ट्रेंडिंग:

>> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी

तिहार पर्वमा मुख्यमन्त्रीको सन्देशः सामूहिक हितका लागि गरिने कामलाई प्रोत्साहन गरौं

१८ कार्तिक २०८१, आइतबार
१८ कार्तिक २०८१, आइतबार

दाङ, १८ कात्तिक ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिएको बताएका छन् ।

तिहार पर्व २०८१ को अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने बताएका छन् ।

तिहारको अवसरमा देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु¥याउने बताउदै उनले चाडपर्वमा देखापर्ने विकृति, विसङ्गतिको अन्त्य गर्दै सामूहिक हितका लागि गरिने कामहरुलाई प्रोत्साहन गर्न जरुरी रहेकोमा जोड दिएका छन् । ‘तिहारलाई उज्यालो पर्वको रुपमा पनि लिने गरिन्छ । सत्य र न्यायको पक्षमा उभिन समेत प्रेरित गर्ने गरेको छ । तिहारले मानव, प्रकृति र पशुपंक्षीबीचको सन्तुलनलाई सम्मान गर्छ । यस प्रकारका प्रयासले प्रदेशमा सामाजिक एकता, पर्यावरण संरक्षण र दिगो विकासको पक्षलाई बलियो बनाउन मद्दत गर्दछ’ शुभकामना सन्देशमा भनिएको छ, ‘कृषि, पशुपालन, आर्थिक उपार्जन, उद्यम विकास लगायतसँग यसप्रकारका पर्वहरुको सम्बन्ध गाँसिएका हुन्छन् ।’

यस्तै मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को प्रमुख आकांक्षा पूरा गर्न प्रदेश सरकारले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको बताएका छन् । ‘हाम्रा परम्पराहरु समाज विकाससँग जोडिएका छन् । चाडपर्वका मूल्य मान्यताहरु अनुशासनसँग जोडिएका छन् । तसर्थ प्रदेश सरकारले समाज रुपान्तरण, समाज परिवर्तनका क्षेत्रमा नवीनतम अभ्यासहरुलाई प्रोत्साहन गर्दै आएको छ’ सन्देशमा भनिएको छ ‘चाडपर्वमा देखापर्ने विकृति, विसङ्गतिको अन्त्य गर्दै सामूहिक हितका लागि गरिने कामहरुलाई प्रोत्साहन गर्न जरुरी छ ।’

कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ । यमपञ्चक समेत भनिने तिहार पर्वमा काग, कुकुर, गाई, गोरूलगायत पशुपंक्षीका साथै धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा र दिदीबहिनीद्वारा भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?