ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुटवलमा नेपाल सम्वत ११४५ स्वागत कार्यक्रम

बुटवलमा झाकीसहित रयाली, क्यालेण्डर बिमोचन तथा सम्मानसहित शुभकामना कार्यक्रम गरि मनाईयो ।
१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

बुटवल, १७ कार्तिक। नेपाल सम्वत ११४५ (न्यु दया भिन्तुना) को स्वागतमा शनिबार वृहत रयाली, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाईएको छ । नेवा देय दबु, नेवाः मिसा दबु नगर समितिको आयोजनामा ११ वटा खलपुचहरुको सहभागितामा रयाली, सम्मान तथा शुभकामना कार्यक्रम गरि मनाएको हो । श्री नेवा सेवा समिति बुटवलको सचिवालयबाट शुरु भएको रयालीमा लाखे, कुमारीको समेत झाकि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वस्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले सम्पुर्ण नेपालीहरुको पर्व भएको बताए । नेपालको संविधानमा नै बहुजाती, बहुभाषा र बहुलिपि भएको देशका रुपमा परिचय भएको उनले बताए । नेवार समुदाय देशकै ऐतिहासिक महत्व बोकेको जातीमा लिईने उनले बताए । प्रशासनिक सम्वतका रुपमा बिक्रम सम्वत भएपनि राष्ट्रिय सम्वत भने नेपाल सम्वत भएको उनले बताए । युवा पुस्तामा सन्देश जाने गरि कार्यक्रम बनाउन उनले सुझाव दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पुर्व उपमेयर बिमल बहादुर शाक्यले नेपाल सम्वत बैज्ञानिक सम्वत भएको बताए । राष्ट्रिय बिभुती शंखध्वर शाख्वा दुरदर्शी नेताका रुपमा रहेको भन्दै उनले तत्कालिन समयमा जनताको हितमा रहने गरि उत्कृष्ट कार्य गर्न सफल भएको बताए ।

कार्यक्रममा नेवा संरक्षण समाज देविनगरका अध्यक्ष लक्ष्मण श्रेष्ठले नेपालकै पुरानो सम्वत भएपनि चलनचल्तीमा नहुदा गुमनाम भएको भन्दै यसको पहिचान हुने गरि अघि बढ्न जरुरी रहेको बताए । हाम्रा पुर्खाहरु बैज्ञानिक भएको भन्दै उनले त्यो बेला चलाएका धेरै चलन मानव हितमा रहेको उनले दाबी गरे ।

कार्यक्रममा समितिका अध्यक्ष गोपाल श्रेष्ठले बुटवलमा छरिएर रहेका नेवार समुदायहरु विभिन्न गुठी, खल, पुचहरु गठन गरि आफनो संस्कृति जर्गेनामा गोलबद्ध हुनु सकारात्मक भएको बताए । यसवर्ष नगरभित्रका ११ वटा खलपुचहरुको संयुक्त रयालीसहित रचनात्मक कार्यक्रम गरि मनाउने प्रचलनको शुरुवात गरेको उनले बताए ।

काठमाण्डौ बाहिर पहिलोपटक नेपाल सम्वतको क्यालेन्डर बिमोचन तथा बुटवलमा रहेर नेवार समुदायको भाषा, संस्कृतिमा योगदान दिएका नेवा देय दबुको संस्थापक अध्यक्ष रबिन्द्रगोपाल लाकौललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेवा देय दबु लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम श्रेष्ठ, नेवा देय दबु रुपन्देही जिल्ला अध्यक्ष रुद्र श्रेष्ठ, भिमसेन समाजका अध्यक्ष सहदेव श्रेष्ठ, समितिका सचिव भुमलाल श्रेष्ठ, नेवा सेवा समिति देविनगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले एकतावद्ध भएर भाषा, संस्कृति संरक्षण गर्ने अभियानलाई जोड्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेवा सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्धो नेवा समाज (बुटवल —१७,१८,१९), नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवा समाज १ र २, नेवा समाज अर्घाखाँची रुपन्देही सहित खलपुचहरु सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?