ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पाल्पाली ढाकासँग जोडिंदै स्थानीयको पहिचान

२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

पाल्पा, २२ कात्तिक ।

उमेरका हिसाबले झण्डै पाँच दशक पुग्न लागेका तानसेन बारुदखानका मनोज पौडेलको पहिचान र परिचय पाल्पाली ढाकासंग गासिन पुगेको छ ।

सानो उमेरबाट नै ढाका व्यवसायमा जोडिएका मनोजलाई यतिखेर कारखानादेखि पसल सम्म पुग्ने ग्राहकलाई इच्छा अनुसार ढाकाबाट निर्मित सामग्रीहरु बिक्रीका लागि भ्याइ नभ्याइ भएको छ । पाल्पाली ढाकाले आफ्नो पहिचान २०१९ सालदेखि नै देशव्यापी रुपमा बनाउन सफल भएको हो ।

पछिल्ला दिनहरुमा ढाकालाई व्यवसायीहरुले विविधिकरण गर्न लागेपछि ढाकाबाट टोपीका अलावा महिला पुरुष दुवैले प्रयोग गर्ने साना साना व्यागहरु, महिलाका लागि पछ्यौरा, चोली, टाई, कुर्ता, आस्कोट जस्ता सामग्री निर्माण गरी ढाका व्यापारको विस्तार बढाएको उनी बताउछन् ।

ढाकाको प्रयोग बढ्न लागेपछि दाजुभाइले पनि दिदी बहिनीलाई ढाकाबाट निर्मित कुर्ता, खास्टो, जस्ता ढाकाबाट निर्मित सामग्रीहरु उपहार स्वरुप दिने गरेकाले तिहार नजिकदै जाँदा ढाका व्यवसायीलाई भ्याइनभ्याइ भएको छ ।

पाल्पाली ढाका काठको तानमा कलात्मक बुट्टा निकालेर तयार गरिने भएका कारणले पनि पाल्पाली ढाकाको छुट्टै महत्व भएको कारण आन्तरिक तथा बाह्र पर्यटकको रोजाइमा पर्न गएको स्थानीयहरु बताउँछन् । पाल्पाली ढाका दसैपछि तिहारको समयमा, विवाहका मौसममा पनि बढी बिक्री हुने गर्दछ । यो मुख्य पर्व तथा भाइ टिकाको समयमा तानसेनमा दैनिक लाखौ रुपैयाको कारोवार हुने गरेको ढाका व्यवसायी मनोज पौडेल बताउँछन् ।

हातले कलात्मक बुट्टा राखी मिहीन तरिकाले बनाइएका ढाकाको विकल्पमा आजभोलि कम लागत र कम समयमा मेसिनको प्रयोग गरी बनाइएका ढाकामा हाम्रै नेपाली व्यापारीले भारतबाट मेसिनको प्रयोग गरी बनाइएका ढाका ल्याई पाल्पाली ढाकाको लेवल लगाएर बिक्री गर्ने परिपाटी बसेकाले ग्राहकहरु ठगिने क्रम समेत बढेको छ ।

नेपालमा मात्र नभएर विदेशमा समेत यहाँको उत्पादन पुग्ने गर्दछ । पहिले पहिले त ढाका उद्योगमा ३ हजार भन्दा बढी महिलाहरुले ढाका बुन्ने गर्थे । पुरानो शैलीको ढाका खोज्ने र रोज्ने अहिले पनि छन् । त्यस्त ग्राहकहरु कम भए पनि आफ्नै कारखानाबाट पुर्याउने गरेको ढाका उद्यमी मनोज बताउँछन् । तानसेन आएका विदेशी पर्यटकलाई स्वागतको लागि ढाकाको टोपी लगाइ दिने चलन भएकाले पनि विदेशीको छनोट मात्र नभई रोजाइ पनि परेको छ ।

ढाका र पर्यटकको सम्वन्ध अत्यन्तै निकट छ । पछिल्लो समयमा ढाकाको दौरा सुरुवाल बिहेमा बेहुलाले लगाउने भएकाले त्यसै संग टोपीको व्यापार पनि हुन्छ । जब सरद ऋतृ सुरु हुन्छ आन्तरिक तथा बाह्य पर्यटकको भिड पनि लाग्छ । पर्यटकको रोजाइमा ढाकाका सामग्री नै पर्दछन् । त्यस समयमा पनि ढाकाको व्यापारमा भ्याइ नभ्याइ हुन्छ । यस्ता साना उद्योगलाई सञ्चालन गर्ने उद्यमीहरुलाई झन्झटिलो सरकारी नीतिले अप्ठेरो पारेको छ । “अहिले पनि हाम्रो कारखानामा काम गर्ने कामदारले मासिक रुपमा २० हजार सम्म कमाउँछन्”–उद्योगी मनोज भन्छन् ।

दैनिक ३० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका उद्यमी पौडेल भन्छन,्“ जब तिहार नजिक नजिक आउँछ तानसेन बजार ढाकाले सजिन थाल्दछ । उपहारका रुपमा दिन मात्र नभएर तिहारलाई लक्षित गरेर बाह्य जिल्लाबाट पनि व्यापारीहरु आउने गर्दछन् । पोखरा चितवन,नेपालगञ्ज र धनगढीका व्यापारीको माग पहिला नै पठाई सक्नु पर्दछ । तिहारमा तानसेनको व्यापार भनेको ढाका नै हो ।”

पहिले त ढाका चोलो, सल र टोपीमा मात्र सीमित थियो तर त्यतिबेला पहिचानका रुपमा टोपी लगाउनेको संख्या सख्या बढी थियो । नयाँ पुस्ता टोपीमा भन्दा आस्कोट, कोट, कुर्ता तर्फ आकषर््िात भएका कारण यो मौसममा उपहार दिनेले खोज्ने र रोज्ने गर्दा ढाकामय हुने गर्दछ । पाल्पाली ढाका प्रवद्र्धन गर्ने उद्देश्यले तानसेन नगरपालिकाले यस आर्थिक वर्षको नीति र कार्यक्रममा प्रत्येक शुक्रबार नगरपालिकाका कर्मचारीलाई ढाकाका पोशाक लगाउन अनिवार्य गरेको छ । पहिलो चौमासिक सकियो तर कार्यान्वयन भने शुन्य नै भएको यहाका पुराना उद्यमीहरु बताउछन् ।

सरकारले पाल्पाको पहिचानलाई थप माथि पु¥याउनका लागि उद्योग सम्वन्धी नीतिलाई परिमार्जन गरी घरेलु उद्योगलाई लक्षित आर्थिक नीति बनाएर कार्यान्वयन गरेको खण्डमा यहाँको उद्योगले सफलताको शिखर चुम्ने उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?