ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

स्क्राबल खेल, सिद्धबाबा स्कुल र रेसुङ्गाको घुमघाम

२१ कार्तिक २०८१, बुधबार
२१ कार्तिक २०८१, बुधबार

शिक्षण सिकाईको प्रभावकारिता बढाउने र सिकाई उपलब्धि बृद्धि गर्नका लागि नयाँ नयाँ शैक्षणिक रणनीतिहरूको निरन्तर उपयोग गरिएको हुन्छ । गुरुकुल शिक्षण पद्धति, प्रबचन र ब्याख्यात्मक विधि, प्रदर्शन विधि जस्ता शिक्षक केन्द्रित विधिको विकल्पका रूपमा विद्यार्थीको क्षमताको कदर गर्दै ज्ञान निर्माणमा विद्यार्थीको भूमिका बढाउने सहभागितात्मक विद्यार्थी केन्द्रित विधिहरूको बढ्दो प्रयोग भैरहेको छ । पछिल्ला दिनहरूमा संज्ञानात्मक विकासले मात्र जीवन सफल नहुने भएकोले विद्यार्थीमा चिन्तन, समस्या समाधान, तार्किक निर्णय जस्ता सिप विकासमा जोड दिइएको छ । त्यसैगरी विद्यार्थीलाई खेल तथा मनोरञ्जनात्मक तरिकाले सिक्ने अवसर दिनुपर्छ भन्ने मान्यता बढिरहेको सन्दर्भमा स्क्राबल खेल एउटा महत्वपूर्ण क्रियाकलाप बनेको छ । स्क्राबल खेलका लागि १५/१५ वर्गाकार कोठा भएको एउटा बोर्ड र १०० वटा अक्षर टाइल हुन्छन् । अक्षरहरूलाई निश्चित अंक तोकिएको हुन्छ । बोर्डमा पनि कतिपय कोठामा पर्दा अक्षरको अंकभार दोब्बर वा तेब्बर हुने गर्दछ । खेललाई प्रतिस्पर्धात्मक बनाउने निश्चित नियमहरू हुन्छन् । दुई वा चारजना विद्यार्थीहरू एउटा बोर्डमा खेल्न सक्छन् । प्रतिस्पर्धा मुख्यगरी दुई जनाका वीचमा मात्रै गराइन्छ । सन् १९३८ मा अमेरिकी कलाविद् अल्फ्रेड मोशर बट्स्ले प्रचलनमा ल्याएको स्क्राबल शब्द खेल अहिले विश्वका १२५ भन्दा बढी देशमा सञ्चालन भैरहेको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेल प्रतियोगिताहरू आयोजना गरिन्छ । नेपालमा सन् २०१५ मा अमेरिकन कर्नर पोखराबाट सुरू भै स्क्राबल क्लब पोखरा (हाल स्क्राबल क्लब) ले स्क्राबल खेलको विस्तार गर्दै आइरहेको छ ।

