ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

नोबेल अर्थशास्त्रीहरूको निष्कर्ष र नेपालको सन्दर्भ

२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन एसमोग्लु, साइमन जोनसन र जेम्स ए. रविन्सन गरी तीनजना अर्थशास्त्रीहरूलाई संयुक्तरूपमा दिइने भएको छ । डारोन एसमोग्लु र साइमन जोनसन ‘मैसाचुसेट्स इन्सटिच्युट अफ टेक्नोलोजी’ (एमआईटी) मा कार्यरत छन् भने जेम्स ए. रविन्सन युनिवर्सिटी अफ शिकागोमा रिसर्चरको रूपमा कार्यरत छन् । यी अर्थशास्त्रीहरूले कुनैपनि देशको समृद्धिका निम्ति उक्त देशमा निर्माण हुने संस्थाहरूले के–कस्तो भूमिका खेलेका हुन्छन् भन्ने सन्दर्भमा अनुसन्धान गरेका थिए । त्यसैको लागि उनीहरूलाई यो पुरस्कार दिइएको हो । कुनैपनि देशको समृद्धिमा त्यहाँका सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिका हुने कुराको निष्कर्ष उनीहरूको अध्ययनले निकालेको छ । एसिमोग्लु र रोबिन्सनको पछिल्लो पुस्तक ‘ह्वाई नेसन्स फेल’ लाई पनि एकदमै प्रभावशाली पुस्तकका रूपमा लिइन्छ । यस पुस्तकमा राष्ट्रहरूको सफलता वा असफलता मुख्यतया तिनका राजनीतिक र आर्थिक संस्थाहरूमा निर्भर हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । समावेशी संस्थाहरूले सबैलाई अवसर प्रदान गरेर नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्छन् भने निरंकुश संस्थाहरूले सम्पत्ति र शक्तिलाई सीमित व्यक्तिहरूको हातमा राख्छन् र विकासलाई अवरुद्ध पार्दछन् ।

नोवेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले आफ्नो अध्ययनमा जुन समाजमा कमजोर कानुन एवम् कमजोर शासन हुन्छ र राजनैतिक संस्थाहरूले जनताको शोषण गर्दछन्, त्यहाँ विकास र प्रगति हुन सक्दैन भन्ने कुराको निष्कर्ष निकालेका थिए । त्यसैले विकासोन्मुख देशहरूले आर्थिक वृद्धिका सन्दर्भमा प्रगति गरेको देखिएपनि ती देशहरूमा व्याप्त भ्रष्टाचार, असमानता, गरिबी, बेरोजगारीजस्ता सामाजिक आर्थिक समस्याहरू व्याप्त छन् । नागरिकहरू खुसी छैनन् । त्यसैले विकसित देशको दाँजोमा उनीहरूको उन्नतिले खासै महत्व राखेको पाइदैन् । आर्थिक उन्नतिले तब मात्र अर्थ राख्दछ, जब देशका अधिकांश मानिसहरू खुसी साथ जीवनयापन गर्न सक्दछन् । नोवेल पुरस्कारका लागि छनौटमा परेका अर्थशास्त्रीहरूको अध्ययनले कमजोर संस्थागत वातावरणको ऐतिहासिक जरो पहिचान गर्न सफल रहेको देखिन्छ । उनीहरूको अध्ययन अनुसार कमजोर कानूनी शासन र जनसंख्याको शोषण गर्ने संस्थाहरू भएको समाजले विकास वा सकारात्मक परिवर्तन गर्न सक्दैन । समावेशी संस्थागत संरचना अर्थात् प्रजातन्त्र, कानून र व्यवस्था, सम्पत्ति अधिकारको संरक्षण आदिको अस्तित्व रहेको संस्थागत संरचना रहेको समाज वा मुलुकले नै समृद्धिको यात्रा तय गर्न सक्दछ । त्यसको विपरीत, निष्कर्षणवादी (निकासी) संस्थागत संरचना भनेको कानूनी शासनको अभाव, केही व्यक्तिहरूको हातमा शक्ति केन्द्रित हुनु (स्वेच्छाचारी वा तानाशाही) र सम्पत्ति खोसिने जोखिमहरू भएको अवस्थालाई जनाउँछ । यस्तो संस्थागत संरचना भएको मुलुक समृद्धिका दृष्टिले पछाडि पर्ने निश्चित छ ।
आजका अधिकांश न्यून आय भएका देशहरूको आर्थिक विशेषता हेर्ने हो भने पनि अध्ययनको सार मिल्दोजुल्दो देखिन्छ । विश्व बैंकले हालै मात्र सार्वजनिक गरेको रिपोटलाई हेर्ने हो भने विश्वका २६ वटा सबैभन्दा न्यून गरीब देशहरूमा ४०% मानिस गरिबीबाट पीडित छन् । ती देशहरूका राजनैतिक संस्थाहरूमा पारदर्शिता, समावेशिता र दीगो विकासप्रति सम्वेदनशीलता देखिँदैन । यस अर्थ पनि अर्थशास्त्रीहरूको अनुसन्धानको व्यवहारिक परीक्षण सफल रहेको मान्न सकिन्छ । नेपालको राजनीतिक संस्थाहरूको सन्दर्भलाई हेर्ने हो भनेपनि अर्थशास्त्रीहरूको अध्ययन मिल्दो जुल्दो देखिन्छ । राणाशासन, राजाको प्रत्यक्ष शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था र लोकतान्त्रिक गणतन्त्र शासन पद्धति हेर्ने हो भने आम मानिसको प्रतिनिधित्व र शुसाशनको प्रत्याभूति सोचेजस्तो हुन सकेको पाईंदैन । खासगरी प्रजातन्त्र र लोकतान्त्रिक व्यवस्थामा आम मानिसले आर्थिक उन्नतिको ठूलो अपेक्षा गरेका थिए । तर, सोचेजस्तो प्ररिणाम देखिएन । सत्तामा पूरानै अनुहार दोहोरिरहने परम्परा बस्यो । सरकार बनाउने र गिराउने खेलले निरन्तरता पायो । यतिमात्र होइन नयाँ अनुहारहरू पनि भ्रष्टाचारमा लिप्त रहेको कुरा बाहिर आइरह्यो । नेपालको शासन प्रणालीलाई हेर्ने हो भने यो यसरी गाँजिएको छ कि जस्तो सुकै राम्रो मान्छे सत्तामा गए पनि कि त उसलाई काम गर्न दिईदैन कि त उसलाई छोटो समयै सत्ताच्यूत गराइन्छ ।

