ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

व्यवसायी पलायन पार्ने बुटवल सडकको काम शुरु

बुटवलको मुख्य सडक समयमा सम्पन्न नहुँदा सडक छेउका सयौं व्यवसायीहरू पलायन भएका छन् । यो पटक पनि त्यही अवस्था दोहोरिए बुटवलले अर्को व्यवसायिक क्षति बेहोर्नुपर्ने पक्का छ । तर सडक निर्माण गर्दा धुलो उड्न नदिने ब्यवस्था गरिने दावी अहिले गरिएको छ ।
२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

बुटवल, २२ कार्तिक ।
आठ वर्षदेखि अलपत्र बुटवलको राजमार्ग चौराहदेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर सडक निर्माणको काम शुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको नयाँ ठेकेदार कम्पनी बावुल दर्शन मालिका जेभी भैरहवाले तिहार लगत्तै मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो । बावुल दर्शन मालिका जेभी भैरहवाका रउफिक रहमन खानले सडक निर्माणको काम समयमा नै सक्ने गरि अघि बढाउन थालेको बताए । ‘राती र दिउँसो दुई सिफ्टमा काम हुनेछ,’ –उनले भने । साथै उनले छठ पर्व पछि जनशक्ति पनि थप गरी तीव्र गतिमा निर्माण गर्ने बताए । इलाका प्रशासन कार्यालय नजिकबाट निर्माणको काम थालेको छ । सुरुमा खाली रहेको ठाउँमा निर्माणको काम गर्ने र त्यसपछि अन्य ठाउँको काम अघि बढ्ने उनले बताए ।

बुटवलको यो सडक समयमा सम्पन्न नहुँदा मुख्य सडक छेउका व्यवसायीहरू पलायन भएका छन् । यो पटक पनि त्यही अवस्था दोहोरिए बुटवलले अर्को व्यवसायिक क्षति बेहोनुपर्ने देखिन्छ । तर निर्माण गर्दा धुलो उड्न नदिने ब्यवस्था गरिने दाबी गरिएको छ । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पुरानो निर्माण कम्पनी विरुवा जेभी कन्स्ट्रक्सन प्रालिले साढे तिन किलोमिटर सडक सात बर्षसम्म अलपत्र पारेको आरोप लगाए । बि.सं. २०६९ सालमा चार लेनमा निर्माण भएको यो सडक खण्ड पछि ६ लेनमा बिस्तार गर्ने योजना अघि बढेको थियो । निर्माण सम्पन्न नगरी आलटाट गरेपछि ठेक्का तोडेर नयाँ ठेक्कामार्फत बाबुल दर्शन मालिका जेभीले निर्माणको जिम्मा दिएको उनले बताए । ‘एक बर्षमा सम्पन्न गर्ने र ६ लेनमा बिस्तार गर्ने गरी ३३ करोड रुपियाँमा ठेक्का लागेको छ,’ उनले भने । यो सडकमा अन्तर्राष्ट्रिय स्तरको अस्फाल्ट प्रविधिबाट पिच गर्ने योजना रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

बुटवलको मुख्य बजार क्षेत्र रहेको यो सडक निर्माणको जिम्मा सात वर्षअघि कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपियाँमा ठेक्का पाएको थियो । २०७६ सम्ममा सडक बिस्तार सक्ने गरी ०७३ साल चैत १३ मा ठेक्का सम्झौता भएको थियो । तर निर्माण कम्पनीले सडक निर्माणमा लापरवाही गरेपछि सडक डिभिजन कार्यालय बुटवलले ठेक्का सम्झौता रद्द गरेको हो ।

उक्त सडक निर्माणका क्रममा ३५ करोड रुपियाँ खर्च भैसकेको थियो । पटक–पटक म्याद थप्दासमेत सात वर्षसम्म सडक निर्माणको काम सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले दुई महिनाअघि पुरानो ठेक्का रद्द गरी नयाँ टेण्डर गरेको थियो । अब निर्माण हुने उक्त सडक ६ लेनमा र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी गरिएको छ । सडकको फुटपाथ तिन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुनेछ । सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?