Butwal Today

गौतम बुद्ध विमानस्थल आइपुग्यो जजिराको विमान

२४ कार्तिक २०८१, शनिबार
अ+
अ-

बुटवल, २४ कात्तिक ।

रुपन्देहीकाे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार जजिरा एयवरेवजको विमान आइपुगेको छ।

यसअघि २०७९ जेठ २ मा जजिराले उक्त विमानस्थलबाट पहिलो उडान गरे पनि बीचमा विभिन्न कारण देखाउँदै स्थगन गरेको थियो।

अहिले जजिराले यहाँबाट पुन: उडान थालेको हो।

अब जजिराले सातामा मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तालिका छ।

आज नै जजिरासहित तीन विमान कम्पनीले गौतमबुद्ध विमानस्थलबाट उडान गर्नेछन्।