Butwal Today

अदालतका दुई कर्मचारी घुससहित पक्राउ

२७ कार्तिक २०८१, मंगलवार
अ+
अ-

कपिलवस्तु।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धि कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई घुससहित कपिलवस्तुको गौढी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग आयोग बुटवलले जनाएको छ ।

घुस रकम अपरेटर पाण्डेयको साथबाट बरामद भएको थियो ।