Butwal Today

अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकको मृत्यु

१९ कार्तिक २०८१, सोमबार
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ डिभर्नामा इन्डियन नं प्लेटको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ढुङ्गे देउरालीमा आज साँझ एचआर ५५ एयु ८७९३ नं को कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कार चालक मालारानी गाउँपालिकाका ७ का नविन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।