ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कलाका त्रिवेणी बेन

२४ कार्तिक २०८१, शनिबार
२४ कार्तिक २०८१, शनिबार

बोलाउँदा सबैले बेनु भन्छन् । उनको खास नाम बेनप्रसाद थापा हो । बेनु थापालाई छोटकरीमा बेथा भन्न सकिन्छ । बेथा अनेक किसिमका हुन्छन् मान्छेभित्र । बेनुका ब्यथा थोरै छन् कथा धेरै छन् । जन्मघर गुल्मी, सत्यवती गाउँपालिका वडा नं.३ को ठूलो लुम्पेक हो । बेनुले एसएलसी गरेर ठूल्दाई फटिक थापाको सल्लाहमा बुटवल बहुमुखी क्याम्पसमा आइएल पढ्न बुटवल झरेका थिए । यो प्रसंग २०४८ सालतिरको हो । आइएलसम्मको पढाई गरे । तर, प्रमाणपत्र हात पार्न सकेनन् । तीन महिना जति तेजप्रसाद कंडेलको ल फर्ममा काम सिके । पुनरावेदन अदालतमा मिसिल सार्ने काम गरे । विहानभर क्याम्पस, दिनभर त्यतै भुले । कानुनका कथा, बेथा बुझ्न थाले ।

गाउँबाट सांस्कृतिक कार्यक्रममा संकलन गरेको एक हजार एकसय रूपैयाँ साथीहरूसँग सापटी लिएर उनी बुटवल आएका थिए । पढ्दा पुरानो बुटवलतिर फुपू पर्ने कहाँ बस्थे । उनको सानो चिया पसलमा सघाउँथे । क्याम्पस पढेर फुपूकहाँ पुग्दा कहिलेकाँही खाना पाकेको हुन्थेन । अनि पाउरोटीका भरमा ल फर्मतिर दौडिनुपर्ने बेथा अरूलाई के थाहा ? पाउरोटी खाएर उनले थुप्रै दिन गुजारे । आइएल पूरा नभएपछि आइए पढ्न थाले तर त्यो पनि उनले पूरा गर्न सकेनन् । कामको खोजीमा भौतारिए । भानुपार्क नजिकै रहेको ज्योति पेट्रोल पम्पमा १३ महिनासम्म ठूल्ठूला ड्रमबाट पेट्रोल, डिजेल सार्ने, नाप्ने काम गरे । त्यतिबेला उनको तलब मासिक सात सय रूपैयाँ थियो । तीन सयमा साँझ विहान भात खान्थे । राति त्यहीँ सुत्थे । तर, दिसापिसाव गर्न भने अहिलेको नबिल बैंकको पछाडितिर दौडिन्थे । कष्ट थियो । जागिर छाड्दा उनीसँग दुई हजार छ सय रूपैयाँ पाकेटमा बचत थियो ।

त्यहाँबाट हिडेपछि उनी अस्पताल लाइनमा रहेको आरके आर्टसमा काम सिक्न गए । करिव तीन महिनामा ब्यानर, बोर्डमा लेख्न सक्ने भएपछि राजकुमार लिगल दाइबाट हल्काफुल्का नास्ता खाने पैसा पाउने भएछन् । त्यो कुराले उनी तीन बित्ता उफ्रिएछन् । तीन महिनासम्म आफ्नै बचत पैसाले खाइवरी सिकेका रहेछन् । हातमा सीप र कला भएपछि बाँचिन्छ भन्ने उनमा आँट, हिम्मत र जाँगर पलाएछ । आरके आर्टस्मा करिव तीन वर्ष काम सिकेर पोख्त भएपछि ट्राफिक चोक नजिकै नेपाल आर्टस् खोलेर बेनु थापाले आफ्नो पहिचानको दायरा बढाउँदै लगे । यो कुरा २०५३ सालतिरको हो । करिव २८ वर्षको निरन्तर कला यात्रामा रहेका बेनुले दोस्रो लकडाउनकै अवस्थामा बेलबासतिर आफ्नो नेपाल आर्टस्लाई सारेका थिए ।