त्यसो त लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रूपमा नेपालको संबिधान निर्माण भएको छ, जहाँ समावेशी तथा विकासलाई प्राथमिकता दिइएको छ । साथै आर्थिक पद्धतिमा निजी, सहकारी र सरकार गरी तीन प्रमुख खम्बाको रूपमा यी संस्थाहरूको पहिचान गरिएको छ । तर, यतिबेला निजी क्षेत्रमा लगानीको आत्मविश्वांस छैन । सहाकारीमा आम जनताको निक्षेप रकमको अपचलन भएका घटनाहरू सार्वजनिक भइरहेका छन् । स्थायी सरकारको अभाव छ । बढ्दो चालू र वित्तीय व्यवस्थापन खर्चका कारण पूँजीगत खर्चको अनुपात घट्दै गएको छ । यी सबै कारणहरूले गर्दा देशको आर्थिक उन्नति सन्तोषजनक छैन ।
माओवादी जनयुद्ध र ६२÷६३ आन्दोलन एवम् मधेश आन्दोलन तथा विभिन्न जातजातीहरूका आन्दोलनले नेपालको राजनीतिक व्यवस्थाले नागरिकको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसो त संघीयता लागू गरेर स्थानीय सरकारहरूलाई सशक्त बनाउने र विकासका लागि जिम्मेवार बनाउने प्रयास पनि भएको छ । थोर बहुत समावेशी राजनैतिक संस्कारको विकास हुँदै गएको छ । साथै संघीयताको कार्यान्वयनसँगै स्थानीयस्तरमा निर्णय गर्ने क्षमतालाई बढाएको छ । तर, देशमा व्याप्त राजनैतिक अस्थिरता, भ्रष्टाचार तथा असमान विकास आर्थिक उन्नतिका निम्ति मुख्य बधक बन्दै आएका छन् ।

आर्थिक समृद्धिका सन्दर्भमा राजनीतिक अस्थिरता नेपालको एक प्रमुख चुनौती बनेर उभिएको छ । बारम्बार सरकार परिवर्तन र राजनीतिक पार्टीहरूको विवादले स्थायी नीतिहरू बनाउन र कार्यान्वयन गर्न असहज बन्दै गएको छ । आर्थिक मामलामा राजनैतिक एकता नहुँदा विकास योजनाहरूमा अवरोध उत्पन्न हुँदै आएको छ । यही कारणले गर्दा नीजि क्षेत्रमा आत्मविश्वांस बढ्न सकेको छैन भने वैदेशिक लगानी पनि आकर्षित हुन सकेको छैन ।

