Butwal Today

सुर्खेतमा मिनिबस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु, २५ जना घाइते

२३ कार्तिक २०८१, शुक्रबार
अ+
अ-

सुर्खेत–

दैलेखबाट सुर्खेततर्फ गुडिरहेको मिनिबस वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको मिनिबस दुर्घटनामा परेको हो । घाइते २५ जनालाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको प्रहरीले जनाएको छ ।

२९ जना चढेको मिनिबस भीरबाट तल खसेको छ ।

मृतक
१) नामथर वतन नखुलेको अ.वर्ष ३२/३३ को पुरुष ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको।
२) नामथर वतन नखुलेको अ.वर्ष १७/१८ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको।
३) नामथर वतन नखुलेको अ.वर्ष २२/२३ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा
४) वतन नखुलेको वर्ष अ.३८/४० को सुरेश के.सी.को उपचारको क्रममा मृत्यु भएको।