बेनुले ब्यानर, बोर्डमात्र लेख्दैनन् बरु उनले कलात्मक चित्र कोर्छन् र भावनामा अभिव्यक्त गर्छन् । मूर्ति बनाउन खप्पीस छन् । उनले बनाएको अर्मूत कलाका रूपमा रहेको मूर्तिहरू बुटवलको हिल पार्कमा हेर्न र देख्न पाइन्छ । त्यो कला बेथाको अमूल्य कला हो । बेथाले कला सम्बन्धी त्यस्तो औपचारिक कक्षा त लिएका छैनन् तर, चित्रकला र मूर्तिकलामा आफ्नै दरिलो उपस्थिति भने जनाईरहेका छन् । बेथा भन्छन्– सानैदेखि मलाई चित्रकलामा रुचि थियो । दाइहरूले नागपञ्चमीका बेला नागका चित्र कोर्न लगाउँथे । त्यतिबेला मैले कापीको पानाहरूमा गाउँका धेरै घरहरूलाई पुग्नेगरी नागको चित्र बनाउँथें । त्यतिबेलाको इच्छा यतिबेला गरिखाने बाटो बनेको छ । कला सम्बन्धी प्रतियोगिताहरूमा बेथाले भाग लिएका छन् । पुरस्कृत भएका छन् ।

राष्ट्रियस्तरका कला गोष्ठी, प्रतियोगितामा आफ्ना कलाहरू प्रस्तुत गरेका छन् । मोफसलमा रहेरपनि आफ्नो परिचयको दायरालाई फैलाएका छन् । स्थानीय सरकारहरूसँग मिलेर कलालाई तिखार्ने काम गरेका छन् । आफूजस्तै धेरै प्रतिभाहरू जन्माउने काम गरेका बेनुले आर्टस् सिकाएका भाइहरूले देश/विदेशमा समेत गरिखाँदै आएका छन् ।
काठमाडौंमा जाँदा नगेन्द्र लिम्बूसँग करिव १५ दिन बेनुले वाटर कलरसम्बन्धी ज्ञान लिने अवसर प्राप्त गरेका रहेछन् । मुहारचित्र आर्टस्मा उनको राम्रो दक्षता रहेको छ । यतिबेला उनले आफ्नै आर्टस्मा बसेर धेरैका मुहारचित्रको आर्टस् गरेका छन् । काम भ्याइ नभ्याइ छन् । असार १५ जस्तै छ । एउटा मुहार चित्र (पोट्रेट) को मिहिनेत हेरिकन पाँच हजारदेखि १५ हजारसम्म लिने गरेको बेनले बताए । हुन त कलाको मूल्य हुँदैन भनिन्छ । तैपनि कलाकार बाँच्ने आधार कलाको बिक्री हो ।

बुटवलमा आर्टस् ग्यालरी छैन । कलाकारहरूका कलाहरूलाई संकलन र बिक्री गर्नका निम्ति ग्यालरी नहुँदा असर परिरहेको नेपाल व्यसायिक कलाकार संघ रूपन्देहीका निवर्तमान अध्यक्ष बेनुले बताए । कलाकारहरूलाई एकीकृत गर्न गठन गरिएको संस्थालाई थप व्यवस्थित गरी लैजाने अभियानमा आफूहरू रहेको उनले सुनाए । उनको संस्था र बुटवल भाषा, कला, साहित्य, संस्कृति प्रतिष्ठानले तीन वर्ष अघि तिहारपछि गरेको दुईदिने सिर्जनशील चित्रकला प्रदर्शनीको आयोजना गरी कलाकारहरूको श्रीवृद्धिमा टेवा पुराएको थियो । त्यहाँ उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कलाकार देशको गहना भयो । चाहिँदा लगाउने र नचाहिँदा फुकाल्ने निर्जीव गहना जस्तै । भावनात्मक र बिम्वात्मक गहना हुन् खास कलाकार । राज्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान बनायो । सबैका हितका निम्ति तर सोचेजस्तो फड्को मार्न सकेको छैन कलाले । ललितकलाभित्र चित्रकला, मूर्तिकला, गायन, संगीत, नृत्यकला र अभिनयकला पर्छन् । बुटवलमा ललितकला सम्बन्धी छोटो तालिम दिने र औपचारिक रूपमै शिक्षा दिने शिक्षालय पनि नहुँदा ललितकला यसै पछि पारिएको सबैलाई भान हुने गर्छ । बुटवलमा रहेका कलेज वा मावि तहको कक्षा ११/१२ मा ललितकला अध्यापन गराउन सकिने हो भने बुटवल क्षेत्रमा ललितकलाको उजागर हुनेमात्र होइन जीवनोपयोगी शिक्षा प्रदान गरी युवाहरूलाई वैदेशिक रोजगारीबाट रोक्न सकिने बेनुले बताउँदै थिए ।