बढ्दो भ्रष्टाचारले राजनीतिक संस्थाहरूको विश्वसनीयतामा कमी ल्याएको छ । जसले गर्दा सार्वजनिक सेवाहरूको गुणस्तरमा सुधार आउन सकेको छैन । योजना छनौटदेखि लिएर कार्यन्वयनसम्म राजनैतिक स्वार्थ बाझिँदा परियोजनाहरूले सुस्त गति लिएका छन् । यही कारणले सार्वजनिक खर्च मुलुकको लागि भार बन्दै गएको छ । सातै प्रदेशहरूको विकास हेर्ने हो भने कर्णाली र सुदूरपश्चिम उपेक्षित देखिन्छन् । नेपालमा असमान विकास र क्षेत्रीय विभेदले राजनीतिक अस्थिरतालाई थप मलजल गरेको छ । काठमाडौं र अन्य केही प्रमुख शहरहरूमा विकास केन्द्रिकृत देखिन्छ भने ग्रामीण क्षेत्रहरूमा अझै पनि पछौटेपन, गरिबी, आयअसमानता र बेरोजगारीको मात्रा तुलनात्मक रूपमा अत्यधिक छ । यही कारणले गर्दा बेलाबखत मधेशलगायत उपेक्षित प्रदेशहरूले केन्द्रिय सरकारसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन् । नेपालको राजनीतिक प्रणालीमा संस्थागत पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नका लागि संविधानको पूरापुरा कार्यान्वयनमा ध्यान दिनु आवश्यक देखिन्छ । यसले भ्रष्टाचार नियन्त्रण गर्न र राजनीतिक स्थिरता ल्याउन मद्दत गर्दछ । भ्रष्टाचारसँग नजिक रहेका विभिन्न कानुनहरूको समयसामेक्ष संसोधन गर्नु पनि उत्तिकै जरुरी छ । खास गरी भ्रष्टाचार निवारणका लागि कार्यरत संस्थाहरूको सक्रियता बढाउनु आजको प्रमुख आवश्यकता देखिन्छ ।

समावेशी विकासको लागि सबै वर्ग र क्षेत्रका मानिसहरूको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्दछ । खासगरी परियोजनाहरूको छनौट गर्दा होस् वा परियोजना सञ्चालन गर्दा सथनीयलाई पनि ग्राह्यता दिनु पर्दछ । विकासका कार्यक्रमहरू कार्यान्वयन गर्दा अधिकांश मानिसको हितलाई ध्यान दिनु पर्दछ । यसले गर्दा सामाजिक न्याय स्थापित हुन सक्दछ । साथै आर्थिक असमानता पनि न्यून गर्न सहज हुन्छ । आर्थिक विकासमा राजनीतिक संस्थाहरूको भूमिका हुने कुरा नोबेल पुरस्कार विजेता डारोन एसमोग्लु, साइमन जोनसन र जेम्स ए. रविन्सनले आफ्नो अनुसन्धानबाटै पत्ता लगाएका छन् । नेपालको सन्दर्भमा पनि यस्तो कुरा लागू भएको देखिन्छ । राजनीतिक अस्थिरता, भ्रष्टाचार र लामो सयमदेखि सत्तामा केही निश्चित मानिसहरूको हालीमुहालीले गर्दा राजनैतिक परिवर्तनले सोँचेजस्तो अवसर सिर्जना गरेको देखिँदैन । यस्ता कमजोरीहरूका बीच नेपालका राजनैतिक संस्थाहरू ग्रसित भइरहँदा आर्थिक विकासले मुर्तरूप लिन सकिरहेको छैन ।

राजनैतिक दलहरूमा संस्थागत सुधार, समावेशी सोँच एवम् राजनीतिक जागरूकता तथा समावेशी सहभागिता आवश्यक छ । यसका साथै दलहरूबीच आर्थिक मुद्दामा एक्यवैद्धता पनि उत्तिकै जरुरी छ । खासगरी निजी क्षेत्रको मनोवल बढाउने, सहकारीमा व्याप्त अनियमितालाई कानुनी तौरबाट सुल्झाउने र बलियो नियामक निकाय गठन गर्ने साथै सरकारको बढ्दो चालू खर्च नियन्त्रण गर्दै परियोजना छनौट गर्दा लाभलागत विश्लेषण गरी दीर्घकालीन लाभमा ध्यान दिनु आवश्यक छ । बलिया राजनैतिक एवम् अन्य आर्थिक संस्थाहरूको विकास गर्दै देशको समृद्धिमा नेपालले आफ्नो ‘रोडम्याप’ तय गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?