ट्रेंडिंग:

>> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ?

‘प्रथम शारदा युवा सम्मेलन’ आयोजना

२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

सल्यान, २३ कार्तिक ।
युवा सोच र विचारः शारदाको समृद्धिको आधार भन्ने मुल नाराका साथ सल्यानको शारदा नगरपालिकाले प्रथम शारदा युवा सम्मेलन सम्पन्न गरेको छ । युवाहरूलाई एकजुट गरी, शारदा नगरपालिकाको विकास र समृद्धिका लागि युवा सोचलाई एकजुट गर्ने तथा युवाहरूमा सकारात्मक उत्प्रेरणा दिने उद्देश्य सहित सम्मेलनको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
विहिबार श्रीनगरमा सम्पन्न सम्मेलनले युवाहरूलाई एकताबद्ध भएर समाजको समृद्धिका लागि अगाडि बढ्न प्रोत्साहित गरेको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले जनाए । युवाहरू तथा सरोकारवाला निकाय तथा संघ संस्थाका प्रतिनिधिहरूको र्यालीले श्रीनगर बजार परिक्रमा गर्दै समाजमा युवाहरूको जागरूकता र एकता प्रदर्शन गरेको थियो । युवा सम्मेलनमा युवा प्रतिनिधीलाई नै प्रमुख अतिथी बनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथी नगरपालिका स्तरिय युवा क्लवका अध्यक्ष अस्मीता बस्नेतले युवाहरूको सामूहिक शक्तिले समाजको विकासमा ठुलो योगदान दिनसक्ने र युवाहरूको क्रियाशीलता तथ सामूहिक सक्रियता समाजको सुधारमा अनिवार्य रहेको भन्दै नगरपालिकाले युवाहरूको विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखिन् ।सो अवसरमा शारदा नगरपालिकाले हाल सम्म गरेका असल कार्यकहरू तथा युवाहरूसंगको सहकार्यका सन्दर्भमा तयार पारेको भिडियो सामग्री प्रदर्शन गरिएको थियो भने सफल युवा प्रतिनिधीहरूको प्रस्तुतीकरण एवम् वृहत अन्तक्र्रिया पनि गरिएको थियो ।

सम्मेलनमा बोल्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले युवाहरूलाई आफ्नो क्षमता परिचालन गर्दै नगरपालिकाको विकासमा योगदान दिन आग्रह गरे । उनले भने, ‘युवा वर्ग कुनै पनि समाजको मेरुदण्ड हो, र उनीहरूको सकारात्मक सोच, कार्यक्षमता र योजनाहरूले नगरपालिकाको भविष्य उज्यालो बनाउन सक्छ । शारदा नगरपालिकालाई समृद्ध बनाउने जिम्मा तपाईँहरूको काँधमा छ ।’ उपप्रमुख सुस्मीता सापकोटा सुनारले युवाहरूले नेतृत्व लिन सके समाजमा सुधार र समृद्धिको बाटो खुल्ने कुरा उल्लेख गर्दै नगरपालिकाका राम्रा कार्यको प्रशंशा गर्न सक्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले युवाहरूलाई आफ्नो देशप्रतिको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन सुझाव दिए । उनले युवाहरूको सोच, सिर्जनशीलता, र नवीनतालाई नगरपालिकाको योजना र विकासमा जोड्नुपर्ने धारणा राखे । यस्तै जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले युवाले नकारात्मक विचार त्यागेर हरेक सकारात्मक कार्यको नेतृत्व गर्नुपर्ने धारणा राखे । उनले भने, ‘आफू को हो, आफुभित्र के छ भन्ने कुराको पहिचान गर्नुपर्याे, सबैभन्दा पहिले आफुलाइ चिन्न सक्ने हो भने पक्कै पनि आफ्नै देशमा युवाहरू सफल हुनेछन् ।’ उनले प्रहरीले युवाहरू के गरिरहेका छन् र कतै दुव्र्यशनीतर्फ लागेका त छैनन् भनेर प्रहरीले निगरानी गरिरहने भन्दै विकृति, विसंगती तथा हिंशाको विरुद्ध विशेष सचेतनामुलक कार्यक्रम सञ्चालनको तयारी रहेको उल्लेख गरे ।

प्रथम शारदा युवा सम्मेलनले शारदा नगरपालिकाका युवाहरूमा चेतना, जिम्मेवारी र नेतृत्व विकासका पक्षमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख लिलाधर बबालले जानकारी दिए । युवाहरूको समस्या पहिचान संगै युवा लक्षीत योजना र कार्यक्रम तय गर्न पनि यस सम्मेलनले मार्गदर्शन गरेको उनको भनाई छ । नेतृत्व गर्ने उमेर र जोश भएका युवाहरूले सानो सानो प्रयासबाट ठूला उपलब्धि हासिल गर्न सक्ने भएकाले यो सम्मेलनले युवाहरूलाई नगरको विकास र योजनामा सक्रिय सहभागी बन्न र प्रभावशाली परिवर्तनका लागि नेतृत्व लिन उत्प्रेरित गरेको शारदा नगरपालिकाको विश्वास छ ।सम्मेलनमा राष्ट्रिय अनुसन्धान सल्यानका प्रमुख नेव बहादुर राना, नगरपालिकाका वडा अध्यक्षहरू, अन्य जनप्रतिनिधी, पत्रकार, युवाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनीधी लगाएतको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?