ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

महेशपुर भन्सारको राजस्व संकलन ओरालो

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

नवलपरासी, १५ कार्तिक ।
जिल्ला स्थित महेशपुर भन्सार नाकाबाट बर्षेनी उठ्ने राजस्व लक्ष्य घटदै ओरालो लाग्नु प्रहरीको मिलोमतो कारण तस्करी बढेर मात्रै नभई भन्सार कर्मचारीको तस्करसँग सेटिगँले गर्दा राजश्व हस हुने गरेको रहस्य समेत खुल्न थालेको छ । भन्सार कर्मचारीले प्रहरीले बरामद गरेका मालबस्तुको लिलाम गर्दा स्थानिय केही ब्यपारीको सिण्डिकेट गराई टेण्डर हाल्न नदिईने र फेरी फेरी मूल्यांकन घटाउँदै थोरै रकममा लिलाम गराइरहेको रहस्य खुल्न थालेको हो ।

एकै दिनमा तीन तीन पटक सुचना टास गरि मूल्यांकन घटाउने गरिएको छ । सो सूचनाहरू भन्सार कार्यालयको वेभसाईटमा पनि अपलोड गरिदैन् । बाहिरबाट यदि कसैले कुनै मार्फत सुचना पाएर लिलाम लिन पुग्दा त्यसलाई छोप्ने कार्य समेत स्थानीय केही गुण्डा परिचालित हुँदै आएका छन् । गुण्डा परिचालन भएपछि पहिलो पटकको मूल्यांकनमा स्थानीय कसैले पनि लिलाम सकार गर्दैनन् । ती क्रम अन्तिम समय सम्म भइरहन्छ । अन्तमा कर्मचारीसँग सेटिड्ड मिलिसकेपछि केही फर्मले लिलाम न्यून लिलाम रकम भरेर सकार गर्छन् । राजस्व घटदो रकममा कर्मचारी, गुण्डाहरू र ब्यापारीहरूको भाग लाग्ने गर्छ । पहिलो पटकमा लिलाम भएन भने २० प्रतिसतसम्म मूल्यांकन घटाईन्छ, दोश्रो पटकमा १० प्रतिसत मूल्यांकन घटाइन्छ, भागबण्डाको सेटिड्ड नमिलेसम्म त्यो क्रम जारी रहन्छ ।

अन्तिममा लिलाम सकार भए पछि कर्मचारी र गुण्डाहरूले राजस्वमा घटेको रकमबाट भागबण्डा मिलाउछन् । ब्यापारीहरूले सस्तोमा भन्सार समाग्रि पाउँछन्, जुन उनीहरूको खरिद सरहको स्टक मिलाउछन्, तिनै स्टकको अधिकारिक बिक्री नभएसम्म तिनै कागजपत्र देखाएर तस्करी गरि नै रहन्छन् । प्रहरीले विचमा समात्यो भन्ने तिनै लिलाम मालबस्तु भएको दाबी गर्दै कारोबार गरिरहन्छन् । प्रहरीले जोखिम मोलेर मालबस्तु बरामद गर्छ, भारत र नेपालको खरिद बिक्रीको बजार मूल्यांकनको आधारमा मूल्य कायम गरेर भन्सार पठाईदिन्छ । जुन भन्सार कार्यालयकै कर्मचारीले सेटिगँमा राजस्व घटाई दिदा प्रहरीले पाउने अधिकारिक कमिसन रकम पनि थोरै हुन्छ । यसले प्रहरीले समेत तस्करी नियन्त्रण भन्दा तिनै तस्करसँग हातमा हात साथमा साथ मिलाउन बाध्य छन् ।

प्रहरीले मूल्यांकन गरि पाठएको मालबस्तुको मूल्यांकन सधै घटाउँदै लिलाम गर्दै आएको बर्डर अब्जर्वेसन पोष्ट (विओपी) हरपुरका शसस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) विष्णु अधिकारीले बताए । यसले गर्दा प्रहरीलाई निरुत्साही गराउँछ, उनले भने, प्रहरीले सिमित साधन स्रोतको भरमा तस्करबाट मालबस्तु बरामद गर्छ, बजार मूल्यकै आधारमा मूल्यांकन गरि पठाउने गरेको छ, तर भन्सारमा त्यसको मूल्यांकन घटेर जाने गरेको छ । यसबारे भन्सारका प्रमुख बुद्धिकुमार चुडालले प्रहरीले हचुवाको भरमा मूल्यांकन गरि पठाईदिने गरेको जिकिर गरे । जुन लिलाम गर्दा ब्यापारीले लिलाम लिँदैनन् । केही दिनमै खाद्यान जस्ता खराब भएर जाने मालबस्तु नष्ट पनि हुन्छ सक्छ, त्यही भएर जति सक्दो मूल्यांकन घटाएर भए पनि लिलामी प्रकृया बढाउँछौ । लिलाममा सिण्डिकेट र गुन्डागर्दीका कुरा स्वीकार्दै उनले भने, यसका लागि सम्बन्धित ब्यपारीले प्रत्यक्ष गुनासो हामीसँग गर्नु पर्छ, उनीहरूको टेण्डर हाल्ने ब्यवस्था हामी मिलाछौं । विद्युतिय टेण्डरबारे विभागले ब्यवस्था नमिलाएको र जिल्ला प्रशासन, प्रहरी वा जिसस लगायतका सरकारी निकायमा टेण्डर बुझाउन नमिल्ने भन्सारको प्रावधान रहेको दाबी उनको थियो । भन्सार परिसरमै बैंक भएको र सोही बैंकमा धरौटी रकम भर्नु पर्ने हुँदा भन्सारमै आएर लिलाम लिइनु पर्ने उनको भनाई थियो ।

