ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

प्रहरीकै मौन स्वीकृती

१३ कार्तिक २०८१, मंगलवार
१३ कार्तिक २०८१, मंगलवार
सुनवल, १३ कार्तिक ।
 पश्चिम नवलपरासीमा दिपावली (तिहार) नजिकिएसंगै पटका बिक्री वितरण गर्ने कार्य खुल्लमखुल्ला भईरहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेका छन् । पटका, भुईचम्पा लगायत विस्फोटक पदार्थ पड्काउन र बिक्री वितरण गर्न प्रतिबन्ध भएपनि जिल्लाका विभिन्न स्थानमा यसको खुलेआम विक्रि वितरण भईरहेको छ । जिल्लाको भारतसंगको मुख्य भन्सार नाका महेसपुर भन्सार नजिकको बजार क्षेत्रमा प्रहरीकै अगाडी विभिन्न प्रकारका पट्का विक्रि वितरण भईरहेपनि प्रहरीले भने विक्रि वितरणका लागी मौन स्वीकृति दिएको पाईएको छ ।
 अहिले महेसपुर भन्सार कार्यालय नजिकै प्रहरीकै अगाडी त्रिपाल टागेर पटका बिक्रिका लागि राखिएको छ । अझै पट्का बिक्री वितरणमा बालबालिका संलग्न छन् । प्रहरीले पक्राउ गर्न आएपनि केटाकेटी भनेर त्यसै छाड्ने भएकाले धेरै अभिभावकले नै बालबालिकालाई पट्का विक्रि गर्न पसल खोलिदिने गरेको पाईएको छ । मुख्य भन्सार नाका महसेपुरमै पटाका पाईएपछि भारत तर्फ गएर चेकजाँचको झन्झट भोग्नुभन्दा नेपालतर्फ बाटै पट्का सहितका झिरझिरे, आलुबम लगायतका विभिन्न प्रकारका कम क्षमताका विस्फोटक पदार्थ धेरैले खरिद गर्ने गरेका छन् । भारत बाट लुकाईछिपाई ल्याउने र नेपालमा पड्काउने गर्ने गरिएकोमा पछिल्लो समय नेपालमै पसल थापेर पट्का बिक्री गर्दा समेत प्रशासन मौन बस्ने गरेको छ । महेसपुर क्षेत्र मात्र होईन् जिल्लाका अन्य सिमावर्ती साना बजार क्षेत्रमा पनि पटकाको विक्रि खुलेआम भईरहेको छ । पट्का जथाभाबी पड्काउने क्रम पनि बढ्दै गएपनि यसको नियन्त्रण तर्फ पनि प्रहरीले ध्यान दिने गरेको छैन् । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार पनि यसको नियन्त्रण गर्नुपर्ने जिम्मेवारी भएपनि प्रहरी प्रशासनले चासो दिएको छैन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमै रहेकाले प्रहरीले निगरानी गरिरहेको बताए । एसपी फुयाँलले हल्काफुल्का पटका बिक्री वितरण तथा प्रयोगमा प्रहरीले खासै कडाई नगरेको संकेत समेत गरे ।
चाडपर्वमा रमाइलोका लागि भन्दै पड्काईने पटकाका कारण आगलागी तथा अंगभंग समेत जोखिम हुने गर्दछ । कानुनतः पनि यो कार्य बर्जित छ । पट्का लगायत विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?