Butwal Today

ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

१६ कार्तिक २०८१, शुक्रबार
अ+
अ-

पाल्पा ।

पाल्पामा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बिहिबार साँझ करिब ७ः३० बजे खरेबतबाट फेदीतर्फ जाँदै गरेको २ के १४५ नम्बरको ट्रकले पैदलयात्री ५३ वर्षीय टेकबहादुर ढेगा मगरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट घाइते ढेगाको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा मृत्यु भएको हो ।

.
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।