Butwal Today

प्रधानमन्त्री ओलीले लगाए बहिनीहरूबाट भाइटीका

१८ कार्तिक २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरूबाट भाइटीका लगाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीबाट उनले भाइटीका लगाएका हुन्।

प्रधानमन्त्रीले ओलीले आफूलाई टीका लगाइदिने बहिनीहरूलाई पनि टीका लगाइदिएका थिए। आज नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन भाइटीका लगाइएको छ। दिदीबहिनीले दाजुभाइको आरोग्यको कामना गरी टीका, माला तथा प्रसाद प्रदान गर्ने चलन छ। दाजुभाइले पनि गच्छेअनुसारको दक्षिणा तथा उपहार दिने परम्परा रहीआएको छ।