ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

गौतमबुद्ध विमानस्थलको खुसी

२६ कार्तिक २०८१, सोमबार
२६ कार्तिक २०८१, सोमबार

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिवार एकै दिन तिन बायुसेवाले अन्तर्राष्ट्रिय उडान गरेपछि यस क्षेत्रमा आशाको सञ्चार भएको छ । जजिरा एयरलाइन्स, फ्लाई दुबई र नेपाल एयरलाइन्सले एकसाथ तीन अन्तर्राष्ट्रिय उडान गर्दा अव गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्ने आशा पलाएको छ । अर्बौं लगानीमा निर्माण भएको यो बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रका पर्यटन व्यवसायी निरासमात्रै थिएनन, लुम्बिनी प्रदेशमै त्यसको असर पुग्ने चिन्ता थियो । जेहोस ढिलै भएपनि अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रमा आशाको ज्योति बलेको छ, त्यो निभ्न दिनु हुँदैन । त्यसका लागि सरकार, पर्यटन व्यवसायी लगायत स्थानीय लुम्बिनी प्रदेशका जनताको खबरदारी आवश्यक छ । दुई वर्षअघि यो विमानस्थल उदघाटनसँगैं जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगित गरेको थियो । जजिराले अव फेरी पनि उडान स्थगन गरेको समाचार सुन्नु नपरोस् । जजिरालाई अन्तर्राष्ट्रिय उडानको वातावरण बनाईदिनु आवश्यक छ । दुई वर्षपछि जजिराले पुनः उडान सुरु गरेपछि विमानस्थलमा उत्सवको माहौल बनेको छ । गौतमबुद्ध विमानस्थल व्यवस्थापनले समेत शनिबारको दिन एकैपटक तिन अन्तर्राष्ट्रिय उडान हुनुलाई विशेष दिनका रूपमा लिएको छ । एकै दिन धेरै विमान कम्पनीले उडान थाल्ने भएपछि यहाँ अवतरण गर्ने जहाजलाई पानीका फोहोराले स्वागत गरिएको थियो । अव पानीको फोहोराले स्वागत गरेको दिन एकादेशको कथा नबनोस् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित होस् । जजिराले सातामा तीन दिन मङ्गलवार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछ । त्यसैगरी फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्नेछ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ । त्यसैगरी नेपाल एयरलाइन्सले शनिबार साँझबाट काठमाडौँ–भैरहवा–दुबई उडान सुरु गरेको छ । नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रबार उडान गर्ने तय भएको छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन थालेपछि अव यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । गौतमबुद्ध विमानस्थल उदघाटन भएको दुई बर्षपछि पहिलोपटक यति धेरै संख्यामा अन्तर्राष्ट्रिय उडान हुनु सवैका लागि गौरवको बिषय हो । यो विमानस्थल चल्दैन कि भन्ने चिन्तामाझ यसले खुसी लिएर आएको छ । अव यसलाई नियमित चलाउने र यो भन्दा अझ धेरै अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने छ । यो विमानस्थलबाट आगामी दिनमा व्यावसायिक उडानहरू बढ्ने र यात्रुहरूको आकर्षण पनि बढ्ने अपेक्षा गरिएको छ ।

गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ । यो पनि अति खुसीको कुरा हो । नेपालका युवाहरूका लागि कतार प्रमुख श्रम गन्तब्य मुलुक हो । कतारबाट सिधै भैरहवा अवतरण गर्न पाउनु यस क्षेत्रबाट बैदेशिक यात्रामा जानेहरूका लागि सुविधा पुग्ने कुरामा दुईमत छैन । जेहोस भैरहवास्थित गौतमबुद्ध विमानस्थलले पश्चिम नेपाललाई अन्तर्राष्ट्रिय बजारसंग जोड्न महत्वपूर्ण सहयोग पु¥याएको छ । गौतमबुद्ध विमानस्थलले दिएको खुसी खोस्ने काम अवको दिनमा नहोस् । त्यसका लागि भोलिका दिनमा आवश्यक पर्ने सवै प्राविधिक र पूर्वाधारका काम सम्पन्न गर्ने कुरामा ढिलाई नहोस् । बैदेशिक रोजगारीमा जाने श्रमिक मजदुरका लागि श्रमको व्यवस्था, अध्यागमन कार्यालय लगायत प्राविधिक जनशक्ति व्यवस्थापनमा कतै कमजोरी नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?