझ्न सजिलो हुँदैन ।

मनोवैज्ञानिक पहुँचः
मनोवैज्ञानिक कुरा त झन् आधारभूत नै भयो । किताबमा विवाह–पञ्चमी, राम–नवमीको कुरा छ भने हिन्दू–संस्कृतिमा हुर्केका विद्यार्थीले त त्यसलाई राम्रोसँग बुझ्छन् । तर, गैर–हिन्दु संस्कृतिमा हुर्केका विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा त्यो कुरा बुझ्न सजिलो हुँदैन । कामी, दमाईं र सार्कीका छोराछोरीले कक्षा कोठाभन्दा बाहिर बसेर शिक्षकले पढाएको सुन्नुपर्ने, धारोमा सँगै पानी खान नपाउने, छोइयो भने पिटाइ खानुपर्ने हुन्छ । यो मनोवैज्ञानिक पहुँचको कुरा हो । मनोवैज्ञानिक पहुँच पनि हाम्रो शिक्षा प्रणालीमा एक समान छैन । नेपालमा सार्वजनिक स्कुलमा माध्यमिक तहसम्म तीनवटा भाषामा पढाइन्छ । कक्षा १ देखि नेपाली, अङ्ग्रेजी र निम्न–माध्यमिक तह (६, ७ र ८ कक्षा) मा ५० नम्बरको संस्कृत अनिवार्य विषयका रूपमा पढाइन्छ । २०४७ सालको राष्ट्रिय शिक्षा आयोगले ५० नम्बरको संस्कृतलाई निम्न–माध्यमिक तहमा अनिवार्य बनाइदियो । नेपाली र अङ्ग्रेजी अनिवार्य त्यसै छ । तर, नेपालकै अरू राष्ट्रिय भाषाहरू सबै ऐच्छिक समूह छन् । एसएलसीमा २२ वटा भाषामध्ये ’भाषा समूह’ मा परेका कुनै एक भाषा पढ्न पाउँछन् । तर, ती सबै भाषाहरूलाई ग्रीक, ल्याटिन, हिब्रु, अरबी, रसियन, चिनियाँ, जर्मन, फ्रेन्च, स्पेनिस, फारसीसँग मिसाइदिएको छ । सत्ताइस लाख नेपालीले बोल्ने मैथिली भाषालाई स्पेनिससँग मिसाइदिएको छ । चार हजार पाँचसय माध्यमिक स्कूलहरूमध्ये ६–७ वटा स्कूलमा मात्रै मैथिली भाषा पढाइन्छ । त्यस्तै नेपाल भाषा (नेवारी) ५–६ वटा स्कुलमा ऐच्छिक विषयका रूपमा पढाइन्छ । तर, नेपाली र अङ्ग्रेजी दुवै भाषा कक्षा १ देखि स्नातकसम्म १५ वर्ष अनिवार्य छ । ६ देखि ८ सेमेस्टरसम्म पढ्यो भने संसारका कुनैपनि भाषामा दक्ष बन्न सकिन्छ । लेख्न, पढ्न, बोल्न र बुझ्नका लागि आठ सेमेस्टरसम्ममा निपुर्ण बनाउन सकिन्छ । यसको ज्वलन्त प्रमाण भनेको भृकुटीमण्डपस्थित त्रिविविकै विश्वभाषा क्याम्पस छ । तर, नेपालमा १५ वर्षसम्मका लागि नेपाली र अङ्ग्रेजी भाषालाई अनिवार्य गरिएको छ । यसमा भएको आर्थिक लगानी र समयको लगानी कति उत्पादक भइरहेको छ, त्यसको कुनै लेखाजोखा छैन । भाषा पनि एउटा सीप नै हो । कुनैपनि सीप सिक्न धेरै वर्ष आवश्यक छैन । यदि उपयुक्त तरिकाले भाषा पढाउने हो भने २–३ वर्षमा बुझ्न, बोल्न, पढ्न, लेख्न जान्ने बनाउन सकिन्छ । ७ वर्षसम्म साइकल सिक्नु र ७ घण्टा सिक्नु बराबर नै हो । अनगिन्ती विद्यार्थी अङ्ग्रेजी र नेपालीमा फेल हुन्छन् । पास हुनेहरूको भाषा हेर्ने हो भने पनि एसएलसी पास गर्दासम्म उनीहरूको न नेपाली भाषामा दखल हुन्छ, न अङ्ग्रेजी भाषामा दक्षता हुन्छ । त्यसैले धेरै वर्ष भाषा पढाइयो भने धेरै सिकिन्छ भन्ने हाम्रो सोचाई अन्धविश्वास मात्र सावित भइरहेको छ । जति धेरै लामो पढ्यो, त्यति राम्ररी भाषा सिकिन्छ भन्ने धारणा अन्धविश्वास मात्र हो ।

