Butwal Today

दाङमा किशोरी मृत फेला

२२ कार्तिक २०८१, बिहीबार
अ+
अ-

दाङ,२२ कात्तिक ।

दाङमा एक जना किशोरी मृत अवस्थामा फेला परेकी छिन् । बुधबार बेलुका करिब सवा ६ बजेतिर भैँसी चराएर घर फर्किने क्रममा लमही नगरपालिका-८ दुईघरवास्थित राप्ती नदीमा भैँसी तार्ने क्रममा बगी बेपत्ता भएकी एक किशोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता ईश्वर थापाका अनुसार मृत्यु हुनेमा राजपुर गाउँपालिका-३ कालीपुरुवा निवासी रामकुमार यादबका १६ वर्षीया छोरी विद्यावती यादव रहेकी छिन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।