स्क्राबल खेल शब्द निर्माण सीप, शब्दको हिज्जेको ज्ञान, स्मरण, प्रतिस्पर्धात्मक खेलमा विपक्षीलाई बढी अंक पाउने शब्द निर्माण गर्न नसक्ने गरी रोक्ने र आफूले धेरै भन्दा धेरै अंक प्राप्त गर्न सक्ने शब्द निर्माण गर्ने गरी प्राप्त अक्षरहरूको उपयोग गर्न सक्ने हुनुपर्छ । कुन कुन अक्षरहरूको प्रयोग भैसकेको छ ? आफूसँग के के अक्षर छन् ? र, बाँकी रोज्न सकिने अक्षरहरू के के होलान् भन्नेसमेत आंकलन गरेर खेल्नुपर्ने भएकोले विद्यार्थीमा प्रमाणिक अनुमान गर्ने सिपसमेत आवश्यक पर्दछ । तसर्थ स्क्राबल एउटा शब्द निर्माण खेल र शब्द भण्डार विकास गर्ने मात्र नभै विद्यार्थीमा चिन्तन, तर्क, अनुमान, कल्पना शक्तिको समेत विकास हुन्छ । सायद यी फाइदाहरूका कारण होला नेपालमा छोटो समयमै ४० भन्दा बढी जिल्लामा स्क्राबल खेल खेली सकिएको छ । जिल्लास्तर, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरूको आयोजना र सहभागिता भैरहेको छ । यसैक्रममा गुल्मीको सदरमुकाम तम्घासमा कार्तिक ९ र १० गते आयोजित १० औं स्क्राबल राष्ट्रिय च्याम्पियनसीपमा नेपालका विभिन्न १९ जिल्लाका ७८ जना खेलाडीहरू सहभागी भएका थिए । वान—टु—वान प्रतिस्पर्धामा १६ चरणमा खेलाइएको खेलबाट पहिलोपटक वा पटकपटक सहभागिता जनाएका विद्यार्थीहरू अत्यन्तै उत्साही र प्रतिस्पर्धी पाइएका छन् । खेलाडीहरू, जिल्ला संयोजकहरू, शिक्षकहरू र अभिभावकहरू समेत स्क्राबल खेलप्रति सकारात्मक र उत्साहित देखिन्थे । प्रतिस्पर्धामा जित्न चाहनु स्वाभाविक हुन्छ तर अत्यन्त निष्पक्ष प्रकृतिको खेल भएको कारण जित्नेहरू खुशी भएपनि हार्नेहरू पनि दुःखी थिएनन् । सबैको ध्यान जित—हारभन्दा सिकाई भयो भन्ने थियो ।

तम्घासको सिद्धबाबा माध्यमिक विद्यालयमा आयोजना भएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । विद्यालयले रेसुंगा नगरपालिका र विभिन्न संघ संस्थासँग राम्रो समन्वय गरेको पाइयो । राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा, रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी, रेसुंगा क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशी पन्थी लगायत जनप्रतिनिधिहरू, बुद्धिजिवीहरू, समाजसेवीहरूको बाक्लो उपस्थिति, स्थानीय मगर महिला संघको सहयोग, होटल बसाइ, दिवा खानाको ब्यवस्थापन लगायतले आगन्तुकहरूलाई लोभ्याएको थियो । सिद्धबाबा विद्यालयको भौतिक पूर्वाधार, वातावरणीय सुन्दरता र सजावट, प्रधानाध्यापकको नेतृत्व, शिक्षक विद्यार्थीहरूको क्रियाशीलता र स्वयम्सेवा, विद्यालयकै होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूको सेवा लगायत धेरै पक्ष सहभागिहरूका लागि लोभलाग्दा पक्ष भए । पेटी र गल्लीमा गमलामा फुलेका फूल देखेर सहभागी शिक्षकहरू भन्दै थिए — यहाँका विद्यार्थीले फूल निमोठ्दैनन् र ? खाना, बासका साथै चौबिसै घण्टा गुल्मेली कफी पिउन पाइन्थ्यो । अर्का सहभागीले भन्नुभयो– विद्यालयको साइनबोर्ड नहेरेर भित्र आइयो भने यो त ठूलै होटल हो भन्ने ठानिन्छ । प्रधानाध्यापक डोरबिक्रम श्रीसले गुल्मी आएर चिया पिउने होइन, कफी पिउनुस् है भन्दै सबैलाई कर गरिरहनु हुन्थ्यो । यस पटकको कार्यक्रममा शिक्षकहरूका लागि प्रशिक्षण सत्र पनि सञ्चालन भए । स्क्राबल क्लबका सल्लाहकार एवम् गैंडाकोट स्कूलका प्रिन्सिपल हिरालाल अर्यालले विद्यालय रूपान्तरणका लागि दूरदृष्टि, लक्ष्य र उद्देश्य निर्धारण गरी सञ्चालन गर्नुपर्ने बताउनु भयो । अर्का प्रशिक्षक नेल्टा लुम्बिनीका अध्यक्ष गोपालप्रसाद वस्यालले टिचर वेलबिइङ्ग र सिकाईमा प्रभाव, एपेक्स स्कुल शंकरनगरका प्रिन्सिपल दिपक गौतमले विद्यार्थी गुणीय चक्रको परिचय र क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले स्क्राबल खेलका पछिल्ला नियमहरूका बारेमा प्रस्तुति गर्नुभयो । कार्यक्रममा स्क्राबल क्लबका केन्द्रिय समिति र जिल्ला संयोजकहरूको बैठक पनि चलेको थियो ।

