ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

घरघरमा बिषादी, नियन्त्रणमा चुनौति

१३ कार्तिक २०८१, मंगलवार
१३ कार्तिक २०८१, मंगलवार
तरकारीमा उच्च बिषादीको प्रयोग र सेवनका कारण गोरखाका किसानले क्यान्सर, मृगौला र मुटु रोगको भयावहता सामना गर्नुपरेको धेरै भएको छैन । नेपालीको चुलोमा अहिले बिषादीको अत्याधिक प्रयोग बढ्दै गएको छ । जसको कारण उपभोक्ताले विभिन्न किसिमका प्राणघातक रोगको सिकार बन्नुपरेको छ । गोरखा यसको ज्वलन्त साक्षी बनेको छ । गोरखाजस्तै उच्च बिषादीको प्रयोगका कारण उत्पन्न हुने गंभीर स्वास्थ्य समस्याका बिषयमा अहिलेदेखि नै सावधानी नअपनाउने हो भने बिषादी मानव जीवन विनासको प्रमुखमध्येको एक कारण बन्ने निश्चित छ । चिकित्सकहरूले हृदयघातको सम्भावना बढाउनुका साथै क्यान्सरजस्तो प्राणघातक रोग लागी ज्यान नै जान सक्ने चेतावनी दिएका छन । तरकारीमा अत्यधिक विषादीको प्रयोगले आर्थिकरूपमा मुलुकले समेत ठूलो भार व्यहोर्नुपरेको छ । किसानले थोरै लगानीमा धेरै आम्दानी गर्ने नाममा तरकारीजन्य उत्पादनमा अत्यधिक मात्रामा रसायन र विषादी प्रयोग गर्ने गरेका कारण यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको तथ्य सार्वजनिक भएपनि अत्यधिक विषादीको प्रयोग रोक्ने पहल कहीँ–कतैबाट भएको देखिँदैन । भएका प्रयास पनि देखावटीजस्तो मात्रै देखिन्छ । त्यसैले यो समस्या मुलुकका एउटा प्रमुख चुनौतीको रूपमा देखापरेको छ । नेपाली उत्पादन मात्र होइन, भारतबाट आयात हुने तरकारीमा समेत अत्यधिक विषादी प्रयोग हुने गरेको छ । त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारी तबरबाट जुन किसिमले प्रयास हुनुपर्ने हो त्यो नभएको भन्दै उपभोक्तावादीहरूले चासो र चिन्ता व्यक्त गरेका छन् । यसरी चासो र चिन्ता व्यक्त गरिएपनि बिषादी नियन्त्रणको बिषयमा बेवास्ता गरिदै आईएको छ ।
तरकारी उत्पादन गर्दा बिषादीको मात्रा किटान गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । विषादी प्रयोग सम्बन्धी नीतितर्फ ठोस कदम चाल्न नसक्दा भान्सामा हरेक छाकमा विष भित्रिने गरेको छ भने त्यही विष नेपालीका लागि घातक बन्ने गरेको छ । नेपालमा भन्दा भारतबाट आउने तरकारीमा बिषादीको मात्रा उच्च रहेको विभिन्न समस्यमा भएका परिक्षणले पुष्टी गरिसकेको छ । तर, सरकार समेत निरीह छ । भारतबाट आयात हुने तरकारीमा रोक लगाउन सरकारले नै सक्दैन् । अर्कोतर्फ बिषादीको उत्पादन भारतमै बढी हुने गरेको छ । तसर्थ विषादीमा नै रोक लगाउन सक्यो भने मात्रै खाद्यान्नमा बिषादीको प्रयोगमा केही कमी आउन सक्छ । सरकार यसो भनेको जस्तो गरिरहने र किसान सरकारको कुरा नसुनेजस्तो गरेर विषादीको प्रयोग गरी उत्पादन बढाइरहने हो भने नेपालीको आयु बढ्ने होइन, ओरालोतर्फ नजाला भन्न सकिन्न । त्यसैले यसतर्फ सबैको ध्यान जान जरुरी छ ।
मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी यसरी तरकारीमा उच्च मात्रामा विषादीको प्रयोगले गर्ने हानीका बिषयमा सवैभन्दा पहिले किसानलाई चेतनाको ज्योति फैलाउनु आवश्यक छ । यद्यपि बिरुवा लगाएपछि हुर्काउन बिषादी नहाली हुँदैन । होइन भने अनेकखाले किराले बिरुवाको बोट नै नष्ट गरिदिने अवस्था छ । आफ्नै घरको सानो करेसाबारीमा तरकारी लगाउने किसानले भने बिषादी नहाले माहा लाग्ने र फल नै लाग्न नपाउने भन्दै बिषादीकै पछि दगुर्नुपर्ने अवस्था छ । जसका कारण किसान बाध्य भएर बिषादी प्रयोग गर्न विवस छन् । वास्तवमा जानजानी बिषादी खानुपर्ने यो बाध्यता नै हो । बिषादीको प्रयोग नगरे तरकारी नै फलाउन नसक्ने अवस्था उत्पन्न भएको छ । अवको दिनमा बिषादी पूरै नियन्त्रण त गर्न सकिदैन तर त्यसको मात्रामा कमी गर्नेतर्फ प्रयास गर्न सकिन्छ । त्यसैले अवको दिनमा तरकारी उत्पादक किसान र उपभोक्तालाई बिषादीको असरका बिषयमा चेतना जगाउनुका साथै तरकारीमा हुने अधिक विषादीको प्रयोगमा नियन्त्रण गर्नेतर्फ ध्यान जाओस् । यो बिषयमा संघीय, प्रदेश र स्थानीय सरकारका तर्फबाट बिषादीले पु¥याउने असरका बिषयमा ठोस प्रतिवद्धतासहितको कार्ययोजनाको खाँचो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?