जुन भन्सारसम्म बाहिरका ब्यपारी पुग्नै सक्दैनन, एक स्थानीयले भने, सबै सेटिड्डको कुरा रहेछ, सबैलाइै पैसो चाहियो, भन्सारको प्रगति वा राजकोषमा राजस्व वृद्धि भाडमा जाउन मतलब छैन् । यसबारे महेशपुरमै घर भएका पूर्व गृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता देवेन्द्र राज कण्डेलले पनि यो भन्सार कर्मचारीलाई कमाई खाने भाडो मात्र बनेको बताएका थिए । आफू साँसद हुदा नै भन्सार मुल भन्सारको रूपमा सञ्चालनमा आएको, जग्गा अधिग्रहणका लागि दुई पटक बजेट पनि पठाउन लागएको तर भन्सार कर्मचारीलाई भन्सारको प्रगतिको कुनै मतलब नहुँदा सो रकम फ्रिज भएर गयो ।

सिमाक्षेत्रमा हुने चोरी तस्करी, बनस्पती (प्लान्ट) क्वारेन्टाईन अभाव तथा थोरै जनशतिmका कारणले पनि भन्सारबाट उठ्ने राजस्व ओरालो लाग्ने गरेको भन्सार कार्यालयले दाबी गर्दै आएको छ । क्वारेन्टाईन नहुनु एउटा पक्ष होला तर भन्सार प्रमुख तथा कर्मचारीको सेटिगँले पनि राजस्व ओरालो लागेको प्रष्ट बुझ्न सकिन्छ । विगतमा भन्सार राजस्व वृद्धि हुँदै २७ करोडसम्म उठदा पनि क्वारेन्टाईन थिएन्, तर अहिले क्वारेन्टाईन नभएको बहानाबाजी मात्र हो । तस्करी कार्य गर्ने तस्करहरूले समेत भन्सार प्रमुखले बेला बेला फोन गर्ने र सम्पर्क हुदै आएको बताउने गर्छन् ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०८१/०८२ को साउनमा ४८ वटा मुद्दाबाट १७ लाख २ सय ६३ हजार, भदौमा ३ सय ६१ मुद्दाबाट ८७ लाख ४० हजार, असोजमा १ सय १० मुद्दाबाट ९७ लाख सम्म लिलामबाट राजस्व संकलन भएका छन् । जबकी नेपाल प्रहरी र शसस्त्र प्रहरीले मासिक करोड भन्दा बढिका मालबस्तुहरू बरामद गरि भन्सार बुझाउँदै आएको दाबी गर्दै आएका छन् । भन्सारको तथ्याँक अनुसार आर्थिक बर्ष २०७६/०७७ मा १४ करोड ६० लाख राजस्व उठाउने लक्ष्य राखेकोमा लक्ष्यको ८९.३६ प्रतिसत १३ करोड ४ लाख ६२ हजार राजस्व संकलन गरेको थियो । आ.ब. ०७७/०७८ मा २६ करोड ७० लाख ५४ हजार लक्ष्य राखेर १०२.२३ प्रतिसत २७ करोड ३० लाख २१ हजार राजस्व संकलन गर्न सफल भएको थियो ।

राजस्वमा लक्ष्य भन्दा बढि संकलन गरि हौसिएको भन्सार कार्यालयले आ.ब.०७८/०७९ मा ४५ करोड ६० लाख ६९ हजार लक्ष्य राख्दा बर्ष भरिमा लक्ष्यको ४८.९७ प्रतिसत २२ करोड ३३ लाख ४५ हजार मात्र राजस्व उठाउन सक्यो । राजस्व ओरालो लाग्दा भन्सार कार्यालयले आ.ब.०७९/८० का लागि राजस्व लक्ष्य नै घटाउँदै ३३ करोड २६ लाख ६१ हजार राखेर राजस्व संकलन गर्दा झन राजस्व उठ्ने दर घटेर ३२.२८ प्रतिसत १० करोड ७३ लाख ८८ हजार राजस्व संकलन गर्न सक्यो । त्यसले गर्दा आ.ब.०८०/०८१ मा पुनः राजस्व संकलन लक्ष्य घटाएर १६ करोड ३५ लाख ८५ हजार बनाई राजस्व संकलन गर्दा ९२.४१ प्रतिसत १५ करोड ११ लाख ८० हजार राजस्व संकलन गरेको तथ्याँक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?