ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

सरकारले धान किनिदिँदा किसान दङ्ग

२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

लमही, २३ कार्तिक ।
गढवा–६ निवासी शिवनारायण तेली गाउँपालिकाले राम्रो भाऊमा धान किन्छ रे भन्ने सुनेर बिहीवार धान संकलन केन्द्रमा पुगे । पोलीथीनको थैलामा आफ्नो धान बोकेर देखाउन संकलन केन्द्र सर्बोदय प्राबिमा पुगेका तेलीको धान मेसिनमा हालेर गुणस्तर परिक्षण गरियो । प्रति क्विन्टल ३ हजार ४ सय १० को दररेटमा आफ्नो धानले मूल्य पाउँदा उनी खुसी हुँदै घर फर्किएर र आफ्नो भएभरको धान ट्याक्टरमा लोड गरि संकलन तथा बिक्री केन्द्रमा लगे । आफ्नो सबै धान प्रति क्विन्टल ३ हजार चारसय १० का दरले नेपाल सरकारले तोकेको दररेटमा बिक्री गरेर चेक पाउँदा हौसिदै घर फर्किएको बताए ।

जीवनमा धेरै धान बेचे तर यसबर्ष मात्र राम्रो भाउमा बेच्न पाएँ–उनले भने । स्थानीय सरकारले हामी जस्ता किसानहरूका लागि यो बर्ष निकै राम्रो काम गरेको रहेछ । धान बेच्न बजार खोज्नु परेन–भाऊ पनि निकै राम्रो पाईयो ।गढवा–६ बनकट्टी निवासी देवराज यादवले सगोल परिवारको बर्षेनी झण्डै १ सय क्विण्टलको हाराहारीमा धान बिक्री गर्दै आएका छन । किसानले उत्पादन गरेको धानले कहिल्यै बजार भाऊ राम्रो नपाएको उनी बताउँछन ।

२६/२७ सय रुपियाँ प्रति क्विण्टल बेच्ने गरेको धान यसबर्ष ३ हजार ४ सयमा बिक्रीगर्न पाउँदा झण्डै ८० हजार मुनाफा मात्रै आएको उनले भने । घरमै आएका ब्यापारीलाई बेचेको भए २ लाख ६० हजार पर्ने धान स्थानीय सरकारको समन्वयमा ३ लाख ४० हजारमा बिक्री गर्न पाउँदा निकै खुसी भएको यादवले बताए । धान दाउने बित्तिकै ब्यापारीहरू खेतमै पुग्ने र बढी भन्दा बढी सस्तो मूल्यमा खरिद गर्ने गरेको गढवाको वास्तविक अवस्था थियो । जसले गर्दा किसानहरूको लगानी समेत राम्ररी नउठ्ने गरेको गढवाका किसानहरू बताउँछन् । स्थानीय सरकारले खाद्य ब्यवस्था कार्यालयसँग संझौता गरेर नेपाल सरकारले तोकेको दररेटमा धान बिक्री गर्न सहजीकरण गरेकोमा यहाँका किसानहरू खुसी भएको पाइएको छ ।

गढवा गाएपालिकाभरको धान बिक्री गर्न भनी स्थानीय सरकारको पहलमा गढवा–६ स्थित सर्बोदय प्राबिको प्राङ्गणमा किसानहरूले ल्याएको धानको क्वालीटी चेकजाँच गर्दै खरिदगर्ने कार्य भैरहेको नेपाल सरकारको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए ।

गढवा गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि. तुलसीपुर बिच गढवाका किसानहरूको १८ हजार क्विण्टल धान खरिदगर्ने र सो को नेपाल सरकारले तोकेको दररेट उपलब्ध गराउनेगरि द्धिपक्षिय संझौता भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए ।

