ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

महर्षि आगमनको स्वर्ण महोत्सव

२१ कार्तिक २०८१, बुधबार
२१ कार्तिक २०८१, बुधबार

महर्षि महेश योगी एक विशिष्ट साधक, भावातीत ध्यानका द्रष्टा, वैदिक महर्षि, विश्वशान्ति महाराष्ट्रका पिता आदि इत्यादि शब्दका साथ चर्चा गरिएता पनि यी शब्दरूपी विशेषणले उहाँको मूल्याङ्कन अत्यन्तै थोरै हुन जान्छ । नेपाल एवम् भारतमा बसेर साधना गरी भारतवर्षका लागि कल्याणका कामना गर्ने त दृश्यरूप एवम् अदृश्यरूपमा पनि धेरै सन्त महन्त हुनुहुन्छ । त्यस्तै विश्व बजारमैँ वेदविहित कुनै मार्गलाई मात्र आधार बनाएर त्यहाँ गई सनातन धर्मको प्रचार–प्रसार गर्ने पनि केही सन्त हुनुहुन्छ । तर, विश्व बजारमै वैदिक सत्य सनातन धर्मको मर्मका साथ आफ्नो गुरु परम्पराको उद्देश्य अनुरुप नै गुरुको आज्ञाले जीवनभर गुरुकै नाममा जीवन अर्पण गरी वेदभित्रको कर्मयोग, ज्ञानयोग र भक्तियोगको वैज्ञानिक व्याख्या गरी पाश्चात्त्य आधुनिक वैज्ञानिकहरूलाई समेत चित्त बुझाउन सफल महर्षि महेश योगी हालसम्मको लिखित र मौखिक इतिहासमा पनि एक्लो हुनुहुन्छ भन्दा कुनै अत्युक्ति नै हुँदैन । आधुनिक नश्वर भौतिक विज्ञानमा विशिष्ट शैक्षिक योग्यता बनाएतापनि प्राचीन शाश्वत आध्यात्मिक विज्ञानको एक प्रखर व्याख्याता हुनुमा उहाँ पूर्णरूपमा भगवान् नारायणबाटै विशेष आशीर्वाद प्राप्त भएको कुरा निर्धक्क रूपमा भन्न सकिन्छ । आजभन्दा लगभग १०६ वर्ष पहिले भारतमा जन्मनुभएका महेशप्रसाद वर्माले जोशी मठका शङ्कराचार्य स्वामीब्रह्मानन्द सरस्वतीबाट ब्रह्मश्चर्यको दीक्षा ग्रहण गर्नुभई उहाँबाटै परा एवम् अपरा विद्याको ज्ञान प्राप्त गर्नुभयो । गुरुकै आज्ञाले हिमालयमा गई योग साधना र सिद्धिका माध्यमले ब्रह्मविद् भई कालान्तरमा महर्षि महेश योगीका नामले प्रख्यात हुनुभयो । भगवान् नारायणबाटै थालनी भएको गुरु परम्परामा भगवान् शिवले आद्य शङ्कराचार्यका रूपमा अवतरित हुनुभएको कुरा सर्वविदितै नै छ । गोवद्र्धन पीठका वर्तमान शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीका अनुसार आद्य शङ्कराचार्यले आजभन्दा लगभग २५०० वर्षभन्दा पहिले अज्ञानका कारणले विभिन्न मत मतान्तरमा विभाजित भई कठिन अवस्थामा पुगेको वैदिक सत्य सनातन धर्मको मर्मलाई जनमानसमा बुझाउँदै धर्मको आभास दिलाउने झारपातको गोडमेल गर्दै वैदिक सत्य सनातन धर्मको मूल वृक्षलाई सबैका अगाडि स्पष्ट पारेर देखाई दिनुभएको थियो । उहाँले कालान्तरमा आउने यस्तै समस्याहरूको समाधानका