ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

सामाजिक अभियन्ता चौधरीलाई गृह जिल्लामा स्वागत

२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

दाङ, २२ कात्तिक ।

दाङको गढवा गाउँपालिकामा जन्मिएकी सामाजिक अभियन्ता उर्मिला चौधरीले ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्डद्वारा सम्मानित भएकी थिइन् । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीलाई उक्त अवार्ड प्रदान गरेका थिए । सोही खुशीयालीमा गृह जिल्ला दाङमा स्वागत सम्मान गरेको छ । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको थारु भाषाको लौवअग्रासन साप्ताहिक पत्रिकाको आयोजनामा सम्मान कार्यक्रम राखिएको हो ।

कार्यक्रममा अभियान्ता चौधरीले सञ्चार माध्यमको साथ सहयोगले आफू कमलरी मुक्त भएर पढ्न र कमलरी मुक्तिको अभियानमा लाग्ने अवसर पाएको बताइन् । अहिले हामी स्वतन्त्र भएका छौ तर पनि अभियान मै छौ, उनले भनिन् । ‘१३ हजार मुक्त कमलरीको पुनस्थापना र व्यवस्थापनका थुप्रै कुरा बाँकी रहेको छ ।’ कमलरीको क्षेत्रमा अगुवाइ गरेर नेपाललाई विश्व सामु चिनाउन पाउँदा धेरै खुशी लागेको बताइन् । उनले भनिन् ,अवार्डले मलाई विपन्न र पछाडि पारिएका समुदायका बालबालिकाका लागि काम गर्न थप हौसला दिएको छ,‘ काठमाडौं स्कूल अफ ल मा बीए एलएलबी पाँचौ वर्षमा अध्ययनरत चौधरीले पढाइ पूरा भएपछि विपन्न परिवारका बालबालिकालाई कानूनी सहायता दिने लक्ष्य रहेको बताइन् ।

सो अवसरमा लौवअग्रासन साप्ताहिकका सम्पादक केबी चौधरी, नेपाल पत्रकार महासंघ केन्द्रका निबर्तमान अध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी , लक्ष्मी आचार्य र संतोष दहित लगाएतले शुभकामना दिएका थिए ।

को हुन् उर्मिला चौधरी ?

दाङको गढवा गाउँपालिका–७ मानपुर निवासी फुलट चौधरी र खलसी चौधरीकी कान्छी छोरी हुन् उर्मिला । उहाँका तीन दाजु, एक दिदी र एक भाइ छन् । आर्थिक अवस्था कमजोर भएका कारण उहाँको परिवारले जमीनदारको जग्गा अधियाँ लिएर जीविका चलाउने गथ्र्यो अधियाँ गरे बापत साहुको घरमा छोरा वा छोरी बँधुवा कामदारका रूपमा पठाउनुपर्ने चलन थियो । उर्मिला ६ वर्षको हुँदा कमलरी राख्न उमेरमा काठमाडौं लगियो ।

घरमा आफूले खाएको भाँडा पनि माझ्न नसक्ने उहाँका लागि मालिकको घरको काम ठूलै बोझ बन्यो । पश्चिम नेपालमा रहेको कमलरी प्रथा उन्मुलनका लागि (असाय नानीहरुको साथी) फ्रेन्स अफ निडि चिल्ड्रन यसलाई छोटकरीमा एफएनसी भन्ने गरिन्थ्यो । सोही संस्थाले कमलरीका अभिभावक र कमलरीहरुलाई परामर्स गर्दै घरमा फर्काउने अभियान चलाएको थियो । सोही अभियान चलेको समयमा उर्मिला पनि साढे ११ वर्षको कमलरी जीवनपछि २०६३ माघ १ गते यसबाट मुक्ति पाएकी थिइन् । दासी जीवनबाट छुटकारा पाएसँगै उनी कमलरी प्रथा उन्मूलन अभियानमा लागिन् । उनको सक्रियताले दाङमा कमलरी उन्मूलन अभियानको अगुवा बनिन् । कमलरी उन्मूलनका लागि साझा अभियानको संयोजक भइन् । त्यसको दुई वर्षपछि उनकै नेतृत्वमा दाङलाई कमलरी मुक्त जिल्ला घोषणा गरियो ।

उर्मिलाकै नेतृत्वमा मुक्त कमलरी विकास मञ्च गठन भयो । त्यसपछि दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हुँदै कमलरी प्रथा विरुद्धको आन्दोलन देशव्यापी बन्दै गयो । उनको नेतृत्वको मञ्चको अगुवाइमा कमलरी मुक्ति अभियानले गति पायो । पाँच जिल्लाका मुक्त कमलरी काठमाण्डौै केन्द्रीत आन्दोलन गरेपछि २०७० असार १३ गते नेपाल सरकारले कमलरी मुक्तिको घोषणा गयो । त्यसपछि हरेक वर्षको असार १३ गते कमलरी मुक्ति दिवस मनाइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?