पत्रकारिता सिक्ने रहर नलागेको पनि होइन बेनुलाई । त्यहि भएर एकपटक पत्रकार डिआर घिमिरे जनसंघर्ष पत्रिकामा रहँदा उनीसँगै कुराकानी पनि गरे । त्यो पनि उनीबाट पार लागेन । लाहुरे बाबाका साहिंला छोरा बेनुलाई लाहुरे बन्ने हुटहुटी पनि जागेन । बरु बेनु सांस्कृतिक मञ्चहरूमा देखापरेर सांस्कृतिक फाँटको छाँट देखाउन पुगे । यतिबेला आफ्नो कला टिकटकमा देखाउँछन् । त्यो पनि कानुङ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भएपछि हल्का पदीय दायित्वका कारण बन्देजजस्तै भएको छ ।

गायन र नृत्यप्रति अहिले उस्तै रुचि राख्छन् । उनको नृत्यकला देखेर धेरैजना छक्क पर्छन् । हलुङ्गो गरी नाच्छन् । जस्ताका तस्तै टेली सिरियलमा अभिनय गरेका छन् । ब्याडमिण्टन खेलमा असाध्यै लगाव छ उनको । थुप्रै प्रतियोगितमा समावेश भई पुरस्कार हात पारेका छन् । त्यही भएरै होला ५२ वर्षे बेनु २५ वर्षेजस्तै फूर्तिला देखिने ! बुटवल वडा नं. १३ को बंदेलपोखरी मिलनटोलमा श्रीमती मनिकुमारी थापासँगै तीन सन्तान बस्दै आएका छन् । छोरोले १२ कक्षा पढेको छ । जेठी छोरीले कोरियन तालिम केन्द्रमा अटोमोबाईलको तालिम लिएकी छिन् र कान्छी छोरीले माध्यमिक तहमा पढ्दैछिन् । आफ्नो कलालाई परिश्रम, पसिना र पैसासँग जोड्दै जीवनको यात्रालाई सजिलो बनाउन वीमा कम्पनीको अभिकर्ता भएका छन् । आम्दानीलाई छोराछोरीका शिक्षादीक्षामा खर्चिएका छन् । घर व्यवहार चलाएका छन् । पछिल्लो समयमा फेलेक्स ब्यानर, बोर्ड, पोष्टरहरू फेलेक्स मेसीनद्वारा छापिन थालेछि आफ्नो पेसामा चुनौती थपिएको, कलाकारहरू विस्थापित हुँदै गएको बेनुले बताए । फेरिपनि यस्ता चुनौतीहरूलाई चिर्दै कलाकारहरूको कलालाई जोगाउनु आफ्नो संस्थाको दायित्व र जिम्मेवारी रहेको बेनुले सुनाउँदै थिए । भविष्यमा कलालाई गरिखाने शिक्षाको रूपमा विकास गर्ने र कलाको बजारीकरण गर्दै जीवनोपयोगी शिक्षाका रूपमा परिभाषित गर्ने आफ्नो रहर कहिले पूरा होला १ बेथाले सोच्दैछन् । उनी अरनिको स्मृति प्रतिष्ठान नेपालको सदस्य र नेपाल व्यवसायिक कलाकार संघ रूपन्देहीको निवर्तमान अध्यक्ष तथा सल्लाहकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?