ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन  मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी

१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

काठमाडौँ ।

पछिल्ला केही दिनदेखि लगातार रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेनालाई मैदानमा उतार्न सक्ने खबरहरु आइरहेका छन् ।

तर, रुसले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । नेटोले रुसको तर्फबाट १० हजार उत्तर कोरियाली सैनिक युद्धमा सामेल हुने जनाएको छ । अब यस विषयमा अमेरिकाले पनि चेतावनी दिएको छ ।

अमेरिकी रक्षा मुख्यालय पेन्टागनले युक्रेन युद्धमा उत्तर कोरियाले रुससँग सामेल भएमा कीभलाई अमेरिकी हतियार प्रयोग गर्न प्रतिबन्ध नलगाउने चेतावनी दिएको छ । पेन्टागनले नाटोको बयानपछि यो चेतावनी जारी गरेको हो । जसमा उसले रुसमा उत्तर कोरियाली सेनाको उपस्थिति पुष्टि गरेको थियो । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का महासचिव मार्क रुटेले दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँगको भेटपछि उक्त कुरा बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो घटना निकै खतरनाक भएको बताएका छन् । पेन्टागनले पूर्वी रुसमा १० हजार उत्तर कोरियाली सैनिकलाई तालिमका लागि तैनाथ गरेको अनुमान गरेको छ । पेन्टागनले यी सेनाको एक हिस्सा युक्रेनको नजिक पुगिसकेको दाबि गरेको छ ।

अर्कोतर्फ, उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले विदेशमन्त्री चोई सन हुईको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल सोमबार रुस प्रस्थान गरेको जनाएको छ । यद्यपी उनले यो भ्रमणको उद्देश्यबारे केही खुलाएका छैनन् ।

रुसले पूर्वी युक्रेनका दुई सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । यससँगै रुसी सेना कम्तिमा एक वर्षयताकै तीव्र गतिमा अघि बढिरहेको सङ्केत पनि छ । रुसले मंगलबार आफ्नो सेनाले सेलिडोभ सहर कब्जा गरेको बताएको छ । युद्ध अघि यस सहरको जनसंख्या २० हजार थियो। यो सहर कब्जा गर्न रुसले गत हप्तादेखि आक्रमणलाई तीव्र पारेको थियो। रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले आफ्नो देशको सेनाले हिरनिक सहर कब्जा गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?