ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

आज काग तिहार, संरक्षणमा बेवास्ता किन ?

१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको पहिलो दिन यमपञ्चक मंगलवारदेखि विधिवत् रूपमा शुरू भएको छ । त्यसैक्रममा आज काग तिहार हो । काग बाठो हुने र सन्देश प्रवाहमा महत्वपूर्ण मानिने भएकोले यसलाई चराहरूको राजा भनिन्छ । तर, यही काग अहिले विनासको सूचिमा परेको छ । त्यसैगरी प्रकृतिको कुचीकारको रूपमा चिनिने गिद्धको संख्यामा अहिले भारी कमी आएको छ । त्यसैगरी सारसको संख्यामा समेत कमी आएको छ । संरक्षणमा बेवास्ता हुँदा काग, गिद्ध र सारसमात्रै होइन अनेकौं प्रजातिका चरा नेपालबाट लोप हुने अवस्थामा पुगेका छन् । चरा संरक्षण संघका अनुसार नेपालमा करिव आठसय प्रजातिका चरा चुरुङ्गीको बासस्थान रहेको छ । ती चरा विस्तारै लोप हुँदै जानु गंभीर चिन्ताको कुरा हो । प्रकृतिप्रेमीका लागि मात्र होइन, प्रकृति सन्तुलनका लागि पनि चराहरूको महत्वपूर्ण स्थान छ । पहिले जाडो याम सुरु हुँदै गर्दा आकासमा देखिने क¥याकुरुङ अहिले देखिनै छाडेका छन । बथानका बथान हिमालबाट तराईका तालमा आउने क¥याङकुरुङ लोप हुनुका पछि धेरै कारण छन् । चोरी शिकारी त्यसमध्ये मूख्य कारण हो । जाडोमा हिमालबाट तराई झर्ने र तराईमा गर्मी बढ्दै गएपछि हिमाल चढ्ने अरू धेरै चरा थिए तर ती पनि अहिले लोप भैसकेका छन् । सरकारले नेपालमा सूचिकृत भएका आठसय प्रजातिका चराको संरक्षणमा कहिल्यैपनि ध्यान दिएको छैन । अर्कोतर्फ प्रकृतिका अमूल्य सम्पदा चरा संरक्षणमा सरकारले ध्यान दिन नसक्दा लोप हुने खतरा बढ्दै गएको संरक्षणबीदहरूले चेतावनी दिएका छन् । विश्वमै बढ्दो जनसंख्याको भार, खाद्यान्नमा विषादीको भारी प्रयोग, शिकारी प्रवृत्ति लगायतका कारण विश्वबाटै चराचर संरक्षणमा चुनौति थपिएको छ ।

नेपालका सिमसार क्षेत्रमा अझैपनि लोप हुनै लागेका चराहरूको महत्वपूर्ण बासस्थान छ । चरा प्रकृतिका अमूल्य उपहार हुन । यिनको संरक्षणले नेपालको उन्नती र प्रगती सार्थक र संभव हुन्छ तर लोप हुने खतराले प्रकृतिप्रेमीलाई चिन्तित बनाएको छ । सिमसार क्षेत्रको संरक्षण नगर्दा पनि समस्या बढ्दै गएको छ । तर यो विषयमा त संघीय सरकार न त सम्वन्धित क्षेत्रको प्रदेश सरकार र स्थानीय तहको नै ध्यानाकर्षण भएको छ । रूपन्देहीका सवैभन्दा ठूलो ताल गैडहवा तालमा चराहरूको बासस्थान छ तर त्यहाँ आउने चरा चोरी शिकारीका कारण लोप हुँदै गएका छन । कपिलवस्तुको जगदिशपुर तालमा पनि साईबेरियाबाट समेत चरा आउने गर्दछन तर तिनको संरक्षणमा सरकारले खासै वास्ता गरेको छैन । चराबीदहरूले भनेको आधारमा चराको गणना हुने अवस्था छ । नेपाल सरकार आफै चराको गणना गर्ने, उनीहरूको बासस्थान संरक्षण गर्ने काममा खासै रुची देखाउने गरेको छैन् । त्यसैपनि नेपालका ताल तलैया र हिम श्रृंखलाहरू विभिन्न कारण नासिने अवस्था बढ्दै छ ।

चरा हाम्रो रीतिरिवाज र संस्कृतिसंग पनि जोडिएको छ । तिहारसंग कागका अन्योन्याश्रित सम्वन्ध छ । हाम्रा पूर्वजहरूले तिहारको अवसरमा कागको पुजा त्यसै गरेका होइनन् । कागलाई राजा बलीको सन्देश बाहकको रूपमा समेत लिने गरिएको छ । काग तिहारको दिन कागलाई मिठो परिकार खान दिएर यसको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश हाम्रा पूर्वजहरूले दिएकै हुन । निश्चितरूपमा कागको प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान छ । काग कराउँदा अनिष्ठ हुन्छ र त्यो पूर्व संकेतको रूपमा बुझ्नुपर्दछ भन्ने पौराणिक मान्यता छ । विश्वका अन्य देशलाई प्रकृतिको यो बरदान मिलेको छैन तर नेपालले यो ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्न सकेको छैन् । प्रकृति र प्रकृतिजन्य यावत क्षेत्रको संरक्षणमा अव सरकारको ध्यानाकर्षण हुनैपर्दछ । यी चराचरको संरक्षणमा स्थानीय र प्रदेश सरकारले समेत चासो र चिन्ता देखाउनु जरुरी छ । कागसहितका प्रकृतिका यी चराचर लोप हुनबाट बचाउने हो भने सरकारको आँखा खुल्नैपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?