ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सरकारः उपनिर्वाचन भयरहित बनाऊ

२५ कार्तिक २०८१, आइतबार
२५ कार्तिक २०८१, आइतबार

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरूले दौडधुप सुरु गरेका छन् । अहिले दलहरू उम्मेदवार चयनमा व्यस्त भैरहँदा निर्वाचन आयोगले समेत चुनावी प्रकृया अघि बढाएको छ । निर्वाचन आयोगले मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेपछि चुनावी माहौल बढ्दै गएको छ । मङ्सिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । यता लुम्बिनी प्रदेशमा समेत रिक्त रहेका ६ पदमा तीन ठूला दलबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिका साथ दलहरू मैदानमा उत्रिने तयारी गरिरहँदा यो निर्वाचन परिणामले दलहरूप्रति मतदाताको पछिल्लो दृष्टिकोण वा रुझान समेत स्पष्ट हुने भएकोले यो उपनिर्वाचनलाई महत्वका साथ हेरिएको छ । सोही कारण ठूला दलहरू आफ्नो विरासत जोगाउने ध्यानमा लागेका छन । ठूला दलहरूका लागि यो उपनिर्वाचन आफ्नो बर्चस्व देखाउने प्लेटफर्म बन्ने छ भने नयाँ दलहरूका लागि आफ्नो प्रभाव बढाउने आधार हुनेछ । त्यसकारण पनि मङ्सिर १६ को उपनिर्वाचन धेरै महत्वपूर्ण रहेको छ । उपनिर्वाचन नजिक आईरहेको बेला देशका विभिन्न स्थानमा निर्वाचनलाई असहयोग पु¥याउने तथा मतदातालाई भयभित वनाउने प्रयास हुन सक्छ । तसर्थ दलहरू चनाखो बन्नुपर्ने देखिएको छ । सरकारले समेत उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थामा कुनै कञ्जुस्याई नगरोस् । विगतमा पनि मतदातालाई मतदानबाट बञ्चित वनाउन सकिन्छ कि भन्ने अनेक कुत्सित प्रयास भएका थिए । यद्यपि सरकारले चाहेमा यो उपनिर्वाचन शान्तिपूर्ण हुनेमा कुनै शंका छैन । शान्तिपूर्णमात्रै भएर पुग्दैन, उपनिर्वाचन निष्पक्ष र भयरहित हुनुपर्दछ । मतदाताले मतदान केन्द्रसम्म मतदान गर्न जाने बाताबरण तयार गर्नु सरकारको जिम्मेवारी हो । निश्चितरूपमा विगतको निर्वाचन पनि एकैपटकमा भएकै हो र अहिलेपनि यो उपनिर्वाचन शान्तिपूर्ण रूपमा हुने कुरामा कुनै सन्देश छैन् । अर्कोतर्फ उपनिर्वाचनको सन्दर्भमा सुरक्षाको प्रश्न ज्वलन्त भएर आएको त छ । पछिल्लोसमय देशका विभिन्न स्थानमा चोरी, डकैती र लूटपाटका घटना समेत बढेका छन् । जसका कारण शान्ति सुरक्षाको प्रश्नमा सरकार चनाखो बन्नैपर्दछ । यद्यपि प्रहरी प्रशासनले सुरक्षाको व्यवस्था प्रभावकारी वनाउने कुरामा आशंका गरिरहनु पर्दैन् । फेरिपनि सरकार बलियो छ र दण्डहीनताको अन्त्य सरकारको पहिलो प्राथमिकता भएकोले देशको शान्ति सुरक्षामा कुनै व्यवधान सजिलो विषय होइन भन्ने ठान्नु आवश्यक छ । अहिले शान्ति सुरक्षाको अवस्था राम्रो छ तर पनि सवाल उपनिर्वाचनको भएकोले यसलाई कम आँक्न भने मिल्दैन ।

उपनिर्वाचनलाई लक्षित गरेर देशका विभिन्न स्थानमा अपराधजन्य घटना हुन सक्छन् । त्यसका लागि फेरिपनि सरकार चनाखो हुनु जरुरी छ । अहिले देशका एकाध स्थानमा भएका घटनालाई आधार मानेर देशकै सुरक्षा कमजोर भन्न मिल्दैन् । सरकार शान्ति सुरक्षा प्रभावकारी वनाउन कृयाशील छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दण्डहीनताको अन्त्य गरेर छाड्ने उदघोष गर्नुभएको छ । तरपनि सरकार राजधानी लगायत देशका विभिन्न स्थानमा भैरहेका अपराधजन्य कृयाकलाप नियन्त्रणमा खरो सावित हुनैपर्दछ । त्यसमा प्रहरी प्रशासनको ध्यान पुग्नु जरुरी छ । नेपालको शान्ति सुरक्षाको अवस्था सुदृढ छ भन्ने सन्देश जानुपनि आवश्यक छ । उपनिर्वाचनबाटै रिक्त स्थानका जनताले जनप्रतिनिधि पाउने हुँदा यो सवाल नेपाली नागरिकको अधिकारसंग जोडिएको छ । फेरिपनि पछिल्लो समय देश उपनिर्वाचनको बाताबरणमा रहँदा हुनेसक्ने संक्रमणकालीन घटनातर्फ सरकारको ध्यान जानैपर्दछ । सरकारको पहिलो दायित्व निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष गराउने भएकोले यस विषयमा सरकारको गंभीर ध्यानाकर्षण हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?