ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो

पटका तस्करी दिनका दिन

१३ कार्तिक २०८१, मंगलवार
१३ कार्तिक २०८१, मंगलवार

नवलपरासी, १३ कार्तिक ।
तिहार लक्षित पटाखाको सिमावर्ति नाकाहरूबाट तस्करी गर्ने क्रम रोकिएको छैन । तिहारकै बेला राम्रो आम्दानी हुने हुँदा आम्दानीको केही रकम भन्सार तथा प्रहरीलाई बुझाएर पनि पटकाको तस्करी हुने गरेको स्थानीयले बताएका हुन् ।
नेपालमा प्रतिबन्धित रहेको पटाका स्थानीय प्रहरीसँग लाईन मिलाई तस्करी गर्ने क्रम बढेको स्थानीयबासीले जनाएका हुन् । पटकालाई नियन्त्रण गर्न प्रहरीले केही मात्रामा बरामद गर्दै दाबी गरिएको भए पनि विगत देखि नै सिमावर्ति गाउँमा ल्याएर भण्डार गरि राखिएको र बेला मौका मिलाएर नेपालको विभिन्न स्थानमा जाने गरेको छ । सीमा सुरक्षा बल (बर्डर अब्जरवेसन फोस) विओपी को कार्यालय नै बसेको गोपालपुर नाकाबाट पटका तस्करी हुदै गरेको अवस्थामा भक्सिपुरबाट विहान ६ बजेको समयमा शसस्त्र प्रहरीले झण्डै दुई लाख बराबरको पटाका बरामद गरि नष्ट गरेको छ ।

विओपीका प्रमुख डिएसपि विष्णु अधिकारीकै कमाण्डमा रहेको टोलीले उक्त पाटाका परामद गरेको जानकारी प्रहरीले गराएको छ । तर विओपी देखी ५ सय मिटर दुरीमा पटाका बरामद गर्नु पटाका तस्करी नियन्त्रण गरेको जस्तो देखाउने कार्य मात्र भएको दाबी एक स्थायिनले गरे । अझै पनि ठूलै मात्रामा पटाकाहरू विभिन्न स्थानमा लुकाई राखिएको भनाई उनको थियो । टोलीले १ लाख ८२ हजार ७ सय बराबरको पटाका बरामद गरिएको स्थानीय लक्ष्मि हरिजनले जानकारी गराएका थिए । सिमा क्षेत्रबाट अहिले तिहार लक्षित चिनी र पटाका जन्य समाग्रिको अवैध पैठारी भई रहेको छ ।

मौषमी रूपमा तस्करहरूले आफ्नो काराबार फेर्दै दीपावली एवं लक्ष्मीपूजालाई लक्षित गरि तस्करहरू पटका तस्करीमा भिडेका एक स्थानीयले बताए । उनका अनुसार स्थानीय तस्करहरू जिल्लाको गोपालपुर, भुजहवाँ, बसहियाँ, बुडन्तवापुर नाकाबाट पटाखाको अवैध चोरी पैठारी गरिरहेका छन् । नेपालमा पनि तिहारमा पटाखा पडकाउने होडबाजी चल्ने हुँदा काठमाण्डौ, नारायणघाट, पोखरा, बुटवल, लगायतका विभिन्न मुख्य र साना बजारहरूमा पटाखाको माग हुने गर्दछ । सो मागलाई पुर्ती गर्न जिल्लाका केहि पटाखा तस्करहरू भारतबाट अवैध रूपमा अवैध पटाखा भित्राउने दाउमा लागी परेका छन् । तिहारमा पटाखाको ठुलो कारोबार हुने हुँदा तस्करहरू सुरक्षार्कीको सेटिङ्गमा विभिन्न ब्राण्डका पटाखा नेपाल भित्राई बेचबिखन गर्ने गरेको पाईन्छ ।

पटाखाले घरहरूमा आगो लाग्ने जोखिम र नेपालमा विक्री वितरण अवैध रहेकाले तस्करहरू भारतीय बजारबाट पटाखा खरिद गरि नेपालका मुख्य र साना बजारहरूमा पु¥याउने काम गर्दै आएका छन् । अहिले पटाखा विक्री सिजन रहेका बेला जिल्लामा पटाखाको व्यापक तस्करी छ जसलाई नियन्त्रण गर्न सुरक्षार्कीको मौनताले सुरक्षार्कीकै सेटिङ्क हो कि भनि स्थानिय आशंका गर्दछन् । एक महिना अगाडी जिल्लाको शसस्त्र प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालका २ भक्सीपुरबाट ३ लाख ५० हजारको पटाखा बरामद गरेको थियो । त्यस्तै पाल्हीनन्दन १ बुडन्तवापुरबाट पनि १ लाख ६० हजारको पटाखा बरामद गरि नष्ट गरेको थियो । गत बर्षपनि पटाखाको खुब तस्करी चलेको थियो जसमा प्रहरीलाई एक पिकप सहित पटाखा हात लागेको थियो ।
पटाखा नष्ट गरि गाडी आवश्यक कार्वाहीका लागि महेसपुर भन्सार कार्यालय बुझाएको थियो । यसरी हेर्दा जिल्लाबाट पटाखाको ठुलो मात्रामा कारोबार भैरहेको प्रमाणि गर्दछ । तिहार नजिकिदै छ । जिल्लाकै मुल नाका महेसपुर बजारमै पटाखाहरू विक्री भैरहेको पाईन्छ । पसलमा सामान्य पटाखाहरू राखिएपनि चर्काे पडकिने पटाखाहरू घरमा लुकाई राखेको र ग्राहकको माग अनुसार विक्री गरिने गरेको एक स्थानियले बताए । पटाखामा नागिन छाप, रकेट बम, सुतली बम, चक्री, फुलझरी, लगायतका पडकिने विभिन्न नामक पटाखाहरू रहेका छन् । पटाखा तसकरीमा पाल्हीनन्दनका केहि मशहुर व्यपारीहरू रहेको एक श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?