ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

महेशपुर—सुनवल सडकः म्याद सकियो, स्तरोन्नति कहिले ?

२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

नवलपरासी, २३ कार्तिक ।
जिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्य म्याद सकिँदासम्म २० प्रतिशत काम भएको छैन । सरकारी वेवास्ता र ठेकेदारको लापर्वाहीले उक्त सडक निर्माणले गति नलिँदा सडक वरिपरिका ब्यवसायी हैरान छन् ।

महेशपुर मुल भन्सार नाकालाई सदरमुकाम परासी हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने उक्त सडकको पहिलो खण्ड निर्माणमा ढिलाई भई रहँदा पुरै सडक बन्न दशक लाग्ने आँकलन स्थानीयको छ । सरकारले ठेक्का लगाउने तर बजेट बिनियोजन नगरिदिने गरेको जनाउँदै ठेकेदारले काममा ढिलाई गर्ने गरेका छन् । सरकारले वास्तविकता के हो ? त्यसको उत्तर दिन सकिरहेको छैन । सडक स्तरोन्नतीको सपना देखाउने तर काम गर्न नसक्ने सरकारी क्षमता माथि नै अब प्रश्न उठ्न थालेको स्थानीय जितेन्द्र गुप्ताले भने, जति सकिन्छ त्यती मात्र ठेक्का गर्नु पथ्र्यो,जुन बेलामै काम ठेकेदारले गर्न सक्थ्यो, जस्ले गर्दा स्थानीयबासीलाई धुलोमा आउ जाउ गर्ने समस्या त कम हुन्थ्यो । महेशपुर भन्सारलाई मुल भन्सार बनाउने र सोही अनुसारको सडकको स्तरोन्नती गर्ने लक्ष्य अनुसार योजना सरकारले लिएको थियो । बजेट अभाव र ठेकेदारको बदमासीले अहिले स्थानीय जनतालाई हैरानी र सास्ती ब्यहोर्न परेको उनको भनाइ थियो ।

सडकको दुबै किनारमा निर्माण कम्पनीले अधुरो नाला मात्र निर्माण गर्न सकेको छ । वरिपरि खाल्टा खुल्टी परेका छन् । वरिपरीका घर र ब्यापार ब्यवसायलाई प्रभावित बनाइ रहेको छ । ब्यापार त पुरै चौपट भएको बताउँदै गुप्ताले भने, निर्माण कार्य गर्ने निर्माण ब्यवसायी सम्पर्कमा हुँदैनन्, जनताले कस्लाई गुनासो गर्ने ? सरकारी प्राविधिकको त नाक मुख हेर्न पाइँदैन् । सडकको अवस्था विगत भन्दा दयनिय बन्दै गएको छ । बरु सडक स्तरोन्नतीको ठेक्का नहुदा बर्षेनी सडक मर्मत हुदै आएको थियो, त्यसले गर्दा खाल्टा खुल्टी पुरिदै जान्थ्यो । तर अहिले ठेक्कामा परेको हुदा त्यो सडकको मर्मत समेत रोकिएको छ । निर्माण ढिलाई भई रहेको छ । भन्सार राजस्वमा सडक पनि एउटा कारक बनेको दाबी उनको थियो । कलभर्टहरू बन्दा पानी जम्ने र डुबान जस्ता पनि समस्या यथावत छन् । सडकको किनारमा अहिले जहाँ तही ढुगाँ, गिट्टि, बालुवा, माटोहरू थुपारिएका छन् ।

विगतमा चुनावी एजेण्डा बनेको सोही सडकको भक्सिपुर पुल पनि होचो अवस्थामै रहेको छ । सडकसँगै पुलको पनि काम गर्नु पर्ने हो,तर पुलको अवस्थाबारे कुनै जानकारी नै नभएको उनले सुनाए । साँसद फेरिए तर पुल जस्ताको तस्तै छ,उनले भने, जनताले पुलको अवस्था फेरिन्छ,भनेर सो क्षेत्रका साँसद पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेललाई हराउदै पुर्व आईजिपि तथा राप्रपाका नेता धु्रव बहादुर प्रधानलाई जिताउँदै नेता फेर, तर सडक र पुल फेरिएन्, यसले जनतामा निरासा छाएको छ । ठेकेदारको लापर्वाही हो भन्ने ठेकेदारलाई काम गर्न लगाउनु पर्छ, बजेट नछुट्टयाइएको हो भने बजेट छुट्टयाउनु पर्छ ।
अहिलेको सांसद प्रधानको पनि जिम्मेवारी भएको स्थानिय लक्ष्मि हरिजनले बताए । सडक पुल एजेण्डा बनाई मत माग्ने नेता मत प्राप्ती पछि नियमित सो एजेण्डालाई फ्लो गर्नुपर्ने उनको भनाइ थियो । नेताहरूमा ‘अपना काम बन्ता, भाडमा जाए जन्ता’ जस्तै चरित्र देखिन थालेको आरोप उनको थियो ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभाग को सडक डिभिजन कार्यालय बुटवलले सो सडकको महेशपुर बजार देखी हरपुर बजारसम्मको खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ भ्याट सहितको रकममा ठेक्का लगाएको थियो । उतm ठेक्काको काम गौरीशंकर हिमालयन निर्माण प्रालिले २०८० साल बैशाख २६ गते सम्झौता गरि २०८१ असोज २६ गते भित्र सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो । तर अहिले सडकका दुबै तर्फका नालाका काम पनि पुर्ण भएका छैनन् । सडकका सबै काम बाँकी नै छ । सडक निर्माण ढिलाईले दर्जनौं पसल विस्थापित समेत बनेका छन् । दर्जन घरहरू सडक फराकिलो हुन्छ,भनेर घर भत्काएका छन् । तर सडक नबन्दा घर त भत्कियो, भत्कियो, बचेका घरमा पस्नका लागि बाटो समेत अवरुद्ध भएका छन् । भविष्यको सपना हेरेर कतिसम्म बस्ने र कुर्ने,वर्तमानको दुःख कतिसम्म लब्याउने ? उनको भनाई थियो । सडक निर्माणको तिब्रताका लागि सरोकारवालाले पहल गर्न समेत आग्रह उनले गरेका थिए । चार अर्ब बढि लागतको डिपिआर भएको उक्त सडक पहिलै खण्डमा अड्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?