ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

तराईको प्रचण्ड गर्मीमा स्याउ खेती

२४ कार्तिक २०८१, शनिबार
२४ कार्तिक २०८१, शनिबार

नवलपुर, २४ कात्तिक ।

सामन्यतया स्याउ चिसो मौसम अर्थात हिमाली भेगमा मात्र फल्ने फल हो भन्ने बुझाई छ । तर नवलपुरको प्रचण्ड गर्मीमा पनि स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्न सक्छ । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं.३ रतनपुरमा रहेको एग्रिकल्चरल एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालिको बगैँचामा लटरम्म स्याउ फुल्न लागेका छन् ।

पुर्वी नवलपरासीको रतनपुरमा ४२ डिग्री सेल्सियस तापक्रम सम्ममा फल्न सक्ने ४ हजारभन्दा बढी स्याउका बिरुवा रोपिकएको रिसर्च सेन्टरले जनाएको छ । सेन्टरका व्यवस्थापक ईश्वर भट्टराईका अनुसार चर्को गर्मीमा पनि फल्न सक्ने ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ गरी तीन प्रजातिका स्याउका बिरुवा रोपिएको छ । त्यसका बेर्ना भारतको कास्मिरबाट ल्याइएको हो । स्याउ रोपेको २ वर्षमा अधिकांश बोटमा फुल र फल लागेका छन् । अहिलेसम्म स्याउबाट आम्दानी भने लिन बाँकी रहेको रिसर्च सेन्टरले जनाएको छ । तराईका क्षेत्रमा नौलो मानिएको स्याउ खेतीका लागि ३५ देखि ४० लाख रुपैयाँ लगानी भैसकेको भट्टराईले बताए । लामो समय अष्ट्रेलिया बसेका प्रा. डा. मेघराज श्रेष्ठको एकल लगानीमा स्याउ खेती गरिएको हो । स्याउका बिरुवा बिक्री वितरण गर्ने गरि बेर्ना उत्पादनसमेत सुरु गरिएको र देशका विभिन्न ठाउँबाट हजारौंको संख्यामा माग आएको भट्टराईको भनाई छ ।

अहिले रिसर्च सेन्टरले यहाँ मात्रै ३५ देखि ४० जनालाई दैनिक रोजगारी समेत दिदैँ आएको बताएको छ । तराईमा व्यवशायीक स्याउ उत्पादन हुनथालेपछि रिर्सच सेन्टर एग्रो टुरिजमको गन्तव्यको रुपमा समेत अगाडी बढदै गएको छ । बगैचा अवलोकन गर्न, अध्ययन र विरुवा लिनका लागि दैनिक २० देखि ४०÷५० जनासम्म आउने गरेको भट्टराईले जानकारी दिएका छन ।

स्याउ बाहेक रिर्सच सेन्टरमा अम्बा, सुन्तला, कागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको बदाम लगायतका फलफूल लगाइएको छ । त्यो बाहेक रिसर्च सेन्टरले ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?