लागि चार दिशामा चार पीठको स्थापना पनि गर्नुभएको थियो । यी पीठमा यही परम्परा अनुसार आबाल ब्रह्मश्चर्यको नियमले वेदादिशास्त्रको अध्ययनका साथ आफूलाई ब्रह्मविद्को श्रेणीमा पु¥याई गुरुबाट विधिवत् संन्यास ग्रहण पश्चात् मठाधीश हुने परम्परा चलिरहेको छ । यसरी चलिरहेको परम्परामा जोशी मठका शङ्कराचार्य स्वामीब्रह्मानन्द सरस्वतीलाई आद्य शङ्कराचार्यसँग तुलना गर्ने गरिन्छ । भारतको गोरक्षा आन्दोलनका अभियन्ता स्वामी करपात्रीमहाराज, शाङ्कर वेदान्तका प्रखर व्याख्याता स्वामी अखण्डानन्द सरस्वती एवम् महर्षि महेश योगी उहाँका प्रखर शिष्य भएका कारण तथा उहाँमा भएको विद्वत्ताका कारणले पनि उहाँलाई यसरी आद्य शङ्कराचार्यकै समान मानिएको हो ।


माथिकै प्रसङ्ग अनुसार महर्षि महेश योगीले आफ्ना गुरुबाट अत्यन्तै छोटो समयमा नै यति धेरै ज्ञान लिनुभएछ कि अहिले नेपाल, भारत लगायतका देशका साथै पूरा युरोप र अमेरिका पनि त्यही ज्ञानका कारणले देदिप्यमान भईरहेका छन् । स्वामी विवेकानन्दले पाश्चात्त्य देशहरूमा हाम्रो ज्ञानको महत्व दिएर आउनुभयो । प्रभुपादले भक्तिका माध्यमले ती देशहरूका मानिसहरूको सुसुप्तिपनलाई जगाइदिनुभयो । अनि महर्षि महेश योगीले चाहिँ ती मानिसहरूमा ज्ञान, भक्ति र कर्मका माध्यमले चेतनाको स्तर बढाई दिई अध्यात्मको महत्वलाई आधुनिक वैज्ञानिक यन्त्रकै माध्यमले प्रमाणित गरिदिनुभयो । महर्षिले गुरुकृपाले प्रकाशित पार्नुभएको वेदविहित भावातीत ध्यानको ज्ञान यति वैज्ञानिक र प्रभावशाली छ कि यसले जस्तोसुकै मानिसलाई पनि पूर्ण चेतनाको स्तरमा पु¥याउन सक्दछ । हामीले समाजमा अध्यात्मवादीहरूमा पनि केही समस्या देखिरहेका छौँ । त्यो कारण के हो त भने उनीहरूले अध्यात्मभित्रकै महत्वपूर्ण ध्यानका माध्यमले आफ्नो चेतनाको स्तर बृद्धि गरी जीवन बुझ्न सकिरहेका हुँदैनन् । ईश्वरपूजा, जप आदि कर्मकाण्डका एक्सुलेटर त मजाले थिचिरहेका हुन्छन् । तर, ब्रेकरूपी ध्यानको प्रयोग नगर्दा ठाउँ ठाउँमा दुर्घटित पनि भइरहेका देखिन्छन् । त्यसमापनि अहिले आएको नयाँ सजिलो एबिएस् ब्रेक जस्तै ध्यानभित्रको भावातीत ध्यानलाई प्रयोग गरेर जीवनलाई सहजरूपले लैजान सकिरहेका देखिँदैनन् । त्यसैले जीवनलाई सहज र सरल तरिकाले कुनैपनि अभावका साथ लैजाने विचार हामीले गरिरहेका छौँ भने त्यसको उपाय भावातीत ध्यान रहेछ । यस ध्यानले व्यक्तिको चेतनास्तरलाई बृद्धि गरिदिँदै व्यक्तिमा रहेको कुनैपनि अभावको पूर्ति प्राकृतिक तरिकाले गर्दो रहेछ । यस तरिकाको उपयोग अहिले