ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

वारी सोधी, पारी किनमेल

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

बाँके, १५ कार्तिक ।
नेपाली हिन्दुहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै उपभोक्ताहरूको किनमेल सुरु भएको छ । तिहारको किनमेलमा नेपाली उपभोक्ताहरूको रोजाई नेपाल भन्दा सीमा पारीको बजार हुने गरेको छ । तिहारको समान किनमेलका लागि सीमापारी भारतिय बजार रूपैडीहा ग्राहकहरूको चापले खचाखच भरिएको छ ।

औद्योगिक ब्यापार मेलामा नामचलेको कलाकार आउँदाको भीड भन्दा ठेलमठेल भीड तिहारको किनमेलका लागि रूपैडिहा बजारमा देखिएको छ । सरकारको गलत भन्सारदर, भन्सार प्रशासनको उदासिनता र नेपाली ब्यवसायीको बढी नाफा खाने प्रबृत्तिका कारण उपभोक्ताहरूले भारतिय बजार रोजेको रूपैडीहामा भेटिएका उपभोक्ता बर्दिया घर बताउने राम कृष्ण थारूले बताए ।

भन्सार तिरेरै लैजान्छु भन्दा पनि अचाक्ली महङ्गो भन्सारदर भएकाले रूपैडीहामा सामान खरिद गर्नु बाध्यता रहेको रूपैडीहामा भेटिएका एक सरकारी कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । भन्सारदर महङ्गो भएकै कारण नेपालमा उपभोग्य सामानको मूल्य बढी पर्ने भएको र त्यसको फाइदा सिमापारीको बजारलाई पुगेको उनले बताए ।

सुर्खेतबाट तिहारको किनमेल गर्न रूपैडीहा पुगेकी सुन्दरी रोकायाले नेपालगन्जमा भन्दा आधा मूल्यमा सस्तो हुने गरेकाले रूपैडीहामा सामन किन्न गएको उनेले भने, उनले हरेक पटक नेपालगन्ज आउँदा २०–२५ हजारको सामान रूपैडीहाबाट लैजाने गरेको बताइन् । आफूलाई नेपाली भन्सारमा अहिले सम्म कुनै रोकतोक नगरेको बताउने उनले प्रहरीले भने कहिलेकाहीँ सोधपुछ सम्म गर्नेगरेको बताइन् ।

भारतिय बजार किनमेल गर्न जाने चाहना नभएपनि नेपालगन्जको बजारमा दैनिक उपभोग्य सामान अचाक्ली महङ्गो परेपछि बाध्यभएर भारत आउनुपरेको बाँके बैजनाथका विनोद थारूले भने, रामदूत स्टोर्स अगाडी आलु प्याज, चिनी लगायतको सामान मोटरसाईकलमा लोड गर्दै गरेका उनले भारतिय प्रहरीको अपमान, ब्यवसायीको रुखो ब्यवहार र ठेलमठेल सडक भएर पनि भारतिय बजारमा नेपालीहरू आउनु गलत भएको उनले बताए । नेपालमा खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिकामा रहेको केएल दुगड ग्रुपका निर्देशक प्रदीप छाजेडले बहुदरको मूल्यअभिबृद्धी कर (भ्याट) लागु गरेर अतिआवश्यक बस्तुहरूमा भ्याट कम गरेमात्र उपभोक्ताहरूलाई नेपालमा रोक्न सकिने बताउँछन् । भारतमा मैदा लगायतको वस्तुहरूमा भ्याट छुट देखि ५ प्रतिशत सम्म मात्र भ्याट लाग्ने गरेपनि नेपालमा १३ प्रतिशत भ्याट असुलि गर्दा स्वतः मूल्य बढी हुने गरेको उनले बताए । आर्थिक बिज्ञ छाजेडले अर्थतन्त्र कमजोर भएको मुलुकमा आफ्नो परिवार पाल्नकै लागि पनि केही सस्तो मूल्य खोजेर भारत सामान किन्न जानु स्वाभाविक मान्नु पर्ने बताउँदै भन्सार र कर असुलेर अर्थतन्त्र चलाउने सरकारी नीति नफेरिएसम्म समस्या रहिरहने बताए । नेपाल सरकारले जनताबाट असुलिरहेको भ्याटदरकै आसपासमा भारतिय बजारमा बढी मूल्य रहेको जनाउँदै उनले भ्याटको दर कम गरिदिए नेपाली ब्यवसायीले भारतिय बजारको मूल्यमा बिक्री गर्न सक्ने उल्लेख गरे ।

सरकारको गलत नीतिका कारण नेपालगन्ज नाकाबाट मात्र हरेक दिन सरदर २ देखि ३५ करोड सम्मको सामान बिना भन्सार नेपाल भित्रने गरेको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीले बताए । चाडपर्वमा ३५ करोडको हाराहारीमा र अन्यबेला २० करोडको आसपासमा भन्सारको मूलबाटो हुँदै बिना भन्सार नेपाल भित्रने धामीको दाबी छ । उच्च भन्सार दर र कमजोर भन्सार प्रशासनका कारण सरकारले हरेक दिन ठूलो परिमाणमा राजश्व गुमाएको बताउँदै उनले भन्सार दर बैज्ञानिक बनाएर ब्यवसायिलाई भारतिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन जरुरी रहेको बताए । ‘नेपाललाई जिएसटी छुट छँदैछ, भन्सार र भ्याट घटाए सजिलै नेपालको बजारमा भारतीय बजार बराबरको रेटमा मूल्य कायम हुन सक्दछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?