कार्यक्रमको एउटा प्रमुख आकर्षण रेसुंगा घुमघाम रह्यो । विद्यालयका दुईवटा बसमा भरिएर सहभागिहरू रेसुंगा घुम्न पुगे । तराईको गर्मीबाट दिक्क भएका सहभागीहरू रेसुंगाको शीतल वातावरण, घना झाडी, अग्ला गुँरासका रूखहरू, पवित्र धार्मिकस्थल, महापोखरी जलसेचन र बुद्ध गौतमबाट रेसुंगा तपोभूमिको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय महत्वकाबारेमा प्रकाश पारिए पश्चात् रेसुंगा डाँडामा पुग्ने सिंढीहरू चढ्न सुरू गरे । रेसुंगा यज्ञशालामा पुगेपछि दर्शन र साधु कृष्ण पन्थीबाट रेसुंगाको महिमा सुनेपछि सबैमा रेसुंगाप्रति अझ सम्मान पैदा भयो । ऋष्यशृंग्यले तपस्या गरेको सत्य युगदेखिकै तपोभूमि रेसुंगाको नामपनि यिनै ऋषिको नामबाट भएको भन्ने सर्बसम्मत विश्वास छ । त्रेतायुगका रामको पनि रेसुंगासँग सम्बन्ध भएको विश्वास गरी रामगुफाको संरक्षण समेत गरिएको रहेछ । यज्ञशालामा भक्तगुरूहरू बस्नुहुन्छ । यो यज्ञशालामा अखण्ड होम भैरहेको छ । यज्ञशालाको माथि चुचुरोमा सिद्धस्थान रहेको छ । शिक्षक बासुदेव पन्थीले यही सिद्धस्थानको नामबाट सिद्धबाबा विद्यालयको नामाकरण गरिएको बताउनु भयो । मनोकामनाहरू पूरा हुने सिद्धस्थानमा बाह्रै महिना मानिसहरू दर्शनका लागि जान्छन् । तर, साउन महिनाभर रेसुंगामा मेला लाग्ने गर्दछ । कार्तिक ठूलो एकादशीमा समेत यहाँ ठूलो मेला लाग्दछ । रेसुंगा वन क्षेत्रमा प्रवेश गर्ने गोर्जुधामा सुन्दर पार्क निर्माण गरिएको छ । तापनि रेसुंगाको प्राकृतिक वनले मानिसहरूलाई मात्र आकर्षण गरेको छैन कि बाघ, चितुवा आदि जनावर र सयौं चराचुरुङ्गीहरूको आश्रय पनि हो । रेसुंगाको टुप्पोमा भ्यू टावर बनाइएको छ । यस टावरबाट मौसम सफा हुँदा उत्तरतिर धौलागिरी र अन्नपूर्ण हिम श्रृंखलाको लामो दृष्य र दक्षिणतिर तराई भू–भागसमेत देख्न सकिन्छ । यी तथ्यको जानकारी र रेसुंगाको चुचुरोलाई चुमेर यज्ञशालामा फर्कंदा त्यहाँका साधु गुरूहरूले दिनुभएको विना चिनी र चियापत्तीको चियाले सबैको प्रशंसा पायो । जडिबुटीबाट बनाइएको यो चिया पक्कै पनि स्वास्थ्यका लागि पनि फाइदाजनक हुनुपर्छ । हामी चिया पिउँदै भजनमा नाच्यौं । त्यही बेला गौशालामा यज्ञ चलिरहेको रहेछ । हाम्रो समय सीमाका कारण गौशालातिर जान भने मिलेन । नेपाल सरकारले समेत पर्यटकीय गन्तब्यको सूचिमा राखेको रेसुंगाको प्रवद्र्धनका लागि रेसुंगा नगरपालिकाले जाउँ हिँड रेसुंगा अभियान सञ्चालन गरेको रहेछ । वास्तवमा प्राकृतिक सौन्दर्यता, ऐतिहासिक एवम् धार्मिक तपोभूमि र पर्यटकीय गन्तब्यको हिसावले रेसुंगा यात्रा सार्थक छ । कुनै समय नोकरीको सिलसिलामा रेसुंगा वनको बाटो धेरैपटक हिँड्नुपरेको भएतापनि रेसुंगाको महत्व र आनन्द स्क्राबल च्याम्पियनसिपका नाताले सिद्धबाबा माध्यमिक विद्यालयले मिलाएको रेसुंगा घुमघामका क्रममा प्राप्त भयो ।