भाषा एउटा सीप होः
भाषा पनि एउटा सीप नै हो । कुनैपनि सीप सिक्न धेरै वर्ष आवश्यक छैन । यदि उपयुक्त तरिकाले भाषा पढाउने हो भने २–३ वर्षमा बुझ्न, बोल्न, पढ्न, लेख्न जान्ने बनाउन सकिन्छ । ७ वर्षसम्म साइकल सिक्नु र ७ घण्टा सिक्नु बराबर नै हो । १५ वर्ष ड्राइभिङ सिक्नु र १५ घण्टा सही तरिकाले सिक्नु बराबर नै हो । जुन पाठहरू सिक्नुपर्ने हो एकपटक सिकेपछि पुग्छ र त्यसपछि प्रोत्साहन (रिइन्फोर्समेन्ट) र सुधार तथा शुद्धि (मेडिएसन) मात्र आवश्यक छ भन्ने कुरा विख्यात साइकोलिङ्गुइस्ट रोबर्ट एम गेनको निक्र्योल छ । त्यसपछि अभ्यास मात्र जरुरत हुन्छ । तर, भाषा सिकाउने हाम्रो पाठ्यक्रम र शिक्षण विधिमा त्यो सोचाइ छैन, चाहे त्यो नेपाली होस् वा अङ्ग्रेजी होस् । नेपालीलाई राष्ट्रभाषा भनेर १५ वर्षसम्म अनिवार्य गरिएको छ । अङ्ग्रेजीलाई अन्तर्राष्ट्रिय भाषा १५ वर्षसम्म अनिवार्य गरियो । यसरी हाम्रो राष्ट्रको ठूलो लगानी कता गइरहेछ, कसैलाई अत्तोपत्तो छैन ।

पाठ्यक्रम र पूर्वाग्रहः
पाठ्यक्रम भनेको पनि राज्यसत्ता र शक्ति संरचनासँग सम्बन्धित प्रश्न हो । राज्यले आफ्ना निर्णयहरू लाद्न खोज्छ । सत्ता–शक्तिमा रहेका सीमित व्यक्तिहरूले ‘पाठ्यक्रम’ बनाउने क्रममा विद्यार्थीलाई यही पढ्नुपर्छ, यसरी नै पढाउनुपर्छ, यही किताब पढ्नुपर्छ, यही भाषा पढ्नुपर्छ भन्ने अधिकार आफ्नो हातमा लिइराखेका हुन्छन् । त्यसकारण सत्ता–शक्तिमा रहेकाहरूले अरूमाथि प्रभाव, प्रभुत्व र आधिपत्य जमाइराखेका छन् । आफ्नो संस्कृति र आफ्नो ‘मूल्य–मान्यता’ वा ‘रुचि’ लाद्न खोजिरहेका हुन्छन् । नेपालीलाई राष्ट्रभाषा भनेर १५ वर्षसम्म अनिवार्य गरिएको छ । अङ्ग्रेजीलाई अन्तर्राष्ट्रिय भाषा १५ वर्षसम्म अनिवार्य गरियो । यसरी हाम्रो राष्ट्रको ठूलो लगानी कता गइरहेछ, कसैलाई अत्तोपत्तो छैन । विद्यार्थीलाई दिने कुरा भनेको सीपहरू हुन्, भाषिक सीपहरू हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?