किसानहरूले उत्पादन गर्ने गरेका कृषि उपजहरूले उचित बजारभाऊ नपाउने गरेको समस्या चारैतिरबाट आएपछि कृषि उपज संकलन र बजारीकरणको कार्यबिधि नै तयार गरि गाउँपालिकाले यो अभियान सुरुवात गरेको अध्यक्ष पोखे्रलले बताए । यसपाली अलि ढिला भयो आगामी बर्षमा किसानहरूको वाली नपाक्दै संझौता गरेर बिक्री वितरणका लागि संकलन तथा बिक्री केन्द सुचारु गर्ने योजना बनाइएको उनले बताए । यसबर्ष पालिकाभरका किसानहरूको १८ हजार क्विण्टल धान बिक्रीबाट मात्र १ करोड ४५ लाख किसानहरूलाई प्रत्यक्ष नाफा निस्कने अध्यक्ष पोख्रेलले बताए ।

लुम्बिनी प्रदेशमै पहिलो पल्ट दाङको गढवा गाउँपालिकाबाट कृषि उपज खरिद गर्ने कार्य सुरुवात गरेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख तिलक सुनारले जानकारी दिए । यस अघि गढवा गाउँपालिकाले सञ्चालन गरेको हेफर परियोजना मार्फत प्रतिकिलो ५४० रुपियाँमा जिउदा खसी बोका बजारीकरण गरिएको परियोजनाका संयोजक बसन्त कुमार शर्माले बताए । जम्मा ९६ वटा खसी–बोका बिक्री गर्दा १३ लाख ५० हजार सम्बन्धित किसानहरूलाई प्रत्यक्ष मुनाफा भएको शर्माले बताए । गढवा गाउँपालिकाले यसबर्ष देखि कृषि उपज संकलन तथा बिक्री केन्द्रको स्थापना गरि किसानहरूको सबैखाले उत्पादनलाई बजारीकरणमा सहयोग गरि महत्वपूर्ण काम गरिरहेको स्थानीय किसानहरू बताउँछन् ।

नेपाल सरकारले तोकेको दररेट मोटो धानको मूल्य प्रति क्विण्टल ३४१० र मसिनो धानको प्रति क्विण्टल ३५८० रहेको छ । सोहि बमोजिम मोटा धान खरिद कार्य सुरु गरिएको खाद्य ब्यवस्था कार्यालयले जनाएको छ । किसानहरूले ल्याएको धान मसिन मार्फत गुणस्तर परिक्षण गरिन्छ । मापदण्ड बमोजिम १८ प्रतिशत भन्दा चिसोपना कम हुनुपर्ने, २ प्रतिशत भन्दा बाह्य पदार्थको मिश्रण हुन नहुने, ५ प्रतिशत भन्दा बढी टुक्रेको वा मिश्रण भएको हुन नहुने तथा नभिजेको, सफा, किरा र ढुसी नलागेको, पोपटा र भुस कम भएको धान हुनुपर्ने सोहि बमोजिमको गुणस्तर पहिचान गरि सरकारी दररेटमा मोटा धान खरिद गरिएको खाद्य ब्यवस्था कार्यालयका प्राबिधिक तथा गुणस्तर अधिकृत रोशन श्रेष्ठले बताए ।

धान बिक्री गर्ने किसानहरूले आफ्नो धान संकलन केन्द्र सम्म आफै ढुवानी गर्नुपर्ने, जग्गा धनीको प्रमाण पूर्जा र नेपाली नागरिकताको प्रतिलिपी तथा स्थानीय सरकारको सिफारिस उपलब्ध गराउनुपर्ने नियम रहेको कार्यालय प्रमुख तिलक सुनारले जानकारी दिए । स्थानीय सरकारसँग भएको संझौता बमोजिम १ जना किसानबाट ४० क्विण्टलको दरले १८ हजार क्विण्टल सम्म खरिद गरिने र लक्ष्य पुरा नहुँदा सम्म संकलन केन्द्र खुल्लै रहने गढवा गाउँपालिकाका कृषि शाखाप्रमुख कर्ताराम यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?