Butwal Today

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

१७ कार्तिक २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।

शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो।

कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध सानदार विजय प्राप्त गरेको हो।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो।

यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल ‘बी’बाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टरफाइनलमा नेपाल आजै श्रीलंकासँग भिड्दै छ।