ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

शैक्षिक प्रणालीमा परिवर्तन भएन: मन्त्री तिमिल्सिना

२५ कार्तिक २०८१, आइतबार
२५ कार्तिक २०८१, आइतबार

नवलपरासी, २५ कार्तिक ।
नेपालमा राजनीतिक ब्यवस्था परिवर्तन पटक–पटक भए पनि शैक्षिक अवस्था परिवर्तन हुन नसकेको लुम्बिनी प्रदेश सरकारका समाजिक विकास मन्त्री जनमेजय तिमिसिल्नाले बताएका छन् । नवलपरासीको परासी स्थित पाल्ही बहुमुखी क्याम्पसको पाँचौ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेपालमा राजनीतिक परिवर्तन भए पनि शिक्षा क्षेत्रमा परिवर्तन नहुँदा विश्व प्रतिस्पर्धात्मक र उत्पादनमुखी शिक्षा नभएकोले नेपाल अहिले आयात प्रधान मुलुक बनेको उनले बताए । चालिस बर्ष पहिला नेपालबाट थुप्रै समान उत्पादन भई निर्यात भई रहेको थियो, तर अहिले निर्यात बन्द हुँदै मालबस्तुको आयात बढेको छ, उनले भने, यहाँका शिक्षा प्रणाली परिवर्तन नहुँदा यहाँका युवा विदेश खाडीमा काम गर्न जाने र अहिले अध्ययनकै नाममा थुप्रै युवा विदेशिने अवस्था रहेको छ । निरकुँश राणाशासन, पञ्चायती ब्यवस्था फालिँदै मुलुकमा प्रजातन्त्र, लोकतन्त्र हँुदै अहिले गणतन्त्रात्मक ब्यवस्था ल्याइएको छ । तर यसका लागि निरन्तर लड्ने नागरिकका सन्तती शिक्षा र रोजगारीका लागि विदेशिनु पर्ने अवस्था दुःखद भएको र यसप्रति पनि समीक्षा आवश्यक रहेको उनले औंल्याएका थिए ।

नेतृत्व पंक्तिले काम नगरेर हो ? कि शिक्षा प्रणालीमा दोष छ, उनले प्रश्न गर्दै भने यसप्रति समीक्षा गर्दै सच्याएर आज विश्व सुहाउँदो र प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक शिक्षाको ब्यवस्थापन आवश्यक छ । शिक्षामा लगानी बढाउन पनि आवश्यक छ । राजनीतिक परिवर्तन गरेर मात्रै गौरव गर्ने अवस्था छैन्, उनले थपे, यहाँका बालबालिका र युवाहरूलाई उचित शिक्षा र रोजगारी दिन सकेर विदेश जान बाध्य हुँदा राजनीतिक तहमा बसेकाले काम नगरेर कुरा मात्रै गरेको देखिन्छ । अब कुरा होईन,काम गर्ने बेला आएको छ ।

यसका लागि साझा संकल्प सहित सबै मिलेर अगाडि बढनुपर्ने उनको सुझाव थियो । वि.सं २०४६ सालमा स्थापना भएको जिल्लाकै सबै भन्दा जेठो क्याम्पस भएको र यसको स्तरोन्नतीमा आफ्नो तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता समेत जनाएका थिए ।

क्याम्पससभाकै अवसरमा क्याम्पस परिसरमा निर्माण भएका प्रवेशद्धार,क्यान्टिन,नवनिर्मित भवन, सभा हल लगायतका पुर्वाधारहरूको औपचारिक उदघाटन समेत गराइएको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले जानकारी गराएका थिए । चार कार्यकाल देखी निरन्तर क्याम्पसको विकासका लागि लागि परेका अध्यक्ष पाठकले अहिलेसम्म क्याम्पसका लागि सबै क्षेत्रबाट सहयोग हुदै आएका ब्यतिmत्वहरूलाई आभार ब्यतm गर्दै सहयोगका लागि अपिल पनि गरेका थिए । भौतिक पूर्वाधारले सम्पन्न हुदै गएको यो क्याम्पसमा अबको योजना प्राविधिक धारको शिक्षा सहित स्नातकोत्तर तहसम्मको अध्ययन र संकाय थपको योजना सुनाएका थिए । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरि उतm क्याम्पसमा अहिले बाणिज्य र शिक्षा संकायको स्नातक तहको अध्यापन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?