विश्वमाहामीले भन्दापनिपाश्चात्यहरूले गरिरहेको देखिएको छ । वेदादिशास्त्रमा रहेका दर्शनलाई जीवनमा उतारी त्यसका माध्यमले सुखी जीवन विताइरहेका देखिन्छन् । हाम्रै वेदोक्त कर्महरूको प्रयोग गरी विश्वमा शान्ति ल्याउने कुरामा ढुक्क देखिन्छन् । महर्षि महेश योगीका पथानुगामी सामान्य मानिस छैनन् । कोही टाउकाका नसा नसाका बारेमा अध्ययन गर्ने डाक्टर छन्, कोही क्वान्टम फिजिक्सका व्याख्याताहरू छन् भने कोही त राजनीति गरेर देशलाई समृद्ध गराएका पूर्व प्रधानमन्त्रीहरू रहेका छन् । धेरै धर्म गुरुहरूले प्रवचन गर्ने, व्याख्या गर्ने र चेलाचपेटाहरू बनाउने गरेको देखिन्छ भने महर्षि महेश योगीले वेदोक्त आध्यात्मिक ज्ञानलाई यन्त्र विज्ञानका माध्यमले प्रमाणित गरेरै देखाई त्यसैका माध्यमले जीवन चलाउन सिकाउनु भएको छ । उहाँले गराएको कर्मले तुरुन्त प्रभाव देखाएकाले नै उहाँका पछाडि वैज्ञानिकहरूको भिड लागेको हो । महर्षि महेश योगीले नै विश्वशान्ति महाराष्ट्रको घोषणा गरी महाराजा घोषणा गर्नुभएका महाराजा राजाराम डा.टोनीनादर जो दिमागको क्षेत्र एवम् संज्ञानात्मक विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ यस्ता न्युरो साइन्टिस्टले समेत शरीर विज्ञान र वेद विज्ञानको अध्ययन÷अनुसन्धान गरी हाम्रो शरीर नै वेदको अभिव्यक्ति रहेछ भन्ने प्रमाणका लागि ह्युमन फिजियोलोजिएक्प्रेसन अफ वेदा भन्ने पुस्तक नै लेख्नुभएको छ । महर्षि महेश योगीको आज्ञा अनुसार उहाँ लगायतका हजारौँ वैज्ञानिक विश्वमा शान्ति भनेकै वेदोक्तकर्मको अनुशासनले मात्र हुँदो रहेछ भन्दै त्यसकै प्रचार–प्रसारमा लाग्नुभएको छ ।

यस्तै किसिमका वैज्ञानिकहरूको नेतृत्व गर्दै महर्षि नेपाल आएर हामी नेपालीलाई चेतनाको स्तर बढाउने ज्ञानरूपी गोली खुवाएर गएको पनि पचास वर्ष भएको छ । त्यसबेला अर्थात् वि.सं. २०३१ सालमा उहाँ नेपाल आउँदा समेत उहाँ आफ्नै जेट प्लेन लिएर आउनुभएको थियो । एक धोती लगाएर हिँडेका सन्तका पछाडि सयौँ वैज्ञानिकको लर्को थियो । ५०० थान टिभिका माध्यमले राजदरबार र सिंहदरबारमा ज्ञानको ज्योति फुकिदिनुभएको थियो भने २५०० भन्दा बढीलाई एअरफोनका माध्यमले एकैपटक भावातीत ध्यानको सूत्र प्रदान गर्नुभएको थियो । राष्ट्रगुरु योगी नरहरिनाथले आफ्ना संस्कृत काव्यका माध्यमले उहाँलाई स्वागत गर्नुभएको थियो । सरकार एवम् राजगुरुहरूबाट उहाँको स्वागत भएको थियो । उहाँ नेपालमा आउँदा यहाँका तात्कालिक जनताको भेषभुषा र संस्कार देखेर प्रत्येक नेपालीहरू देवताहरू हुन् भनेर