अत्यन्तै अर्थपूर्ण बसाइपछि कार्यक्रमको समापनमा बस्नुप¥यो । अन्तर्राष्ट्रिय खेलमा नेपालबाट खेल्ने २५ उत्कृष्ट खेलाडीहरूको घोषणा, सर्बोत्कृष्ट पाँचजनालाई पुरस्कार र ट्रफी प्रदान, सम्पूर्णलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरियो । सिद्धबाबाका विद्यार्थीहरूले स्क्राबल नाच र विभिन्न लोकसँस्कृति झल्कने नाचहरू प्रदर्शन गरे । सबैको प्रशंसा पाए । अत्यन्तै आनन्दकासाथ तम्घासमा बसिरहेका बेला दुईवटा पक्षले कताकता असजिलो महसुस भयो । रेसुंगामा मन्दिरहरू पहिलेदेखि छन् । आजकल पनि केही थपिएछन् । यसैगरी मन्दिर वा पार्क वा भ्यु टावर वा भ्यू पोइन्ट वा होटल वा अस्थायी पसलहरू क्रमशः बढ्दै जाँदा रेसुंगाको मौलिकता मासिने हो कि ? यसतर्फ रेसुंगा नगरपालिका र संरक्षण समितिले कसरी सोंचेको छ ? दोस्रो चिन्ता जाँदा हायस गाडीले रू ५०० भाडा लियो भने आउँदा अर्को हायसले ५९० लियो । किन ? मैले प्रश्न गरें । ड्राइभरले मास्टरलाई ५०० पनि महंगो भयो होला भन्यो । म चुप लागें । तम्घासदेखि बुटवलको भाडा ६९० र पाल्पासम्मको भाडा ५९० । कसरी निर्धारण गरेको होला ? जब कि पाल्पादेखि बुटवलको भाडा लोकल बसमा पनि १५० छ । यी दुईवटा तीता अनुभूति सहित तम्घास यात्रा विश्राम भयो । यी दुईवटा ढुंगा दाँतमा लागेपनि समष्टिमा दशौं स्क्राबल च्याम्पियनसिप सिद्धबाबा मा.वि. तम्घासमा अर्थपूर्ण, ज्ञानवद्र्धक र भब्यताकासाथ सफलतापूर्वक सम्पन्न भयो । धेरै लोभलाग्दा पक्ष सिद्धबाबाले दिएको छ । आगामी वर्ष हेटौडामा थप उत्साहकासाथ बालजागृति सेकेण्डरी स्कूलमा भेट गरौंला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?