ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

वडामै भत्ता पाउँदा लाभग्राहीलाई सहजता र सुबिधा

२४ कार्तिक २०८१, शनिबार
२४ कार्तिक २०८१, शनिबार

सल्यान, २४ कार्तिक ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले गत आर्थिक वर्षदेखि वडाबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएपछि लाभग्राहीलाई सहजता र सुबिधा प्राप्त भएको छ । स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ताका कार्यक्रमलाई कार्यान्वयन गर्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा प्रायः लामो दूरीको कस्टकर यात्रा गर्नुपर्ने, बैंमा धेरै समयसम्म लाइनमा बस्नुपर्ने जस्ता जटिलताका कारण विशेष गरेर समाजका असहाय, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलाई कठिनाइ भोग्नुपरिरहेको थियो । छत्रेश्वरी गाउँपालिकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसंगको सहकार्यमा लाभग्राहीलाई वडास्तरबाटै भत्ता उपलब्ध गराउने व्यवस्था गरेपछि सहजता थपिएको हो ।

चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले यहि कार्तिक २७ गतेदेखि मंशिर ३ गते सम्म वडा कार्यालयहरूबाट वितरण गर्नेभएको छ । बैंक र गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ६ वाहेक अन्य वडाहरूमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६० वर्ष माथि जेष्ठ नागरीक दलित, ६८ वर्ष मावि जेष्ठ नागरिक अन्य र पूर्ण अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राही तथा अति अशक्त अपाङ्गता समुह अनुसारका सामाजिक सुरक्षा लाभग्राहीहरूलाई भत्ता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

वडा–वडामा बैंकिङ प्रविधिबाट भत्ता वितरण गरिरहेको जनाउँदै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले अशक्त, अपांगता भएका नागरिकलाई गाउँपालिकाले सहज सेवा सुविधा दिन वडा–वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको र यस कार्यबाट नागरिकमा स्थानीय सरकारको अनुभूति हुनेगरेको जनाए ।

गाउँपालिकाले आवश्यक तयारी सहित एक सुचना जारी गर्दै चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणको तालिका सार्वजनिक गरेको छ । जस अनुसार कार्तिक २७ गते छत्रेश्वरी–१ को दमाचौरमा, २८ गते वडा नम्बर २ को दहखोला, २९ गते वडा नम्बर ४ को जयचौर, ३० गते वडा नम्बर ७ को राङ्सीमा, मंशिर २ गते वडा नं ५ को लेखपोखरा र ३ गते वडा नम्बर ३ को मुलखोलामा बैंक सहितको टोलिले भत्ता वितरण गर्नेछ ।

तोकिए अनुसारको समयमा आ–आफ्नो वडा कार्यालयमा गएर सामाजिक सुरक्षा भत्ता लिन सम्बन्धित लाभग्राहीलाइ गाउँपालिकाले अनुरोध गरेको छ । भत्ता प्राप्त गर्नका लागि लाभग्राहीले सामाजिक सुरक्षा परिचयपत्र तथा नागरिकता वा मतदाता परिचयपत्रसहित स्वयं उपस्थित हुनुपर्ने गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ । छत्रेश्वरी गाउँपालिकामा एक त्रैमासिकमा करिव साढे दुई करोड रूपैयाँ सामाजिक सुरक्षा भत्ता वापत भुक्तानी हुनेगरेको पञ्जीकरण शाखाका नविन चन्दले जानकारी दिए ।

बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको व्यवस्था मिलाएर सेवा प्रवाहमा सहजता ल्याउने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ । अहिले पालिकाको प्रशासकीय केन्द्र भोटेचौर नजिक लान्तीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र धेरै समय लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको प्रवन्ध मिलाइएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?