प्रशंषा गर्नुभएको थियो । विश्व शान्तिका लागि ल्भउब ितय भिबम तजभ धयचमि अर्थात नेपालले संसारलाई नै नेतृत्व गर्न सक्दछ भन्ने उद्घोष गरी हामीलाई उत्साहित बनाउनुभएको थियो । तर, के गर्ने राष्ट्रगुरु योगी नरहरिनाथ जस्ता अवतार पुरुषलाई समेत थुन्ने सरकारले उहाँलाई पनि चिन्न सकेन । वैदिक प्रणाली अनुसारका कुराहरू मान्छौ भने तिमीहरूको देश नै पूरा बजेटका साथ चलाइदिन्छु भनेका कुराहरू पनि मिसिनरी स्कूलमा पढेका शासकहरूले त्यतिखेर पनि बुझेनन् र २०४७ पछि पनि बुझेनन् । उहाँद्वारा त्यतिखेरको केही समयपछि खोलिएको गुरुकुल पनि यहाँकाले हिनामिना पारिदिए ।
तरपनि हाम्रो भाग्यले गर्दा महर्षिका ती वैदिक अभियान पूरा गर्न एकजना ज्यूँदो पुरुष हाम्रो अगाडि आउनुभएको छ र उहाँले आफ्नो बृद्ध शरीरको प्रवाह नगरिकनै अहोरात्र यस अभियानमा खट्नुभएको छ । उहाँ हुनुहुन्छ – नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष पूर्व मन्त्री एवम् नेपालमा सहकारीका पिता श्री दीपकप्रकाश बाँसकोटा । उहाँको नेतृत्वमा अन्य धेरै ध्यान शिक्षकहरूले यस अभियानलाई साथ दिइरहनुभएको छ । त्यस्तै यहाँ हामी हाम्रै ज्ञानलाई नबुझेर जिन्दावाद र मुर्दावादका नारामा पछि परेकाहरूलाई जगाउन अमेरिकाबाट राजाकिन्स्ले ब्रुक्स दम्पत्ति नेपालमा निरन्तर काम गरिरहनुभएको छ । अतःःमहर्षि महेश योगी नेपाल आउनुभएको सुखद अवसरले पचास वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उहाँहरूले नै यही कार्तिक २१ गतेदेखि २५ गतेसम्म अतिरुद्र विश्व कल्याण विराट महायज्ञको आयोजना गर्नुभएको छ । यज्ञको उद्देश्य अरू यज्ञहरूको जस्तो द्रव्य सञ्चयका साथ अन्य कार्यको अभीष्ट नभएर नेपाल सहित विश्वमा नै शान्तिको कामनाका लागि रहेको छ । यज्ञ गर्दा खर्च पक्कै हुन्छ । यही यज्ञ व्यवस्थापनका लागि चाहिने रकममात्र उहाँहरूले माग गर्नुभएको छ । खानपान आदि पूर्ण आचारमा रही दैनिक आफ्ना जपकर्मादिका साथ भावातीत ध्यान गर्ने गुरुहरूबाट मन्त्र पढी गरिने यो महायज्ञ अत्यन्तै प्रभाविलो बन्नेछ । एक शताब्दीमा पनि नआउने यस किसिमका यज्ञमा सहभागी हुन पाई हामीले पनि सकेसम्म तन, मन र धनले सहयोग गर्न पाउनुलाई गौरवकै विषय हुनेछ । त्यस्तै यही यज्ञकै बीचमा विश्वका गन्यमान्य वैज्ञानिकहरूका उपस्थितिमा हुने वैज्ञानिक सम्मेलन पनि अपूर्व नै हुनेछ । त्यसैले यस किसिमका सुअवसरमा उपस्थिति जनाई मनुष्य जीवन धन्य पार्नु हुन संस्थाले हार्दिक अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?