ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

आउँदा अम्बा, फर्किदा नुन तेल

२१ कार्तिक २०८१, बुधबार
२१ कार्तिक २०८१, बुधबार

गुल्मी, २१ कार्तिक ।
नुन तेलको जोहो गर्न टाउकोमा नाम्लो र पिँठ्यूमा डोकोभरी बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्दछन गुल्मीका विपन्न परिवारका महिलाहरू । घरको आर्थिक अबस्था कमजोर बनेका जिल्लाको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला तथा वालबालीकाहरू घरमा नुन तेल र कापीकलमको जोहो गर्न डोको र झोलामा अम्बाको भारी बोकेर बिक्रिका लागि सदरमुकाम तम्घास आउँछन छन् ।

कात्तिकको पहिलो सातादेखि वर्षेनी कहिले पैदल त कहिलो सवारी साधन मार्फत बेलाउती (अम्बा) बिक्रि गर्न सदरमुकाम तम्घास आउने उनीहरूको दैनिकी जस्तै बनेको छ । घरदेखि सदरमुकाम तम्घाससम्म आउन यातायातको सहज पहुँच भएपनि गाडिको भाडा तिर्दा खर्च लाग्ने हुँदा कतपय पैदलै हिँडेर सदरमुकाम आउने गर्दछन् । एकाबिहानै पिठ्युमा डोकाभरी अम्बाको भारी बोकेर निस्किएपछि दिनभर बजारमा अम्बा बिक्रिगरेर मात्र राती अबेर फकने गर्दछन ।

गाउँमा यतिवेला प्राय धेरैका खर्यान तथा बारीहरूमा प्रशस्त मात्रमा अम्बा पाकेका छन । गाउँमा अम्बाको खासै महŒव नहुने र त्यहाँ बिक्रि पनि नहुने भएका कारण उनीहरू अम्वा टिपेर बिक्रिका लागि तम्घाससम्म ल्याउने गर्दछन् । यसो गर्दा अम्बा पनि खेर नजाने र अलीकति भएपनि घरखर्चको मेसो जुर्ने भएका कारण अम्बा बोकेर बिक्रिका लागि सदरमुकामसम्म आउने जाँगर बढेको ईस्मा गाउँपालिका ५ बुल्मकी भिमकला कुमालले बताईन ।

धुर्कोट गाउँपालिकाका लक्ष्मी मुखिया र राधिका मुखिया पनि अम्बा बिक्री गरेर नुनतेल र चिनी किन्नका लागि खर्च जुटाउनका अम्बा बिक्रि गर्न सदरमुकाम तम्घाससम्म आईपुगेको बताउँछिन् । सिजन अनुसारको फल सबैले मन पराउने र खान पनि निकै स्वादिलो मान्ने भएका कारण सबैले मन पराउँछन । “गाउँघरमा भनेको समयमा कसैले पैसा सापटी पाईदैन, घरमा आम्दानी पनि त्यस्तै छ, अर्काको घरमा मेलापात गरेर जीवन गुजारा गर्नुपर्छ, त्यही भएर फुर्सदको खाली समयमा बेलाउती (अम्बा) बिक्री गर्न तम्घास आईपुगेका हौं,” राधिका मुखियाले भनिन् ।

राधिका मुखिया आफूले डोकोमा बोकेर ल्याएको अम्बा बिक्री गरेर दैनिक पाँच सयदेखि आठ सय रूपैंयाँसम्म आम्दानी गर्दै आएको बताउँछिन । “एउटा दाना अम्बालाई दुई रूपैंयादेखि तीन रूपैंयाँसम्ममा बिक्री हुने गर्दछ । बिक्रि गरेको पैसाले घरमा तेल र चिनी किनेर जाने हो,” मुखियाले भनिन् । शहरदेखि गाउँसम्म यतिबेला भर्रखर तिहारको चहल पहल सकिँदै जान थालेको छ । तर जिल्लाका विपन्न परिवारका कुमाल समुदायलाई भने आफ्नै कसरी छाक टार्ने भन्ने समस्याले पिरोली रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?