ट्रेंडिंग:

>> देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना >> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता

प्रतिशोधजन्य घटना नियन्त्रण गर

२१ कार्तिक २०८१, बुधबार
२१ कार्तिक २०८१, बुधबार

पछिल्लोसमय अपराधजन्य घटनाका पछिको मूख्य कारणको रूपमा प्रतिशोध गंभीर चुनौतिका रूपमा देखापरेको छ । कुनैपनि नाममा प्रतिशोध साँध्ने प्रवत्तिले अपराधीकरणलाई मलजल गरिरहेको छ । बदलाको भावना वा रिस फेर्ने नाममा बढ्दो अपराधजन्य घटनाले चुनौति सिर्जना गरिदिएको छ । पछिल्ला केही उदाहरणले के संकेत गर्छन भने मानिस रिसको नाममा वा बदलाको भावनाले हत्यासम्म गर्न पछि पर्दैनन् । नेपाल प्रहरीको तथ्याँक अनुसार एक बर्षमा करिव ६० हजार घटना अपराधसँग जोडिएका छन । अपराधजन्य ती घटनामा प्रतिशोध पनि मूख्य कारणका रूपमा देखिएको छ । ७७ वटै जिल्लामा एक बर्षमा हुने अपराधका घटनाको मूख्य कारणमा प्रतिशोध पनि देखिनु गंभीर चिन्ताको बिषय हो । बाराको महागढीमाई नगरपालिकामा केही दिन अगाडि भएको हत्या प्रकरणमा यही प्रवृत्ति देखिएको छ । केही बर्षदेखि नारायणप्रसाद यादवको जग्गा खनजोत गर्दै आएका सुकई चौधरीले यादवले जग्गा खोसेको भन्दै आवेगमा आएर हत्या गरेको स्वीकार गरेका छन । प्रहरी हिरासतमा रहेका चौधरीले प्रहरी बयानमा भनेका छन्– ‘करिब २÷३ वर्ष अगाडि म उहाँको खेत खनजोत गर्थेँ, तर पछि उहाँले मसँग त्यो खेत फिर्ता लिनुभयो । त्यसपछि त्यो खेत खनजोत गर्न अरूलाई दिनुभयो, अनि मेरो मनमा रिस पलायो ।

यही रिसइबीका कारण मेलै उहाँलाई मार्ने योजना बनाएँ, अस्ति राती भेटिनु भयो, त्यही बेला खुकुरीले प्रहार गरिदिएँ । अपराधको यस्तै उदाहरण केही दिनअघि स्याङजामा पनि दोहोरिएको थियो । स्याङजामा भएको अपराधमा आफूले मन पराएको युवतीले अर्कैलाई मन पराउन थालेको नाममा युवतीको हत्या गरेको घटना थियो । यस प्रकारका अपराधजन्य घटनाले अहिले नेपाली समाजलाई नै बिद्रुप वनाउने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । हिंसाजन्य घटनामा बृद्धि हुनु गंभीर चिन्ताको बिषय हो । यसले नेपाली समाज आपराधीक मनोबृत्तितर्फ उन्मुख भैरहेको हो कि भन्ने भय उत्पन्न भैरहेको छ । सामान्य निहुँमा प्रेमीकाले प्रेमीको हत्या गरेको घटना सुन्न र पढ्नु परिरहेको मात्रै छैन, अरू धेरै घटनाहरू यस्ता छन जुन मानव समाजलाई नै कलंकति वनाउने प्रकृतिका छन र तीनले मानवीय समबेदना बिर्सेको प्रतीत हुँदैछ ।सामान्य झगडाको निहुँमा ज्यानै लिनेसम्मका घटना हुन थालेका छन् । पहिले पहिले अपराध र मानव हिंसाका घटनाको उदाहरण दिनुपर्दा भारतको उदाहरण दिने गरिन्थ्यो तर पछिल्लोसमय नेपालमा धेरै गंभीर प्रकृतिका अपराध हुन थालेको छ । पछिल्लोसमय मानिसमा अपराधको मानसिकता नै तयार भएको देखिन्छ । सामान्य घटनामा पनि मानिसको हत्या भएका घटना सुन्नमा आएका छन् । खासगरी तराईका जिल्लामा अहिले अपराधका घटनाले जनजीवनमा सन्त्रासको अवस्था उत्पन्न भएको छ । तराईका विभिन्न स्थानमा भएका अपराधजन्य घटनाले जनजीवनमा पनि गंभीर असर परेको छ ।

पछिल्लोसमय जुन अपराधजन्य घटनाको त्रास देखिएको छ, यो अवस्था तत्काल निराकरणका लागि प्रशासन गंभीर हुनु जरुरी छ । नेपाल सरकारले सुरक्षाको व्यवस्था प्रभावकारी वनाएको वताईरहेपनि मुलुकका विभिन्न स्थानमा भैरहेका आपराधिक प्रकृतिका घटनाले आम जनमानसलाई चिन्तित वनाउने गरेको छ । अव अपराधजन्य घटना नियन्त्रण नगर्ने हो भने नेपाल भारतजस्तै अपराधीकरणको अर्को देश बन्ने खतरा छ । पछिल्लो समय अपराधजन्य घटना न्यूनिकरणका लागि धेरै प्रयास भएका छन तर ती परिणाममा शून्यको अवस्था छ । अहिलेपनि सुन्दा पनि पत्याउनै नसकिने अपराधका घटना रोकिएको छैन् । अव यसका लागि फेरी पनि सरकार, नागरिक समाज र सिंगो नेपाली समाजले नियन्त्रणको प्रयासमा प्रतिवद्धता जनाउन ढिलाई गर्नु हुँदैन । अपराधजन्य घटना न्यूनीकरणका लागि समाजलाई शिक्षित, समुन्नत र संस्कारी बनाउनु पनि उत्तिकै जरुरी छ । यसतर्फ सवैको ध्यान जानु बाञ्छनीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?